‘संसदीय व्यवस्था बिरोधि शक्ति एकजुट हुनुपर्छ’

२०७९ मंसिर १९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य शितल सीले नेपालमा संसदीय व्यवस्था बिरोधी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन नेकपा तुलसीपुर उपमहानगर कमिटीको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता शितलले सो कुरा बताएका हुन् । नेता शितलले भने – ‘ यो देशमा संसदीय व्यवस्था असफल भइसक्यो भन्ने कुरा प्रमाणीत भयो । यो सत्ता ले घोषणा गरेको कथित संसदीय निर्वाचनलाई बहुमत जनताले खारेज गरिदिएका छन । निर्वाचन आयोगले भनेजस्तो मतदान भएको होइन बरु सत्य यो हो कि नेपालमा अहिलेको चुनावमा ४५% पनि मतदान भएको छैन । यो मतदानलाई नै मान्य हो भनेपनी यो सत्ताले बैधानिकता गुमाइसकेको छ ।’
नेता शितलले विभिन्न पार्टीमा बिभक्त सच्चा क्रान्तिकारी , कम्युनिस्ट ,देशभक्त , प्रगतिशील , बामपंथी शक्तीहरु एकजुट हुनुपर्ने बेला आएको प्रष्ट्याउदै भने – ‘ अब वैज्ञानिक समाजवादि राज्यव्यवस्थाका पक्षधर शक्तिहरु एक हुनुपर्छ । आज राष्ट्र , राष्ट्रियता इतिहासकै चरम संकटमा छ । संसदवादी दलहरुले राष्ट्रघाती एमसिसी सम्झौता मार्फत देश नै लिलाम गर्ने स्थितीमा पुर्याएका छन । त्यसैले अब नेपालमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका पक्षधर जनता एकजुट हुनुपर्छ । आफ्नो भाग्य र भविष्यको फैसला आफै गर्न पाउने व्यवस्था वैज्ञानिक समाजवाद आजको अपरिहार्य आवश्यकता हो ।’
यसैगरी , सोही बैठकमा मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य प्रदिपले क्रान्तिको विरुद्ध आउने जुनसुकै शक्तिका विरुद्धमा जेहाद छेड्न जरुरी भएको ठोकुवा गरे । यस्तै बैठकमा पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य विकाश , पार्टीका जिल्ला सेक्रेटरी जनक , तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीले मन्तव्य व्यक्त गरेका थिए ।
नेकपा तुलसीपुर उपमहानगर कमिटीको तेस्रो बैठकले ५१ सदस्यीय उपमहानगर कमिटी पुनर्गठन समेत गरेको छ । यस्तै बैठकले माओ दिवस भव्यताका साथ मनाउने , राष्ट्रियता , जनतन्त्र र जनजिविकाको पक्षमा संघर्ष गर्ने निर्णय गरेको छ ।
यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीको तेस्रो बैठकमा जिल्लाबाट पार्टीको पोलिट्ब्युरो सदस्यमा निर्वचित हुने शितल सी , केन्द्रीय समितीमा निर्वाचित प्रदिप सी र केन्द्रीय प्रतिनिधि समितीमा निर्वाचित विकाश सी , जिल्ला सेक्रेटरीमा नवनियुक्त जनक सीलाइ सम्मान गरिएको थियो भने उपमहानगर कमिटीबाट जिल्ला कमिटीमा मनोनीत हुनेअरुणा सी , सपनशिला सी , खिमा सी र कमला सीलाइ उपमहानगर कमिटीबाट बिदाइ गरिएको थियो ।
बैठकमा नेकपा तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी शिव सीले जिल्लाको सर्कुलर वाचन गरेका थिए ।
पार्टीका उपमहानगर सेक्रेटरी शिवको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथी पार्टीका पोलिटब्युरो सदस्य शितल सी , अतिथिमा केन्द्रीय सदस्य प्रदिप सी ,केन्द्रीय प्रतिनिधि सदस्य विकाश सी , जिल्ला सेक्रेटरी जनक सी , उपमहानगर कमिटीका इन्चार्ज भुवन सी , गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य रुद्र सी , सहिद परिवार समाजका केन्द्रीय सदस्य तथा जिल्ला उत्पादन बिभाग प्रमुख धर्ती सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य जिवनी सी , जनसेवक जिल्ला संयोजक प्रतिरोध सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश सी , नेकपा लमही ,राप्ती र राजपुर इन्चार्ज उज्ज्वल सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रिय सदस्य जलन सीको आतिथ्य रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु