वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

२०७९ मंसिर २० गते, मंगलवार

काठमाडौं । चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । बेइजिङले विगत १० वर्ष वा सो भन्दा अघिदेखि वायु प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका अवस्था नाजुक रहेको विवरण नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित गरिएको छ । तथ्यांकका लागि १ सय ३७ देशहरूको वायु प्रदुषणको अवस्था विश्लेषण गरिएको थियो ।
चीनमा जैविक ईन्धनको प्रयोगबाट सामान्यतः २ दशमलव ५ माइक्रोन भन्दा साना कणहरू वायु मण्डलमा फैलिने गरेको अध्ययन प्रतिवेदनमा देखाइएको छ । ल्याटिन अमेरिका, एसिया र अफ्रिकामा सन् २०१५ मा ४० प्रतिशत मृत शिशु जन्मेको पनि तथ्यांकले देखाएको छ । मृत अवस्थामा शिशुहरु जन्मिने ९८ प्रतिशत देशमा अध्ययन गरिएकोमा चीन वायु प्रदुषणका कारण गर्भमा रहेका शिशुमा असर पर्ने देशमा चौथो स्थानमा परेको हो ।

प्रतिक्रियाहरु