सरकारले तीन बुँदेलाई लागू गरेन भने ठुलो क्षति हुन्छ

२०७९ पुष ५ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले पुर्वको बाणगंगा नगरपालिकाको ओदारी, पश्चिमको शिवराज नगरपालिकाको चन्द्रौटा र मध्यको बुद्धभूमि नगरपालिकाको बिरपुरमा मसाल जुलुस सम्पन्न गरेको छ। ओदारीको मसाल जुलुस पछीको कोणसभा लाई नेकपाका जिल्ला सेक्रेटरी तथा पार्टीको केन्द्रीय सदस्य कमल सीले सम्बोधन गरेका थिए भने कार्यक्रमको संचालन थारू राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य सुनिल सी ले गरेका थिए । शिवराज नगर र बिजय नगर गाउँ समितिको संयुक्त मसाल जुलुस चन्द्रौटाको खसी बजार वाट सुरु भइ चौराहमा पुगिसकेपछी कोणसभामा परिणत भएको थियो। कोण सभाको संन्चालन शिवराज नगर ईन्चार्ज सुस्मा सीले गरेको थियो नेकपाका केन्द्रीय सदस्य सुशील सी ले पार्टीका धारणाहरु राखेका थिए । आफ्नो धारण राख्दै पार्टी कुनै पनि हालतमा पछि नहट्ने, राज्य संग भएको तिन बुँदे सहमती कार्यान्वयनका लागि आज मसाल बोकेर निस्किएका छौँ राज्य जिम्मेवार भएन भने तत्कालीन सरकार र हाम्रो पार्टी बिच भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि कानुनी जटिलता हल गर्न ल्याइएको मुलुकी फौजदारी संहिता (पहिलो संसोधन) अध्यादेश- २०७९ कुनैपनी हालतमा पारित गरिनुपर्ने बताएका छन्। उनले भने , ‘राज्य सहमतीबाट पछि हट्नु भनेको देशमा शान्ती भंग हुनु हो । हामी नेपालमा दिर्घ शान्ती चाहान्छौ । अहिले नेपालमा शान्ती नचाहने केही बिदेशी दलालहरुले अध्यादेश विरुद्ध अनेकौं षड्यन्त्रका तानाबाना बुनिरहेका छन सहमती अक्षरंस पालना गरिएन भने जुनसुकै मूल्य चुकाएर पनि लड्छौ तर झुक्दैनौ” तिन बुँदे सहमती कार्यान्वयन गर्न ल्याएको अध्यादेश रोक्ने दलाल र साम्राज्यवादी षड्यन्त्रका विरुद्ध आज देशैभरी मसाल जुलुस निकालेको बताय । कार्यक्रमको संचालन भने शिवराज नगर समिति इन्चार्ज सुस्मा सीले गरेकी थिइन्। बिरपुरको मसाल जुलुस पछीको सम्बोधन सोही नगरका सेक्रेटरी बिष्णु सीले गरेका थिए । तिनै ठाउँमा निकालिएको मसाल जुलुसमा उल्लेखनीय जन सहभागिता रहेको जिल्ला इन्चार्ज जुझारु सीले बताएका छन् ।

प्रतिक्रियाहरु