जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई मुद्दा लाग्ने

२०७९ मंसिर २० गते, मंगलवार

काठमाण्डौ । जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउनेलाई प्रहरीले अब मुद्दा चलाउन थालेको छ। यसअघि कारबाही गरेर मात्रै छोड्ने गरिएको थियो। काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचका क्रममा स्कुलका बस चलाउने चालकले समेत जाँडरक्सी र लागुु पदार्थ खाएको भेटिएपछि प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। केही दिन अघि मात्रै काठमाण्डौको फर्पिङमा ना १ ज ८४६९ नम्बरको जीप चालक काभ्रे पनौतीका ४४ वर्षीय नवराज केसीले जाँडरक्सी खाएर गाडी चलाएको भेटिएको थियो। केसीमाथि प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलाएको प्रहरीले जनाएको छ।
यस्तै, लागुऔषध खाएर गाडी चलाएका पाँच जना विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ । यसरी मुद्दा चलाइएकामा दीपेश सुनुवार, रोशन तामाङ, प्रह्लाद लामा, मोहन विक र अमित थापा मगर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई किटको प्रयोग गरी पिसाब जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो। जाँडरक्सी र लागुऔषध खाएर गाडी चलाउँदा दुर्घटना बढ्ने भएकाले प्रहरीले कडाइ गरेको हो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार