नवौँ पार्टी पुनर्गठन दिवशबारे

२०७९ मंसिर १८ गते, आईतवार

अमर झाँक्री ‘सञ्जीब’

हाम्रो पार्टीले गएको मंसिर ८, २०७९ मा आफ्नो नवौँ पार्टी पुनर्गठन दिवश देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरुसहित भव्यतापूर्वक सम्पन्न गरेकोछ । त्यसो त पुनर्गठनयता हरेक वर्ष पार्टीले विभिन्न कार्यक्रमसहित उक्त दिवश मनाउँदै आइरहेकोछ । यस पटक एक महिना पहिले मात्र पार्टीको ऐतिहासिक नवौँ महाधिवेशन भव्यतापूर्वक सम्पन्न गरिएको छ । ऐतिहासीक नवौँ महाधिवेशन र नवौँ पार्टी पुनर्र्गठन दिवश पार्टीको सचेत प्रयत्न र समय सन्दर्भको मिलान भएकोमा सुनमा सुगन्ध भनेझैँ वन्न पुगेको छ । यो आलेखमा पार्टी पुनर्गठनका वारेमा मात्र संक्षेपमा चर्चा गर्ने कोशिस गरिएकोछ ।

क) पार्टी पुनर्गठन–क्रान्तिप्रतिको लगाव– विदितै छ कि जनयुद्धको सफल नेतृत्व गरेको पार्टी शान्ति प्रक्रियामा प्रवेश गरेपछि मुख्य नेतृत्वमा राजनैतिक–वैचारिक तथा संगठनात्मक विचलन आयो । आफैँले शिक्षित–दिक्षित गरेर हुर्काएका युवा नेताहरु, कैयौँ समकक्षी नेताहरु र केही त आफ्नै गुरुहरु समेतको ठूलो पंक्तिले प्रारम्भमा आलोचनामार्फत् मुख्य नेतृहरुलाई रुपान्तरण गर्ने कोसिस ग¥यो तर उनीहरुमा रुपान्तरणको सम्भावना नदेखिएपछि मूल नेतृत्वका विरुद्ध विद्रोह गर्दै पार्टी पुनर्गठन गर्नुको विकल्प रहेन । पार्टी एकताको पक्षधर विभिन्न तह–तप्का, सहिद पविार–वेपता परिवार, आमन्यायप्रेमी जनसमुदायले भावनात्मक कोणबाट गरेका केही आलोचनाका बाबजुत हामीले विचार–राजनीति र हाम्रा सैद्धान्तिक प्रतिवद्धताहरुलाई प्रधान बनाउदै विसं २०६९ असारमा पार्टी पुनर्गठनको कदम उठायौँ । सिद्धान्तत क्रान्तिको नारामा संगठित गरिएको उक्त पुनर्गठनमा विभिन्न गलत सोच–विचार र चिन्तन–प्रवृत्तिहरुले पार्टी गोलचक्करमा फस्न पुग्यो । त्यसमा मूलत दुईवटा गलत चिन्तन–प्रवृत्ति प्रधान रुपमा देखापरे । पहिलो–कुनै न कुनै रुपमा संसदीय व्यवस्था र सरकारमा सहभागी वन्ने जसले प्रचण्ड–वावुरामसँगको सैद्धान्तिक–वैचारिक बहसलाई केवल व्यक्तिगत रिसईवी साध्नेका रुपमा मात्र व्यक्त भएको थियो, जसको सारतत्व विचार–राजनीतिका दृष्टिले प्रचण्ड–बाबुरामकै स्तरमा थियो जसको नेतृत्व बादल–गुरुङ–पम्फाले गरेका थिए । उनीहरुको गलत नियत लामो समय टिक्न सकेन वरु तुरुन्त पटाक्षेप हुन पुग्यो । जुन कथित एकताको नाममा प्रचण्डकै टाङमुनि छिर्न पुगेको घटनाक्रमले स्पष्ट गर्दछ । दोश्रो–क्रान्ति गर्नुपर्छ भन्ने तर परम्परागत घर्रालाई नछोडने, माक्र्स–लेनिन–माओको तरिकाबाट मात्र क्रान्ति हुन्छ भन्ने सोचाइ, मालेमावादी विचारको विकासलाई दक्षिणपन्थी देख्ने जड्सूत्रीय संशोधनवादी प्रवृत्ति, जसको नेतृत्व किरण–गौरवहरुले गरेका थिए । आज पनि सो समूह नाममा क्रान्तिकारी माओवादी भनिए पनि सारमा जड्सूत्रीय संशोधनवादी दलदलभन्दा माथि उठन सकिरहेको छैन । यी दुई गलत चिन्तन–प्रवृत्तिका विरुद्ध राजनैतिक–वैचारिक संघर्षको पृष्ठभूमिमा दोश्रो पल्ट अर्थात् विसं २०७१ मंसिर ८ गते पार्टी पुनर्गठन गर्नु परेकोे थियो । समय सन्दर्भ र सचेत प्रयत्नको संयोजनको रुपमा नेपालमा जनताको जनमुक्ति सेना घोषणा भएको दिन विसं २०५८ मंसिर ८ गतेको ऐतिहासिक र गौरवपूर्ण दिन पार्टी पुनर्गठनको दिन वन्न गयो । वास्तवमा छोटो समयमै गरिएका दुई पटकको पार्टी पुनर्गठनको एक मात्र उद्देश्य नेपालमा कम्युनिष्ट पार्टीको अगुवाईमा सम्पन्न गरिने वैज्ञानिक समाजवादी सत्ता स्थापनाको मूल ध्येय–उद्देश्यमा अन्तरनिहित रहेकोछ । झण्डै साढे सात दशक लामो नेपाली कम्युनिष्ट आन्दोलनको परम्परा नै यस्तो रहेको छ कि पार्टीमा विकसित हुने विभिन्न गैरक्रान्तिकारी चिन्तन–प्रवृत्ति र रुझानहरुका विरुद्ध विद्रोह र पार्टी पुनर्गठन हुने गरेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको सात दशक लामो इतिहासमा केही विद्रोह र पार्टी पुनर्गठन गलत उद्देश्यका साथ भएका छन् भने अधिकांश विद्रोह र पार्टी पुनर्गठनहरु नेतृत्वका गलत चिन्तन–प्रवृत्ति तथा राजनैतिक–वैचारिक विचलनका कारण हुने गरेका छन् । पछिल्लो पटकका दुईवटा विद्रोह र पार्टी पुनर्गठन साँचो अर्थमा नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने मूल अभीष्टसँग जोडिएकोछ । यस अर्थमा पार्टी पुनर्गठन क्रान्तिप्रतिको निरन्तर लगाव र उद्देश्यसँग गहिरो रुपमा अन्र्तसम्वन्धित रहेकोछ । जव जनयुद्धका मूल नेतृत्वहरुमा राजनैतिक–वैचारिक रुपमा विचलन आयो, जनयुद्ध थालनीपूर्वका सैद्धान्तिक प्रतिवद्धताहरु विपरित सपनाहरुका विपरित नियतहरु देखिन थाले तव मूल नेतृत्वका विरुद्ध विद्रोह र पार्टी पुनर्गठन जरुरी र आवश्यक बन्यो । आज घटनाक्रमहरुले सावित गरेका छन् कि तत्कालिन अवस्थामा गरिएका दुई पटकका पार्टी पुनर्गठन केही तितो लागे पनि कम्युनिष्ट पार्टीको रक्षा र निरन्तर क्रान्तिको लागि पार्टी पुनर्गठनको पहलकद्मी, आवश्यकता र महत्व वैज्ञानिक र वस्तुवादी सावित भएका छन् ।

ख) पार्टी पुनर्गठन–पार्टी संगठनको विस्तार– क्रान्तिले आफ्नो विकास प्रक्रियामा पैदा गरेका असाधारण चुनौती र अवसर तथा कैयौँ आत्मगत र वस्तुगत प्रतिकुलताका बीचबाट गरेको पार्टी पुनर्गठन पछि हाम्रा नेता–कार्यकर्ताहरु अहोरात्र खटेर देशव्यापी पार्टी संगठनको विस्तारमा लागे । फलत हिमालदेखि तराईसम्म र मेचिदेखि महाकालीसम्म देशव्यापी पार्टी संगठन विस्तारित हुन पुग्यो । यसका साथै प्रवास, यूरोप, अमेरिका, पूर्वीएशिया हुँदै मध्यपूर्वसम्म पार्टी संगठनका विभिन्न संरचनाहरु निर्माण र विस्तारित हुन पुगे । जनयुद्ध कालमा विभिन्न मोर्चाहरुमा महत्वपूर्ण योगदान गरेका निकै ठूलो संख्यामा नेता–कार्यकर्ताहरुको विद्रोहका कारण नेतृत्वदायी भूमिका पनि सापेक्षित रुपमा बलियो नै रहन पुग्यो । पार्टी संगठनको निर्माण र विस्तार सँगसँगै झण्डै दुई दर्जन बराबरीको संख्यामा जवस–मोर्चाका केन्द्रदेखि स्थानीय तहसम्म संगठनहरु निर्माण गरिए । जवस–मोर्चाका सोलोडोलो सञ्चालन र परिचालनलाई क्रमभङ्ग गर्दै अग्रभागीय र पृष्ठभागीय जवस–मोर्चाको अवधारणासहित सञ्चालन र परिचालन गर्ने तथा उनीहरुको स्वत्वसँगै होरिजेन्टिल र भर्टिकल परिचालनको परिभाषा पनि व्यवस्थित गरियो । त्यस्तै दलाल संसदीय व्यवस्थाको विकल्पका रुपमा सत्ताको अभ्यासका लागि जनसत्ताको केन्द्रदेखि स्थानीय अङ्गसम्म संचरनाको निर्माण गरियो । केन्द्रिय जनपरिषद्का प्रमुखका रुपमा सन्तोष बुढा मगर र जनप्रतिनिधिसभाका अध्यक्षका रुपमा उमा भूजेललाई राष्ट्रिय भेलाद्वारा निर्वाचित गरियो । केन्द्रमा विभिन्न विभागीय संयन्त्रहरु हुँदै स्थानीय तहसम्म जनसत्ताका संरचनाहरु निर्माण र विस्तारित गरिए । त्यस्तै यसबीचमा राष्ट्रिय जनस्वयम्सेवकलाई पनि देशव्यापी विस्तारित गरिएकोछ । हाल जनसेवकका रुपमा जनताको सेवा र सुरक्षामा खटिरहेको युवाहरुको सो पंक्ति नेपाली क्रान्तिको मुख्य र निर्णायक शक्तिका रुपमा उपस्थित रहेको छ । वैज्ञानिक समाजवादी क्रान्तिको महान् उद्देश्यमा अन्र्तनिहित पार्टी पुनर्गठनको छोटो समयमा नै हाम्रो पार्टी र जनसंगठन देश–विदेश सबैतिर विस्तारित हुन पुग्नु र त्यसमा पनि हाम्रा नयाँ संश्लेषणहरुले देशभक्त शक्ति तथा ठूलो संख्यामा रहेको मध्यम वर्गलाई उत्साहित र पार्टीप्रति आकर्षण गर्न सक्नु हाम्रो पार्टी संगठनका लागि निकै ठूलो उपलब्धिका रुपमा संश्लेषित हुन पुगेको छ । कम्युनिष्ट पार्टी र त्यसमा पनि जनयुद्धको नेतृत्व गरेको पार्टीको मूल नेतृत्वमा पैदा भएको राजनैतिक–वैचारिक तथा संगठनात्मक विचलनको पृष्ठभूमिमा क्रान्तिकारी विचार–राजनीतिको रक्षा र निरन्तर क्रान्तिको लागि कम्युनिष्ट पार्टीको पुनर्गठन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा विरलै पाइने घटनाक्रमका रुपमा हामीले गरेको पार्टी पुनर्गठन दर्ज हुन पुगेकोछ ।

ग) पार्टी पुनर्गठन र केही संश्लेषणहरु– जनयुद्धका मुख्य नेताहरुमा देखापरेको राजनैतिक–वैचारिक तथा संगठनात्मक विचलनको पृष्ठभूमिमा सञ्चालन गरिएको अन्तरपार्टी संघर्षकै सिलसिलामा हामीले परम्परागत विचार, रणनीति–कार्यनीति तथा कार्यदिशाबाट नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने छलफल सञ्चालन गरेका थियौँ । ल्याटिन अमेरीकि मुलुक पेरुमा देखापरेको जनयुद्धको सेटव्यापक पछि विश्व्यापी रुपमा र नेपालमा पनि मालेमावादी विचार विकासको वारेमा छलफल वहसहरु सञ्चालन गरिएका थिए । तत्कालिन नेकपा माओवादीको चौथो विस्तारित बैठकपछि प्रचण्डले सर्वहारा क्रान्तिका दुई भिन्न कार्यदिशा–अल्पकालीन सशस्त्र विद्रोह र दीर्घकालीन जनयुद्धको फ्यूजनको कार्यदिशा अगाडि सारे । शान्ति प्रक्रियापछि विसं २०६४ मा काभ्रेको कामीडाँडामा सम्पन्न केसको बैठकद्वारा चार कार्यनीतिको एकीकृत स्वरुपका रुपमा–जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता र कुटनीतिक पहलका रुपमा कार्यदिशा विकासको प्रयत्न गरियो । पार्टी भित्र सञ्चालन गरिएको दुई लाइन संघर्षको उत्कर्षका बेला भक्तपुरको खरिपाटीमा सम्पन्न राष्ट्रिय भेलाले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा संश्लेषण गरयो तर पार्टीको संश्लेषित कार्यदिशालाई प्रयोगमा लैजाने कोसिस मूल नेतृत्वबाट कहिल्यै भएन । बरु पार्टीलाई संसद्वादीहरुको पुच्छर वनाउने कुरामा मूल नेतृत्वले निरन्तर जोडबल गरिरह्यो । कमरेड मोहन वैध किरणको नेतृत्वमा पार्टी पुनर्गठन पछि काठमाडौँमा सम्पन्न पहिलो राष्ट्रिय भेला तथा सातौँ महाधिवेशनबाट पार्टी कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह हुनु पर्ने सर्वसम्मत पारित गरियो तर त्यसको प्रयोग कसरी गर्ने, तयारीका पक्षहरु कसरी अगाडि बढाउने, वर्गसंघर्षको स्वरुप कस्तो बनाउने, पार्टी संगठनको सञ्चालन–परिचालन कसरी गर्ने आदि प्रश्नहरु मूल नेतृत्वबाट कहिल्यै स्पष्ट गर्ने कोसिस गरिएन । माथि नै चर्चा गरिसकिएको छ कि पार्टीमा एकथरि मानिसहरु प्रचण्डसँगको इबी साध्न काँग्रेससँग तालमेल गरेर सरकारमा सहभागी हुने चिन्तन–प्रवृत्ति र नियत हावी हुनुका कारण पार्टीले आफ्नो अगाडिको गन्तव्य स्पष्ट गर्न सकेन । दोश्रो संविधानसभा निर्वाचन वहिष्कारको कार्यक्रमबाहेक करिव दुई वर्षको अन्यौलपूर्ण र अकर्मण्यतापूर्ण अवस्थाका बीचबाट फेरि पार्टी पुनर्गठन गर्नुपर्ने अवस्था हाम्रो अगाडि उपस्थित हुन पुग्यो । कमरेड विप्लवको नेतृत्वमा दोश्रो पटक गरिएको पार्टी पुनर्गठन गरेपछि दाङको तुल्सीपुरमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलन र रोल्पाको थवाङमा सम्पन्न आठौँँ महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति संश्लेषण गरियो । धरान बैठकबाट कम्युनिष्ट पार्टी कम्युनिष्टहरुको संगठन हो भन्ने परिभाषा अगाडि सारियो । जसमा कम्युनिष्ट पार्टी सर्वहारा, किसान–मजदुर वर्गको प्रतिनिधि हुनुका साथै सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायभन्दा माथि उठेको पार्टीका रुपमा निर्माण गरिनु पर्ने अवधारणा विकास गरियो । साथै नयाँ संश्लेषण गरिएको कार्यदिशाको प्रयोगका लागि देशलाई चार रणनैतिक क्षेत्रका रुपमा–सामरिक महत्वका क्षेत्र, राणनैतिक महत्वका क्षेत्र, शहरी अर्थात् आर्थिक महत्वका क्षेत्र र पुराना आधार इलाकिय क्षेत्रका रुपमा वर्गीकृत गर्दै सोहीअनुसार पार्टी संगठनको निर्माण र परिचालन गर्नुपर्ने निष्कर्ष निकालियो । यसको प्रयोग र विकासका लागि राजनैतिक–वैचारिक रुपमा मालेमावादको विकासका रुपमा पार्टीको ऐतिहासिक आठौँँ महाधिवेशनले मालेमावादका तीन संघटक अङ्गको क्षेत्रमा केही संश्लेषणहरु अघि सारयो । जसअनुसार दर्शनमा–क–विकसित वस्तुको रक्षा, प्रयोग र विकास, ख–सजातियहरुबीचका विपरीतहरुको एकत्व, ग–भौतिक विज्ञानमा भएका विकासहरुको दार्शनिकीकरण । अर्थशास्त्रमा–क–दलाल पुँजीवाद र नेपाली जनताबीचको प्रधानअन्तरविरोध, ख–साम्राज्यवादको उत्तर साम्राज्यवादमा विकास, ग–कम्युनिष्ट अर्थप्रणाली । वैज्ञानिक समाजवाद–क–नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति, ख–एकीकृत जनक्रान्तिबाट स्थापना हुने सत्ता वैज्ञानिक समाजवाद, ग–कम्युनिष्ट पार्टी कम्युनिष्टहरुको संगठन । आठौँ महाधिवेशनबाट मालेमावादका तीन संघटक अङ्गमा गरिएको उपरोक्त संश्लेषणहरुलाई ऐतिहासिक नवौँ महाधिवेशनले एक स्टेप माथि उठाउँदै विकास गर्ने प्रयत्न गरेकोछ । जसअनुसार दर्शनमा–अनिश्चय, रक्षा र रुपान्तरण जसको सारतत्व–संसारका हरेक वस्तु अनिश्चयको घेरामा रहेका हुन्छन् । मानिस, प्रकृति र समाजका हरेक वस्तु गतिशिल र अनिश्चयपूर्ण वातावरणमा अगाडि वढिरहेका हुन्छन् । समाज विज्ञानमा पनि समाजवादी क्रान्ति पछि पनि प्रतिक्रान्तिको सम्भावना रहिरहेको हुन्छ वस्तुलाई एकचोटी वदलेपछि पुगिहाल्छ भन्ने सोचाई अभिधूतवादी हुन पुग्दछ । यसर्थमा बद्लिएको वस्तुलाई निरन्तर रक्षा र रुपान्तरण गरिरहनु पर्दछ भन्ने हो । अर्थशास्त्रमा–एकीकृत स्वामित्व जसको सारतत्व–वैज्ञानिक समाजवादी सत्तामा–जनताका आधारभूत आवश्यकता राज्यको दायित्व र अधिकतम समृद्धि निजीको हुने अर्थात् व्यक्तिका निजी क्षमता, सिर्जना, चाहना र आवश्यकतालई परिपूर्ति गर्दै मानव समाजलाई समानता, स्वतन्त्रता र समृद्धिमा आधारित सामुहिक स्वामित्वतिर लैजाने संक्रमणकालीन अर्थप्रणाली नै एकीकृत स्वामित्व हो । वैज्ञानिक समाजवादमा–एकीकृत निर्वाचन प्रणाली–यसको तात्पर्य आमजनतालाई राज्य सञ्चालनमा सहभागी गराउनका लागि वैज्ञानिक प्रणालीको विकास गर्ने, भूमण्डलीकृत पुँजीवादको निरंकुश सारतत्व र रुपमा देखापर्ने प्रजातन्त्रको देखावटी निर्वाचन प्रणालीलाई खारेज गर्ने र विगतमा समाजवादी सत्ता सञ्चालन गरिएका मुलुकहरुमा प्रयोग गरिएका प्रतिनिधिमार्फत्को निर्वाचन प्रणालीलाई पनि समाधान दिने नै एकीकृत निर्वाचन प्रणली हो । यो प्रणालीको प्रयोगले जनमत कुण्ठित हुने, वर्तमान भूमण्डलीकृत दुनियाँमा प्रयोग भइरहेको पुँजीको नियन्त्रणमा जाने निर्वाचन प्रणालीबाट जनतालाई मुक्त गर्ने एवं कम्युनिष्ट सत्ता याने कि वैज्ञानिक समाजवादी सत्ता र नेतृत्व कमजोर हुने समस्यालाई समाधान दिँदै वैज्ञानिक साजवादी सत्तामा आमजनता र सत्ता–सरकारको सजीव सम्वन्धलाई सुदृढ गर्न मद्दत गर्नेछ ।

घ) पार्टी पुनर्गठन दिवश–हाम्रा अभिभाराहरु– हरेक समाज, राष्ट्र र विश्वव्यापी रुपमा राजनैतिक पार्टीहरुको निर्माण, सञ्चालन र परिचालनको तात्पर्य विद्यमान समाजलाई वर्तमान अवस्थितिको तुलनामा अग्रगामी दिशातिर डो¥याउनु हो । मानव समाजले उपयोग–प्रयोग गरेर आएको आदिम साम्यवादी युग, दाश युग, सामन्ती युग र वर्तमान पुँजीवादी युग हरेकले संघर्षको माध्यामद्वारा पुरानोलाई पराजीत गर्दै आएका छन् । यो कुरा साचो हो कि हरेक सत्ताले आफ्नै गर्भबाट आपूmलाई पराजित गर्ने नवीनवर्गलाई जन्म दिइरहेको हुन्छ । त्यस सिलसिलामा निकै पेचिला सशस्त्र संघर्षहरु र शान्तिपूर्ण संघर्षहरुको निरन्तर माध्यामबाट समाजको रुपान्तरणसहित अघि वढिरहेको छ । इतिहासका खास–खास समय र मोडहरुमा समाजले शक्तिशाली व्यक्ति र शासकहरुको जन्म दिन्छ र उनीहरुलाई समयले नै दण्डित पनि गर्ने गर्दछ । इदि अमिन, मुसोलीनि, हिटलर, जार आदि जस्ता मान्छेहरु कुनै बेला विश्वमा आपूmलाई निकै शक्तिशाली ठान्ने व्यक्तिहरु अन्ततः जनताको अजेय शक्तिद्वारा पराजीत हुन पुगे । नेपालको राजनैतिक आन्दोलनको इतिहासमा