सुपरमाई हाइड्रोपावरको आइपिओ बिक्री खुला

२०७९ मंसिर २१ गते, बुधबार


काठमाडौँ। सुपरमाई हाइड्रोपावरको ५ लाख ५० हजार कित्ता आइपिओ आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले जारी गरेको आइपिओमध्ये (अतिप्रभावित क्षेत्र इलाम जिल्लाका इलाम नगरपालिका (बारबोटे)५, इलाम नगरपालिका (सुङ्बेक) २ र माईजोगमाई–५ सोयोङ्का स्थानीय बासिन्दाका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना अतिप्रभावित क्षेत्रबाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता छुट्याइएको छ। बाँकी ५० हजार कित्तामा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिन पाउने छन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आइपिओमा स्थानीयले र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओ छिटोमा पुस ६ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन पाउने छन्। यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ६ गतेसम्म आईपीओ भरिसक्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।
स्थानीयले भने इलामको प्रकाशपथस्थित गुडविल फाइनान्स, इलामको चोकबजारस्थित माछापुच्छ्रे बैंक, इलामको भानुपथस्थित सानिमा बैंक, इलामको सितलीस्थित सानिमा बैंक र इलामको बरबोटस्थित सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु