संघीय लोकतान्त्रिक गणतन्त्र सर्वहारा, श्रमिक वर्गको ब्यवस्था होइन

बन्धु चन्द– पोलिटब्युरो सदस्य, नेपाल कम्युनिस्ट पार्टी तथा अध्यक्ष अखिल नेपाल महिला संघ (क्रान्तिकारी) २०७९ पुष ५ गते, मंगलवार

०             अहिले नेपालको महिला आन्दोलनको अवस्था कस्तो छ ?

नेपालको महिला आन्दोलनको ऐतिहासिक पृष्ठभूमिबाट हामीले केलाउँदै आयौँ भने राणा शासनको पालादेखि उत्पीडनमा परेका महिलाहरुले छिटपुट रूपमा गरेका आन्दोलन र २००४ सालमा सङ्गठित रूपमा आन्दोलनको सुरुवात भैसकेपछि र सात सालमा राणा शासनको अन्त्य पछि राजनीतिक हिसाबले केही महिलाहरु आन्दोलनमा सहभागी बन्ने वातावरण सृजना भयो । र महिलाहरुले आ–आफ्नो क्षेत्र वा पृष्ठभूमिबाट महिला आन्दोलन, महिला उत्पीडन, महिला अधिकारका बारेमा केही आवाज उठाउँदै आएको पृष्ठभूमि देखिन्छ । त्यसमा खास गरेर नेपालको महिला आन्दोलन नेपालको राजनीतिक आन्दोलनसँग अभिन्न रूपमा जोडिएको छ । समग्र रूपमा महिला आन्दोलनलाई हेर्दा महिलाहरु सामाजिक साँस्कृतिक रूपले जसरी उत्पीडनमा परेका छन्, त्यसको विरुद्धमा विभिन्न चरणबद्ध रुपमा सङ्घर्ष पनि भइरहेका छन् । चाहे त्यो ग्रामीण क्षेत्रमा होस् चाहे सहरी क्षेत्रमा होस् ।

त्यसपछि राजनीतिक आन्दोलनमा महिलाहरु समावेश भएर महिलाका मुद्दाहरुलाई राजनीतिक प्रकृयामार्फत्् सम्बोधन गर्ने उद्देश्यका साथ आगाडि बढेको हामी पाउँछौं । खास गरेर तिस वर्षे पञ्चायत कालमा मौलिक स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताका हिसाबले बन्देज पूर्ण अवस्था रह्यो । र, त्यतिबेला पनि राजनीतिक हिसाबले विभिन्न संगठनहरुमा भूमिगत तरिकाले आन्दोलन गर्ने महिला सहभागिताले महिलाहरुको योगदान पनि महत्वपूर्ण देखिन्छ । र, ४६ सालको आन्दोलन पछि नेपालमा प्रजातन्त्रको स्थापना भनौं या बहुदलीय व्यवस्थाको स्थापना भैसकेपश्चात अलिकति खुल्लारुपमा राजनीति गर्ने वातावरण बन्यो र महिलाहरु क्रमशः राजनीतिमा सहभागी बन्ने र महिला उत्पीडनका आवाजहरू उठान गर्ने प्रकृयाको सुरुवात भएको हामी देख्छौं । तर, तत्कालीन संसदीय व्यवस्थाले नेपालका उत्पीडित श्रमजीवि जनताहरूको अधिकारलाई सुनिश्चित गर्न सकेन । यसको लागि पुरानो राज्यसत्ताको विकल्पमा नयाँ जनवादी राज्य ब्यवस्था स्थापना गर्नु पर्छ भन्ने उद्देश्यका साथ तत्कालीन ने.क.पा माओवादीले २०५२ सालबाट जनयुद्धको शुरुवात ग¥यो । जनयुद्ध नै यस्तो घटनाक्रम थियो, जसले नेपाली महिलाहरुलाई चेतनशील महिलाहरुको हकमा मात्र नभई त्योभन्दा अगाडिको महिलाको इतिहासमा अलिकति चेतनशील महिलाहरुले मात्र राजनीतिक माहिला आन्दोलनमा एकरूपतामा उपस्थिति जनाउने देखिन्थ्यो तर जनयुद्धले भने ग्रामीण महिलाहरु, जसलाई राजनीतिक चेतनासँग सरोकार थिएन । सामाजिक मुद्दाहरूमा केही छिटपुट रुपमा आन्दोलनहरू उठे पनि त्यसलाई राजनीतिक तहमा गोलवद्ध गर्ने काम भने भैरहेको थिएन । त्यसलाई जागरण पैदा गर्ने र आपूmमाथिको उत्पीडनका विरुद्ध सङ्घर्ष गर्नु पर्छ, भन्ने चेतनाको विकास जनयुद्धले ग¥यो । जस्तै हामीले उदाहरणका रूपमा लिन सक्छौं त्यतिबेला सामाजिक हिसाबले महिलाहरुलाई उत्पीडनमा पार्ने सामाजिक विकृतिका रूपमा रहने जाँड, रक्सी, जुवा, तासजस्ता विकृतिका विरूद्ध महिलाहरु आफैँं संगठित भएर सङ्घर्ष गर्ने, त्यसलाई परास्त गर्ने किसिमका कार्यहरू पनि भए । त्यसैगरी हामीले इतिहासलाई हेर्दै आउने हो भने जब जनयुद्धले विकासको एकपछि अर्काे फड्को मार्दै गयो र तत्कालीन राज्य व्यवस्थाको महत्वपूर्ण अंग नेपाल प्रहरीमाथि फौजी रूपमा जनयुद्धले विजय हासिल गर्दै गएपछि महिलाहरूमा उत्साह जागृत भयो । हामी पनि बन्दुक समातेर लड्न सक्छौं, राज्य व्यवस्थाले हजारौँ वर्षदेखि आपूmमाथि गर्दै आएको जुन दमन छ, त्यसका विरूद्ध प्रतिरोध गर्न सक्छौं र गर्नुपर्छ भन्ने भावनाका साथ बन्दुक बोकेर अगाडि बढ्ने प्रक्रियाको थालनी भयो । माहिला आन्दोलनको पृष्ठभूमिलाई केलाएर हेर्ने हो भने नेपालको जनयुद्धमा महिलाको सहभागिता, उनीहरूको साहस र वीरता संसारकै अनुकरणीय उदाहरणको रूपमा प्रस्तुत भएको छ । यो हामी सबैको लागि गर्वको विषय हो । हामी पनि त्यही आन्दोलनमा जनयुद्ध सुरु हुनुभन्दा पहिले पनि र विभिन्न राजनीतिक कार्यक्रमहरुमा, विभिन्न संगठनहरुमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहभागी हुँदै आयौँ र जनयुद्ध भइसकेपछि म स्वयं पनि जनयुद्धमा समाहित भएर अहिलेसम्म आन्दोलन गर्दै आउँदा आन्दोलनले विभिन्न खालका उतारचढाव त पैदा गरेकै छ । तर, समग्र महिला आन्दोलनको क्षेत्रमा हेर्दा जनयुद्धले एक प्रकारको महिलाहरूमा चेतना जागृत ग¥यो त्यो ऐतिहासिक छ । जनयुद्धमा रहेको महिला सहभागिताले नेपाली समाजमा महिलाहरु पनि पुरुषभन्दा कुनै तवरले कम हुँदैनन्, अवसर र व्यवस्थापन भयो भने जस्तोसुकै काम महिलाले गर्न सक्छन् भन्ने कुरा प्रमाणित ग¥यो ।

त्यसले गर्दा जनयुद्धमा महिलाहरुको सहभागिता र सत्ता सञ्चालन गर्ने कौशल पनि महिलाहरूले प्रदर्शन गरे । त्यसपछि ६२÷६३ मा जब शान्तिप्रक्रियाको सुरुवात भयो, तब शान्ति प्रक्रियामा आउँदाखेरी एकातिर वर्गीय आन्दोलनका बारेमा बहसको कुरा त छँदैथियो अर्कोतिर आन्दोलनका उपलब्धिलाई तत्कालीन व्यवस्थामा सम्बोधन गर्ने कुराहरू थिए । त्यसमा पनि तत्कालीन महिला आन्दोलनको नेतृत्व गर्ने अनेमसँघ क्रान्तिकारीले महत्वपूर्ण भूमिका निर्बाह ग¥यो । र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यद्यपि यो बुर्जुवा व्यवस्था हो । सर्वहारा, श्रमिक वर्गको ब्यवस्था होइन । तत्कालीन माओवादीले भनेको जस्तो जनताको व्यवस्था पनि होइन । यो त एउटा सम्झौताद्वारा गरिएको सामान्य व्यवस्थाको रूपमा हामी बुझ्छौँ । यसमा पनि महिला उत्पीडनका मुद्दाहरुलाई जबर्जस्ती रूपमा राख्ने जुन बाध्यात्मक परिस्थिति आयो, त्यो महिला आन्दोलन कै कारणले सम्भव भएको हो । राज्य व्यवस्थाको संयन्त्रमा, व्युरोक्रेसमा वा सेनामा महिलाहरुको उपस्थिति गराउने÷जनाउने नीतिगत निर्णयहरू भएका छन् । त्यसैगरी राजनीति क्षेत्रमा पनि गाउँपालिका, नगरपालिका अहिलेका संरचनाहरूमा महिला सहभागिता नगर प्रमुख, उपप्रमुख, राष्ट्रपति, उपराष्ट्रपति वडाहरूमा दलित तथा एकजना महिला अनिवार्य रुपमा राख्ने जुन व्यवस्था छ । यसले थोरै भए पनि आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने तत्कालीन शासकहरू बाध्य भएको अवस्था हो । यो कसैको दयाले मायाले प्राप्त भएको अधिकार होइन । महिलाहरूले प्रत्यक्ष सङ्घर्ष गरेर प्राप्त भएको प्रतिफल हो । देशमा भएको राजतन्त्र ढलेर गणतन्त्र आइसकेपछि जनयुद्धले जनवादी व्यवस्था स्थापना गर्छ भन्ने हामीले सोचेका थियौँ । तर, हामीले सोचेको विपरीत हुन गयो । जुन बुर्जुवा गणतन्त्र स्थापना भयो र नेपालमा समान्तवाद ढलिसकेपछि पनि दलाल पुँजीवाद जसरी अहिलेसम्म हावी भएको छ । यसले महिलाहरुलाई हिजोको आन्दोलनले पैदा गरेको जागरणलाई संस्थागत गर्नेभन्दा महिलाहरुलाई यो वा त्यो रूपमा फेरि पुरानै प्रक्रियामा पु¥याउने काम गरिरहेको छ ।

ने.क.पा पुनर्गठन भइसकेपछि हामीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा र त्यसको लक्ष्य भनेको वैज्ञानिक समाजवादको स्थापना जुन प्रकृयाबाट अघि बढिरहेको छ । त्यसमा महिलाहरुको स्थिति के हुने त भन्ने कुरा अहिलेको लागि महत्वपूर्ण कुरा हो । हिजो हामीले सामन्तवादका विरूद्ध लड्यौं र सामन्तवादको एउटा पिल्लर ढल्यो । यद्यपि त्यसका अवशेषहरू हाम्रो समाजमा बाँकी छन् । अबको हाम्रो लडाई दलाल पुँजीवादीसँगको हुनेछ । महिलाहरुलाई बेरोजगार बनाउने, शारीरिक शोषण गर्नदेखि लिएर विभिन्न तरिकाले महिला माथि हिंसा भैरहेको छ । त्यसैले अबको हाम्रो आन्दोलनको मुख्य उद्देश्य नेपाली महिलाहरुको वास्तविक मुक्ति, स्वतन्त्र र समानताको प्रत्याभूति दिने हो ।

०             विश्वमा महिला अन्दोलनको अवस्था कस्तो छ ? महिला मुक्तिको सवाललाई हेर्दा विश्व परिवेश कहाँ छ जस्तो लाग्छ ?

यो निकै महत्वपूर्ण कुरा हो । हामीले विश्व महिला आन्दोलनको प्रक्रियालाई अध्ययन गर्दै आयौँ भने पनि दोश्रो विश्वयुद्ध पछाडि भएको शितयुद्धकालीन जुन विश्व छ । त्यसले विश्वलाई विचारधारात्मक हिसावले दुईवटा विचारधारामा विभाजन गरेको देखिन्छ । एउटा पुँजीवादी विचार धारा र अर्को कम्युनिष्ट विचारधारा । यसरी विभाजित हुँदै आएको र त्यही आधारमा महिलाहरूले आफ्नो मुक्ति कुन विचारधाराबाट प्राप्त गर्न सकिन्छ भनेर आन्दोलनमा समाहित भएको हामी देख्छौं । र, त्यसको प्रभाव स्वरूप नेपालमा पनि राजनीतिक आन्दोलनहरू चलेर जुन अहिले हामी एक्काइसौं शताब्दीमा आइपुगेका छौं, यतिबेला महिला आन्दोलनका धारा र महिला आन्दोलनलाई विश्लेषण गर्ने विभिन्न विचारहरूद्वारा समाज प्रभावित छ । त्यसमा एउटा त प्रजातान्त्रिक धार भनिन्छ, जसले पुँजीवादी व्यवस्थालाई संरक्षरण गर्ने र त्यही व्यवस्था ठीक हो भनेर त्यही ढंगमा जाने गर्छ । त्यसले महिलालाई व्यक्तिगत स्वतन्त्रताको कुरा गर्ने तर त्यसको आर्थिक र राजनीतिक स्वतन्त्रतासँग व्यक्तिगत स्वतन्त्रता जोडिदिएर महिला मुक्ति भयो भन्दै व्याख्या गर्ने गरिन्छ । त्यसले के गर्छ त भन्दा एक त महिलालाई मात्र राज्यसत्ताको नेतृत्वकारी ठाउँमा पु¥याउने भए पनि त्यसले आममहिलाहरुको जीवनमा परिवर्तन गर्न सकेको छैन र सक्दैन पनि । त्यसकारण समग्र महिला आन्दोलनको क्षेत्रमा महिलाहरुको मुक्तिको प्रश्नबारे भने यो विचारधाराले सही मार्गनिर्देशन गर्न सक्दैन ।

अर्को कम्युनिष्ट विचारधारामा प्रभावित भएका विभिन्न शाखा प्रशाखाहरु पनि छन् । त्यसरी हेर्दाखेरी हामीले बुझेको हरेक कम्युनिस्ट पार्टीको उद्देश्य भनेको जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्ने हो । अहिलेको सन्दर्भमा हेर्ने हो भने तत्कालीन समाजको बनोट, अन्तरविरोध, वर्गीय विशेषता आदिलाई हरेक देशका कम्युनिस्टहरूले आ–आफ्नो सापेक्षतामा संघर्षलाई आगाडि बढाइ रहेका छन् । नेपालमा पनि विभिन्न विचार बोकेका कम्युनिस्ट पार्टीहरु छन् । समग्र कम्युनिस्ट धारबाट हेर्दा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आधारमा हामीले समग्र समाजको विश्लेषण गरेर त्यसलाई आगाडि बढाउने प्रयत्न गरेका छौं । हामीलाई त्यो सही हो भन्ने लाग्छ । हिजोदेखि आजसम्म पनि यही विचारधारा र दृष्टिकोण नैं वैज्ञानिक छ र वैज्ञानिक विचार र दृष्टिकोण नभैकन समाजलाई सही ठाउँमा पु¥याउन सकिँदैन । हामीले समयसापेक्ष संघर्षहरु आगाडि बढाउँदै जानुपर्छ । महिलाको अधिकार, महिलाको मुक्ति र स्वतन्त्रता, समानताका जुन कुराहरू छन्, त्यसमा हामीले पाएको महिलाहरुको विशुद्ध लिङ्गीय मुद्दा मात्र हो । यसरी खास महिलाहरूमा मात्र केन्द्रीत गर्ने जुन विचारधारा छ, यसले पनि हामीलाई सही ठाउँमा कदापि पु¥याउँदैन ।

हामीले इतिहासलाई हेर्दा वा आदिम समाजदेखि अहिलेसम्मको महिला आन्दोलनको विश्लेषण गर्दा सुरुवातमा यस्तो विभेद थिएन । कविला युगमा महिलाहरु स्वतन्त्र थिए । जसलाई हामी मातृप्रधान समाज पनि भन्छौं । त्यतिबेला स्वतन्त्र भएका महिला क्रमशः परिवार, निजी सम्पती, राज्यको बनोटको प्रकृयामा आउँदा महिलाहरु जसरी घेराबन्दी हुँदै आएर उत्पीडनमा परे र त्यो प्रकृया संस्कृतिमा, राज्यसत्ताको स्वरूपमा, नियम कानुनमा बदलियो र सबै हिसावबाट महिलालाई वञ्चित गराउँदा खेरी अहिले दोस्रो दर्जाको नागरिकको रूपमा बुझ्नु पर्ने स्थिति आइपुगेको छ । यसको ऐतिहासिक पाटोलाई केलाएर हेर्दाखेरी हामीलाई अहिलेको मात्रै विषय होइन । विशुद्ध लैङ्गिक विषयले मात्रै महिलाको मुक्ति सम्भव छैन । यसको समाधानको समग्र पाटो त ऐतिहासिक रूपले हेर्ने हो भने समग्र विकासक्रमसँग जोडिएको छ । राज्यसत्ताको ऐतिहासिक स्वरूप, उत्पादन प्रणाली जसरी बद्लिँदै आइरहेका छन्, त्यही क्रममा महिलाका विषयहरू पनि जोडिन पुग्छन । यो राज्यको विषय राजनीतिसँग प्रत्यक्ष जोडिएको विषय हो । राजनीतिक आन्दोलनसँग महिला आन्दोलनलाई नजोड्ने हो भने महिलाका विषयले मात्रै महिला मुक्ति सम्भव छैन ।

०             महिला मुक्तिका सवालहरु पुँजीवाद भित्र पनि उठान हुँदै आएका छन् । उनीहरुले पनि महिलालाई अधिकार दिएको बताउने गरेको पाइन्छ । तपाईँहरुले भनेको समाजवादमा विशेषतः महिलाहरुले कस्ताखालका अधिकारहरु पाउँछन् ?

विचारधारात्मक हिसावले जतिबेलादेखि सामाजिक व्यवस्थालाई बदल्ने कुरा आयो यसलाई व्यक्तिगत, लैङ्गिक, सामाजिक, विचारधारात्मक रूपमा अगाडि बढाउने भन्ने बहसको सुरुवात भयो र अहिलेसम्म हुँदै आएको पनि छ । समाजवादमा महिलाहरुको हकमा उनीहरूको अधिकार र महिला मुक्ति हुन्छ भन्ने कुरा विगतका इतिहासले पनि देखाउँछ । जस्तै, महिला पुरुषबीचको विभेद मात्र नभई सर्वहारा वर्ग र पुँजीपति वर्गबीचको अन्तरविरोध, जतिबेला पुँजीपति वर्गमा प्रखर भएर आयो त्यतिबेला मजदुरहरूले आन्दोलन गर्दा पनि महिलाहरुको उपस्थिति थियो । खासगरी महिलाहरु सामन्तवादमा घरेलु मजदुरहरूको रूपमा होस् वा पुँजीवादी युगमा श्रमिकहरुको रूपमा होस् दुवै पक्षबाट हेर्दा महिलाहरु उत्पीडन र शोषणमा परेका छन् । यसका विरुद्धमा प्रतिरोध गर्दै समानताको प्रत्याभूति दिने अवस्थामा आइपुग्दा हामीले के पाउँछौं भने त्यसको विकल्पमा समाजवादी सत्ता जरुरी छ । जस्तो, सोभियत संघमा मजदुरहरूले विद्रोह गरेपछि समाजवाद स्थापना भयो ।

महिला अधिकारको पक्षमा बहस त पहिले पनि धेरै पटक उठ्दै आए । त्यसले धेरै खालका आन्दोलन पनि संगठित गर्दै आएको छ । तर, राज्य सत्ताले महिलाहरुलाई दिने अधिकारको प्रत्याभूति पहिलो पटक सोभियत संघले दिएको हामी पाउँछौं । जस्तै, महिलाहरूले भोट हाल्नेदेखि लिएर उनीहरूको व्यक्तिगत स्वतन्त्रताको लागि सम्बन्ध विच्छेद, घरेलु जीवनबाट बाहिर ल्याउन सामूहिक व्यवस्थालगायत यस्ता थुप्रै खालका आर्थिक, राजनैतिक र समाजिक मुद्दाहरुमा सोभियत समाजवादी सत्ताले समाजमा महिलाहरुलाई प्रयोगात्मक रुपमै अधिकार दियो । त्यसले महिलाहरुलाई नयाँ खालको प्रेरणा र शिक्षा दियो । त्यसपछि पुँजीवादी सत्ताहरुले समाजवादमा भएका महिलाका अधिकारलाई स्थान दिन बाध्य भयो । समाजवादले महिलाहरुलाई के खालको सन्देश दियो त ? महिलाहरुको जीवन उकास्नका लागि समाजवादले कस्तो खालको भूमिका खेल्यो त ? भन्ने कुरा सिकेर केही पुँजीवादी मुलुकहरूले त्यो प्रक्रिया अहिले पनि लागू गरेका छन् । तर, वैचारिक हिसाबले महिलालाई पूर्णतः स्वतन्त्र हुने प्रक्रियाको स्वरूपचाहिँ पुँजीवादी मुलुकमा छैन । किनभने पुँजीवाद भनेकै श्रमको शोषणमा आधारित प्रणाली हो । त्यसकारण महिला तथा श्रमजीवि वर्गको शोषण नगरी पुँजीवाद मौलाउन सक्दैन । महिलाहरूले समाजवादी व्यवस्थामा मात्रै स्वतन्त्र हुन्छन् भन्नुको कारण यो छ कि निजी सम्पति र व्यक्तिगत सम्पति भएको समाजले जुन प्रतिस्पर्धा गरेर एउटा वर्गलाई अब्बल बनाई सत्ताको केन्द्रमा पु¥याउने र श्रमजीविवर्गलाई अलपत्र पार्ने जुन प्रणाली छ । यसले न्याय र समानता दिन सक्दैन । न त आर्थीक हिसाबले कुनै समानताको प्रत्याभूति दिन सक्छ । अहिले हामी एक्काइसौं शताव्दीको विज्ञान र प्रविधिको युगमा छौँ, यसले पुँजीले नयाँ चरित्र धारण गरेको छ । पुँजीवादमा महिलाहरुले कसरी स्वतन्त्रता प्राप्त गर्न सक्छन् ? यो महिला आन्दोलनको एउटा बहसको कुरा हो । सोभियत संघको समाजवाद जस्ताको त्यस्तै अहिले लागू हुन पनि सक्दैन । त्यतिबेलाको उत्पादन सम्बन्ध र प्रणाली अहिले धेरै विकसित भइसकेका छन् । सापेक्षित रूपमा हामी सबैका लागि पुँजीवादभन्दा समाजवाद अब्बल ब्यवस्था हो । त्यसकारण पनि महिला र पुरुषको वैचारिक समानता र वैयक्तिक स्वतन्त्रताले मात्र महिलालाई अधिकार सम्पन्न बनाउँदैन भन्ने कुरा पुँजीवादले देखाइसकेको छ । समानताको प्रत्याभूति दिने हो भने समाजवादी अवधारणाको विकास हुन जरुरी छ । महिला र पुरुषलाई समानता दिनुपर्छ भन्ने कुराको प्रत्याभूति दिने व्यवस्था नै समाजवादी व्यवस्था भइसकेपछि हामी समाजवादमा जानुको विकल्प छैन । यसको व्यवस्थापन र आन्दोलन कसरी गर्ने भन्ने बारेमा कैयौँ बहसका विषयहरू छन् । त्यसबारे आगामी दिनहरुमा बहसको ढङ्गबाट अगाडि बढ्ने छौ ।

०             अहिलेका महिलाका मुद्दाहरु केके हुन् ? तत्कालिन रुपमा महिला मुक्तिको कार्यनीति के हुन सक्छ ?

अहिलेको सन्दर्भमा रणनैतिक र कार्यनीतिक प्रश्नहरूमा हाम्रा महिलाहरूका मुद्दाहरुको बारेमा कुरा गर्दा पहिला त हाम्रो धरातल हेर्नु पर्छ । अहिलेको नेपालको परिवेश हेर्ने हो भने महिलाको अवस्था हिजो जनयुद्धमा जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्यका साथ महिलाहरु जसरी आन्दोलनमा होमिएका थिए, त्यसपछि स्थापना भएको बुर्जुवा पुँजीवादले गर्दा हिजो आन्दोलनमा रहेका महिलाहरुको संरक्षण गर्ने र अगाडि बढाउने प्रयत्न भएन । क्रान्ति प्रतिक्रान्तिमा बदलियो र त्यसले महिलाहरुमा नकारात्मकता र निरासा पैदा गरिदियो । त्यसकारण अहिलेको आन्दोलनको प्रमुख चुनौती भनेको माहिलाहरुलाई हिजो जनयुद्ध जस्तै सजिलै क्रान्ति, विद्रोहले हामीलाई मुक्ति दिन्छ भनेर पुनः आशावादी बनाउनु हो । यसमा हामी निरन्तर प्रयासरत छौँ । यही प्रयासले हामी सफल हुनेछौं । मुक्ति र स्वतन्त्रताको सास फेर्ने छौं । जुन विचारले हामीलाई जनयुद्ध गर्ने ताकत दियो, त्यही विश्वासले बाँकी महिला उत्पीडनका अवशेषलाई पनि उखेली फ्याक्ने छौं । हामी विचारहरूलाई परिमार्जित गर्दै जानुपर्छ भन्ने कुरामा महिलाहरुलाई विश्वास दिलाउँदै जान्छौँ र जानुपर्छ । हामी त्यो चुनौतीपूर्ण प्रयासमा कटिबद्ध छौं र त्यही हिसावले देशभरी महिला संगठनहरु निर्माण भैरहेका छन् ।

०             प्रायः महिलाहरु पुरुषभन्दा माथि राखिएको अर्थ लगाउने गरिन्छ । राज्यले पनि महिला सहभागितामा जोड दिइरहेको छ । अधिकार प्राप्त भइसक्दा पनि अझै महिला आन्दोलनको अवश्यकता किन ?

पहिलो कुरा त राज्यका विभिन्न अंगहरुमा महिला सहभागितासम्बन्धी नीतिगत तहमा निर्णय तथा नीति नियमहरु निर्माण भएका छन् । यी अधिकार कसैले पनि महिलालाई दयामाया गरेर दिएको भिख होइन । यो प्राप्त गर्नका लागि पनि करिब २३–२४ सय महिलाहरुले आफ्नो बलिदान दिएका छन् । हजारौं घाइते, बेपत्ता, योद्धाहरूको रगत पसिना बगेको छ । करोडौं नेपालीको लगानी र पसिना मिसिएको छ । त्यसकारण महिलालाई केही प्रतिशत अधिकार दिन तत्कालीन सरकार तयार भएको हो । महिलाहरुले आफ्नो समस्याहरूको सम्बोधनका लागि आन्दोलन गरे, अधिकारहरू माग गरे, त्यसैको बलमा नै यतिसम्म अधिकार प्राप्त भएको हो भन्ने कुरा हामीले बुझेका छौं ।

यसरी हेर्दा मानिसहरूलाई लाग्छ कि, ‘महिलाहरूले अधिकार त पाइसके अब के चाहियो र ? निर्धक्कसँग महिलाहरू हिँड्ने वातावरण कसरी निर्माण गर्ने ? जनयुद्धभन्दा पहिला महिलाहरू पुरुषको लागि बस्तुभाउ सरहका थिए । तर, जब उनीहरूले बन्दुक बोके तबदेखि आफ्नो व्यक्तिगत जीवनको फैसला गर्न सक्षम भए । उदाहरणका लागि पहिले पुरुषहरु महिलाहरु मेलापातबाटै तानेर, घचेटेर, जबर्जस्ती विवाह गर्न सक्थे तर जनयुद्धदेखि पुरुषहरूले महिलामाथि दुव्र्यवहार गर्ने हिम्मत गरेनन् । उनीहरु निरीह बने । त्यसकारण हामी यो बुझौं कि आफ्ना हक अधिकारका निम्ति साहस जुटाएर विद्रोह गर्न सक्छौं भने त्यस्ता हिंसात्मक घटना घटाउनेहरु पाखा त लाग्दा रहेछन् नि ।

जनयुद्धमा महिला, हिंसा र उत्पीडनका घटनाहरू एकदमै कम हुने गर्थे । यद्यपि राज्यसत्तासँग प्रत्यक्ष लडाई थियो, लडाइँ हुँदा राज्यसत्ताले गर्ने दमनको सिकार महिलाहरु अवश्य हुन्थे । त्यो त राज्यले प्रतिशोधपूर्ण ढंगले गरेका हिंसात्मक व्यवहारको पाटो छुट्टै छ । तर, सामाजिक रूपले हामी महिलाहरु एकदमै सुरक्षित महसुस गथ्र्यौं । हामी एक्लै हिँड्न डराएनौँ । तर, आजको अवस्था विहान घरबाट निक्लिएकी छोरी साँझा घर पुग्छ कि पुग्दैन भन्ने त्रास छ । वास्तवमै यसको जड के हो त ? हामीले यसरी हेर्नुपर्ने हुन्छ । नेताहरुले बहुविवाह गर्दा, बलत्कार गर्दा, कार्यकर्ताले के सिक्ने ? पदीय अवस्थामा रहेकाले भ्रष्टाचार गर्दा कर्मचारीले के सिक्छ ? यी भनेका पुँजीवादी विकृतिका स्वरुपहरु हुन् । यसले निर्माण गरेको संस्कृतिले माथिदेखि तलसम्म कस्तो प्रभाव पार्छ । त्यो तपाईँ हामी सबैलाई अवगत भएकै कुरा हो । हिजो जाँडरक्सी, जुवातास, बहुविवाहका विरूद्ध लडियो तर अहिले त्यो एकदमै सहज र खुलेआम जताततै बिगबिगी भएको छ । यो समाजको संरचना जसरी वैचारिक हिसाबले डाइभर्ट भइरहेको छ । यसको परिणामको सिकार भनेको महिलाहरू भएका छन् । महिलाहरुका हातबाट बन्दुक, अधिकार सम्पूर्ण रुपमा खोसेर सीमित पुँजीपति वर्गको हातमा केन्द्रीत भैसकेपछि निरीह प्राणीलाई त जसले पनि हेप्ने भए । त्यस कारण महिलाहरुले आफ्नो मुक्तिको लागि संगठित रुपमा आबद्ध भएर विद्रोह गर्न जरूरी छ ।

०             अबको महिला आन्दोलन कसरी अगाडि बढ्छ । यसबारे तपाईँका योजनाहरु के–के छन् ?

हाम्रो महिला सङ्गठनको पुनर्गठन भैसकेपछि क्रान्तिकारी आन्दोलनलाई साम्यवादमा पुग्ने कम्युनिस्ट विचारलाई अँगालेका कारण पनि महिलाहरुलाई सङ्गठित गरेर अगाडि उठाउने प्रक्रियामा छौँ । सापेक्षित ढङ्गले हाम्रो महिला सङ्गठनले महिलाका विषयलाई केन्द्रमा राख्दै आएको छ । त्यसको साथसाथै हामीले नेपालको सन्दर्भमा राष्ट्रियताको आन्दोलन अभिन्न अङ्गको रूपमा जोडिएको छ । राष्ट्रियताको आन्दोलनलाई हामीले सँगसँगै जोडेर लैजानु पर्छ भन्ने उद्देश्यका साथ यस आन्दोलनलाई पनि चलाइरहेका छौँ । व्यवस्था परिवर्तन नगरी महिला मुक्ति सम्भव छैन । यो पुँजीवादी व्यवस्थाले महिलालाई चरम शोषण र उत्पीडनमा पारेको छ । यसको विषयमा संघर्ष नगरी हुँदैन भनेर व्यवस्था विरोधी आन्दोलनमा पनि हामी निरन्तर रूपमा संघर्षमा सहभागी हुँदै आएका छौँ ।

प्रतिबन्धभन्दा अगाडिदेखि हामीले पार्टीको राजनीतिक, वैचारिक हिसाबले हाम्रो दिशा यो हो र महिलाहरु हिजोको आन्दोलनमा किन सहभागी भएका थिए । अबचाहिँ किन हुने ? भन्नेबारेमा प्रशिक्षण गराइरहेका छौँ । हामीले वैचारिक, राजनीतिक तवरले स्पष्ट गराउने काम गरिरहेका छौं । हामीले स्पष्ट दिशा निर्देश गर्ने र समाजवादी दृष्टिकोण निर्माण गर्न अवश्यक ठानेका छौँ । यदि आफैँं विचारमा कन्भिन्स नहुने हो भने समाज बदल्ने कुरा फगत बालुवामा पानी हालेजस्तै हो । त्यसकारण वैचारिक दृष्टिकोण बदल्ने कुरा केन्द्रमा राखी विभिन्न प्रशिक्षणहरु गराइरहेका छौं । भौतिक र वैचारिक विकास यो सबैलाई प्राथमिकतमा राखेर देशभरि सङ्गठनले महिला अगुवा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम चलाउँदै संगठित पनि गराइरहेका छौँ ।

०             अन्त्यमा, आजको नेपालको उत्पादन सम्बन्धको चरित्र र यसका आधारमा तपाईंहरुले भन्ने गरेकोे वैज्ञानिक समाजवादी व्यवस्थालाई कसरी परिभाषित गर्नुहुन्छ ?

सर्वप्रथम त यो व्यवस्थाको संकट भनेको यसले पैदा गरेका विकृति, विसंगति समाजमा छताछुल्ल अबस्थामा छन् । त्यसबाट कुनै पनि जनता सन्तुष्ट छैन । हुन त २०६२÷६३ को आन्दोलन पछि संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट व्यवस्था हो भनेर भनियो । यो राम्रो हो भन्दै २०७२ सालमा दोस्रो संविधानसभाबाट संविधान निर्माण भयो । उक्त संविधान नै सबै समस्याहरुको समाधान हो भनेर भनियो । तर, परिणाममा त्यसले न देशमा स्थिरता ल्यायो न सुशासन दिन सक्यो । न त वर्गीय हिसाबले श्रमजीविवर्गले आ–आफ्ना समस्याहरुलाई सम्बोधन गर्ने अवसर पायो । सबैतिर समस्या नै समस्या भएको अहिलेको राजनीति परिस्थिति छ । यसले कुनै पनि राजनीतिक दलहरू सतुष्ट छैनन् । कसैसँग पनि हामीले छलफल र बहस ग¥यौं भने यो व्यवस्थासँग सन्तुष्ट र यहीँ ठिक छ भनेर भन्ने राजनीति नेताहरू, जनताहरु कोही भेटिदैनन् । यस कारण नेपालमा यो व्यवस्था धेरै टिक्दैन । त्यसको विकल्प खोज्नु पर्छ भन्ने सबैलाई लागेको छ । कसले कुन सन्दर्भमा, कसरी व्यक्त ग¥यो भन्ने मात्र फरक हो ।

नेपालको जुन अहिलेको उत्पादन साधन र उत्पादन सम्बन्ध छ, अझै केही सामन्तवादका अवशेषहरु छँदैछन् । अर्कोतर्फ माथिबाट उपरी संरचनाबाट हस्तक्षेप गर्ने हिसाबले हेर्ने हो भने दलाल, निगम पुँजीवादी प्रभाव छ । जसले पुरानो सामन्तवादी उत्पादन सम्बन्धलाई विस्थापित गर्ने कसरत गरिरहेका छन् । यसले पैदा गर्ने राजनीतिक जटिलताहरुबाट धेरै उन्मुक्ति खोजिरहेका छन् । तर, विकल्प दिन सकिरहेका छैनन । पुँजीवादको विकल्प भनेको समाजवाद हो भन्ने त सबैलाई थाहा नै छ । चाहे त्यो कांग्रेस होस् या अरु दल । अहिले समाजवाद कसरी प्राप्त हुन्छ भन्ने कुराको डिबेट चलिरहेको छ । यो अवस्थामा हामीलाई के लाग्छ भने अहिलेको सापेक्षतामा हेर्दा नेपालको सन्दर्भमा देशमा प्रजातन्त्र आए पनि, लोकतन्त्र आए पनि जनताले कुनै पनि अधिकारको प्रयोग गर्न पाएको अवस्था भने छैन् । देशमा जस्तोसुकै परिवर्तन भए पनि देशको साँचो निश्चित दलाल वर्गको हातमा छ । श्रमजीवि जनताले त्यसको प्रत्यभूति पाइसकेका छैनन् । अधिकारलाई प्रयोग गर्न पाएका छैनन् ।

विचार, निष्ठा र आस्थाको आधारमा चुनाब नभई व्यापारिक तरिकाले चुनाव भैरहेको छ । त्यसकारण यो सम्पूर्ण समस्याको विकल्प समाजवादी व्यबस्था हो । ने.क.पा.ले भन्ने समाजवाद र अरुले भन्ने समाजवादमा के फरक छ भने श्रमजीविवर्गले नेतृत्व गर्ने र श्रमजीवि हितमा हुने राज्य प्रणालीसहितको समाजवाद ने.क.पा.को उद्देश्य हो । केही असन्तुष्टि र जनआक्रोशलाई सम्बोधन गर्नका लागि समाजवाद भनिदिएर केही मान्छेलाई भ्रम पार्न सकिन्छ र फेरि शासन गर्नुपर्छ भन्ने उद्देश्यसहित पुँजीपतिवर्ग लागेको हामी देख्छौं । यसले समाजवाद बोल्ने तर व्यबहारले त्यही दलाली व्यवस्थामा रमाउने जुन राजनीतिक दलहरू र तिनको प्रतिनिधित्व गर्ने विचार छ । अहिले त्यसले नै काम गरिरहेको छ ।

ने.क.पाले भनेको वैज्ञानिक समाजवादमा स्वतन्त्रता र समानताको प्रत्याभूति हुने, सामाजिक संरचनाको विकास गर्ने हुनु पर्छ । मान्छेलाई त्यो स्थितिमा डो¥याएर लैजानु पर्छ भन्ने हो । महिला पुरुषमा समान अवसर उपलब्ध गराउने भन्ने उद्देश्यका साथ समानतामा जाने र मुक्तिको बाटो अँगाल्ने समाज हामी चाहन्छौं । त्यसमा सबैको मुक्ति हुन्छ र अधिकार स्थापित हुन्छन् । मानव जातिको मुक्त हुँदा महिलाको पनि मुक्त हुने भइहाल्यो ।

(नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दसँग पत्रकार शेरबहादुर विश्वकर्माले गरेको कुराकानीलाई शोभराज बराल र पुष्पा साउँदको सहयोगमा प्रकाशन गरेका हौैँ – सम्पादक)

प्रतिक्रियाहरु