संसदीय व्यवस्थाको विकल्प अपरिहार्य

२०७९ पुष ९ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बिराट सीले देश र जनताकाे मुक्तिकाे निम्ति नेतृत्व गर्न सक्ने एकमात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएको ,यसले अमेरिकन दलालका विरुद्ध र नेपाली जनता, नेपाल देशको मुक्तिका निम्ती लडने प्रतिबद्धता व्यक्त गर्दै संसदीय व्यवस्थाको विकल्प अपरिहार्य भएको ठोकुवा गरेका छन ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती कालिकोटले देशको समसामयिक राजनीतिक परिस्थिति,शिक्षाकाे अवस्था र शिक्षककाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रम कालिकोटको शान्नीत्रिवेणी पंचदेवल मावि मेहेलमुडीमा आयोजना गरेको कार्यक्रममालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् ।
प्रमुख अतिथिको रुपमा कार्यक्रममा मन्तव्य राख्दै बिराट सीले भने -‘नेपालको विधमान संसदिय व्यवस्थामा राजनिति पार्टीहरुको सङ्ख्या धेरै ओटा जस्तो देखिए पनि वर्गिय दृष्टिकोण र वर्ग पधरताका हिसाबले २ वटा धारहरु मात्रै अस्तित्वमा रहेको दावि गरेका छन । राजनीति शक्तिलाई बर्ग स्वार्थका आधारमा बिभाजन गर्दै उनले भने “संसदिय राजनितिक पार्टीहरुलाई ,वामपन्थी र दक्षिणपन्थी शक्ति जे भने पनि चरित्रकाे दृष्टिकोणले एउटै र दलाल पुजिवादी पार्टी हुन । उनिहरु दलाल पुँजिपति वर्गकाे सेवामा सेवारत छन । अहिले देशमा एमसिसि तथा एसपिपि पक्षधर दलाल र यसका मतियारहरु हाबी छन ।चुनावमा पनि उनिहरु नै विजय भएका छन र कुनै पनि राजनीतिक दल भित्रका देशभक्तहरुलाई पाखा लगाईएको स्थिति छ।”
शिक्षकहरु सङ्गको भेटघाट तथा अन्तर्कृया गर्ने तालिका अनुसार नेपाल कम्युनिस्ट पार्टी कालिकोटले यस अघि जिल्लाको सहिद स्मृति गाउँ अन्तर्गत श्री नन्दा देवी मावि काेटवाडामा षाैष ६ गते, शान्नी त्रिवेणी गाउँपालिकाको मष्टा मावि वुठिगे,श्री शंकर मावि रकु सेरीजिउला र श्री पंचदेवल मावि मेहलमुडीमा कार्यक्रम सम्पन्न गरिसकेको जानकारी सेक्रेटरी साहासीले दिएका छन।
शुक्रबार भएको अन्तरकृया कार्यक्रममा नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा कालिकाेट जिल्ला सेक्रेटरी शाहासी सि, जिल्ला सचिवालय सदस्य विषम सि,शान्नित्रिवेणी गाउकमिटी सेक्रेटेरी सुवास सि सहित स्थानीय शिक्षकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु