अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा माओ त्सेतुङप्रति श्रध्दान्जली प्रकट

२०७९ पुष ११ गते, सोमबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले अ१३० आौं जन्मजयन्तिका अवसरमा कमरेड माओ त्सेतुङप्रति उच्च सम्मान गर्दै श्रध्दान्जली प्रकट गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै श्रध्दान्जली प्रकट गरेका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘सर्वप्रथम हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले १३० आौं जन्मजयन्तिका अवसरमा कमरेड माओ त्सेतुङप्रति उच्च सम्मान गर्दै हार्दिक श्रध्रदान्जली प्रकट गर्दछ ।
कमरेड माओ त्सेतुङ विश्व सर्वहारा वर्गका महान् नेता , तत्कालीन समयमा चीन जस्तो एउटा अर्धसामन्ति र अर्धउपनिकवेशी देशमा गरिने नयाँ खाले पुँजीवादी अर्थात् नयाँ जनवादी क्रान्तिका सिध्दान्तकार एवम् प्रयोगकर्ता र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत गरिने निरन्तर क्रान्तिका सिध्दान्तकार अर्थात् माओवादका प्रतिपादक हुनुहुन्छ ।


डिसेम्बर २६ अर्थात् आजकै दिन सन १८९३ डिसेम्बर २६ का चीनको हुनान प्राप्तको श्याङसान काउन्टीको शाओसान गाउँमा एक किसान परिवारमा कमरेड माओको जन्म भएको थियो ।
कमरेड माओ त्सेतुङ विश्व सर्वहारा वर्ग , श्रमजीवी जनसमुदाय र उत्पीडित राष्ट्रहरु तथा जनताका असल गुरु हुनुहुन्छ । उहाँले अर्धसामन्ति र अर्धउपनिवेशिक देशहरूमा गरिने नयाँ खाले पुँजीवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको कार्यक्रम गाउँदेखि शहर घेर्ने र गुरिल्ला वार ( छापामार युध्द ) रणनीतिक सिध्दान्त , नयाँ जनवादी क्रान्तिको सिध्दान्त प्रतिपादन गरेर एउटा अर्धसामन्ति र अर्धउपनिवेशिक चीनलाई समान्तवाद र साम्राज्यवादको शोषण , दमन र उत्पीडनबाट मुक्त गरेर सन १९४९ अक्टोबर १ मा महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर।चिनिया समाजलाई वैज्ञानिक समाजवादी मुलुकमा प्रवेश गराउनु भै विश्व सर्वहारा वर्गलाई प्रेरणा प्रदान गर्नुभयो ।
कमरेड माओ त्सेतुङले ख्रुचोवी आधुनिक संशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा महान् बहस चलाउनु भयो र चीनमा सन १९६६ देखि १९७६ सम्म महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरेर सर्वहारा वर्गको अधिनायकत्व अन्तर्राष्ट्रिय निरन्तर क्रान्तिको सिध्दान्त पारित गरेर माक्र्सवाद – लेनिनवादमाथि थप नयाँ र उच्च विचार माओवादको विकास गर्नु भै माक्र्सवाद – लेनिनवाद – माओवादलाई विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिध्दान्तका रुपमा स्थापित गर्नु भयो ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य इकाईका रुपमा माक्र्सवाद – लेनिनवाद – माओवाद रहेको छ । माओवादलाई आजको विश्वको माक्र्सवाद – लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन ।
आजको विश्वको माक्र्सवाद – लेनिनवाद भएकोले नै संसारभरका प्रतिक्रियावादी , संशोधनवादीहरुले माओवाद एवं माओवादहरुमाथि भीषण हमला गरिरहेका छन् ।
यस परिपेक्षमा माक्र्सवाद – लेनिनवाद – माओवादको विकास , रक्षा र प्रयोग गर्ने अठोट गर्ने आँट गरेर साथै कमरेड माओका योगदानहरुको रक्षा गर्नु नै नै कमरेड माओ त्सेतुङप्रति सच्चा श्रध्दान्जली दिएको ठहर्नेछ ।
त्यसैले आज विश्व सर्वहारा वर्ग र उत्पीडित राष्ट्र तथा जनसमुदायले कमरेड माओ त्सेतुङको १३० आौं जन्म जयन्ती धुमधामका साथ मनाइरहेका छन् । हाम्रो ऐक्यबद्धता छ । ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु