महासचिव विप्लवको आमा आशिका देवी चन्दको श्रद्धाञ्जलीसहित अन्त्येष्टि

२०७९ मंसिर १८ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ममतामयी आमा आशिका देवी चन्दको आज कपिलवस्तुको शिवगढीमा श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिएको छ । महासचिव विप्लवले ममतामयी आमालाई फुलमाला र अविरले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
पार्टीका नेताकार्यकर्ता, घरपरिवार, आफन्त र स्थानीयको बाक्लो उपस्थितिले आमा आशिका देवी चन्दलाई श्रद्धाञ्जली दिएका थिए । श्रद्धाञ्जली पश्चात् अन्त्येष्टि गरिएको छ ।


यसैबीच परम्परागत संस्कारको विकल्पमा जनसंस्कार र जनसंस्कृतिको अवलम्बन गर्ने पार्टीको निति बमोजिम आजको दाहसंस्कारसहित ५ औं दिनसम्म शिवगढीमा निम्न अनुसारका कार्यक्रम तय गरिएको छ । दोश्रो दिन १९ गते आमाको सम्झनामा बृक्षारोपण, तेस्रो दिन २० गते बृद्ध आमाबुबालाई न्यानो कपडा वितरण, चौथो दिन २१ गते समवेदना दिन आउने महानुभावहरुलाई भेटघाटको निरन्तरता, पाचौं दिन २२ गते शोक सभा कार्यक्रम गरिने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार