प्रवक्ता प्रकाण्डद्वारा महासचिव विप्लवको आमाप्रति श्रद्धाञ्जली व्यक्त

२०७९ मंसिर १८ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको आदरणीय आमा आशिकादेवी चन्दको ९६ बर्षको उमेरमा हिजो विहान करीब ९ बजे दु:खद निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अभिभावक गुमाउँदाको सर्वाधिक पीडापूर्ण यो क्षणमा पार्टी महासचिव कमरेड विप्लव सी, उहाँका परिवार र सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेका छन। प्रवक्ता प्रकाण्डले आमा आशिकादेवी चन्दले नेपालको कम्युनिस्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिमा पुप्याउनु भएको योगदानको उच्च सम्मान गर्दै दिवंगत आमाको जनक्रान्ति र परिवर्तनको सपना पार्टीले पूरा गरी छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार