नेकपा दार्चुलाद्वारा सीमा अतिक्रमणको विरोध : भारतीय डोजर लखटियो

२०७९ पुष ८ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले भारतीय पक्षबाट राती डोजर लगाएर महाकाली नदीको धार परिवर्तन गर्दै गरेकोमा बिरोध गर्दै उक्त डोजरलाई लखेटेका छन । बिहिबार राती भारतीय पक्षले डोजर लगाएर महाकाली नदीको धार परिवर्तन गर्दै गर्दा नेपाल कम्युनिस्ट पार्टीका नेता- कार्यकर्ताले ढुङ्गा प्रहार गरी डोजर लखटेका हुन्। उनिहरु भारतीय पक्षले डोजर लगाएर राति महाकाली नदीको धार परिवर्तन गर्दा राज्यले संरक्षण गर्नुको साटो मुकदर्शक बनेको भन्दै स्थानीय जनतासहित बिरोधमा उत्रिएका हुन्। उक्त बिरोध कार्यक्रमवाट कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य भरत मल्ल , युवा संगठन नेपालको केन्द्रिय सदस्य जीवन बिस्ट र जिल्ला अध्यक्ष ओमलाई प्रहरीले गिरफ्तार गरी केहि समय पछि रिहा गरेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका नेता- कार्यकर्तासहित स्थानीय जनताले भारततर्फ ढुंगा प्रहार गर्न थालेपछि सुरक्षाकर्मीलाई रोक्न हम्मे हम्मे भएको थियो । नेपाललाई असर पुग्ने गरी निर्माण गरिएको तटबन्धको संरचना हटाउन भारतले सहमति जनाएपनि अझै कार्यान्वयन गरेको छैन । उल्टै नेपालीमाथि झुटा मुद्दा लगाएको भन्दै भारतको आलोचना बढेको छ। भारतले सीमा क्षेत्रका नेपाली नागरिकमाथि ज्यादती गरेको बताउदै उक्त पार्टीका कार्यकर्ता लामो समयदेखि विरोध गरिरहेका छन। भारतद्धारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ताको माग राख्दै उनीहरुले नेपाली प्रशासन भारतसामु निरीह भएको बताउदै नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रियाहरु