बाइसे–चौविसे राज्यहरु, एकीकृत र केन्द्रिकृत शाहवंशिय राज्य व्यवस्था, १०४ वर्षको राणा शाषण, ३० वर्षे पञ्चायती व्यवस्थाका सञ्चालक व्यक्तिहरुले कहिल्यै पनि आपूmलाई कमजोर ठानेनन् वरु आफ्नो अगाडि कुनै पनि शक्ति टिक्न नसक्ने उद्घोष गर्दथे तर समय–क्रमले उनीहरुलाई विस्थापित गर्न पुग्यो । पछिल्लो पटक नेपालमा विसं २०४७ देखि हालसम्मका ३२ वर्षहरु संसदीय व्यवस्थाले नेपाली श्रमिक जनता माथि शासन गरिरहेको छ । यो व्यवस्था दुनियाँमा असफलसिद्ध भैसकेको छ । पुँजीपति वर्गको सेवा गर्ने यो व्यवस्थाले थोरै मानिसलाई धनी बनाउने र धेरै मानिसलाई गरिवी र पराधीन बनाउँदै लगिरहेको छ । हामीले वहुदलीय संसदीय व्यवस्थाको यस प्रकारको जनविरोधी चरित्रको प्रारम्भदेखिनै विरोध र भण्डाफोर गर्दै आइरहेका छौँ । यसका विरुद्ध जनयुद्ध र विभिन्न जनआन्दोलनहरु पनि सञ्चालन गरिए र अहिले पनि चलिरहेका छन् तर नेपालको राजनैतिक आन्दोलनमा एउटा अनौठो र संयोग यो रहेको छ कि विगतमा संसदीय व्यवस्थाको विरुद्धमा सशस्त्र संघर्षको नेतृत्व गरेका केही नेताहरु नै वर्तमान अवस्थामा संसदीय व्यवस्थाको रक्षा गर्न जोरजुलुमका साथ लागि परेका छन् । हामी क्रान्तिकारीहरुले भने यसका विरुद्ध निरन्तर संघर्ष गर्दै अगाडि बढिरहेका छौ । हामी इतिहासले प्रमाणित गरेको, समाज विज्ञानले व्यवहारत प्रयोगसिद्ध गरेको तथ्यलाई आत्मसात गर्दै दृढतापूर्वक नेपालको वर्तमान दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने महाअभियानमा अगाडि वढिरहेका छौँ । हामी विश्वस्त छौँ कि वर्तमान दलाल संसदीय पुँजीवादी विश्व व्यवस्थाको अन्त्य हुनेछ र विश्वव्यापी रुपमा समानता र समृद्धिमा आधारित वैज्ञानिक समाजवादी व्यवस्थाको निःशर्त रुपमा स्थापना हुनेछ । समाज विज्ञानको यो नियमलाई पछ्याउदै हामी सचेत प्रयत्नका साथ हाम्रो विचार, राजनीति, रणनीति–कार्यनीति र कार्यक्रमहरुलाई अगाडि बढाइरहेका छौँ । यो कुरामा हामी विश्वस्त र दृढ छौँ कि मालेमावादी विज्ञानको मार्गनिर्देशनमा विकास गरिएको एकीकृत जनक्रान्तिको कार्यदिशा र भर्खरै सम्पन्न नवौँ महाधिवेशनको दर्शन, राजनैतिक–वैचारिक मार्ग निर्देशनमा ढिलो या चाँडो नेपाल र विश्वव्यापी रुपमा वैज्ञानिक समाजवाद–साम्यवाद स्थापना भइछाडनेछ । नवौँ पार्टी पुनर्गठन दिवस मनाउनुको तात्पर्य नेपालमा आफ्नो स्थापना कालदेखि यता चलिरहेको जनताको वास्तविक सत्ता स्थापना गर्ने संघर्षका दौरानमा शहदात प्राप्त गर्ने महान् सहिद तथा बेपत्ताहरुको सम्मान गर्नु, पार्टी संगठनलाई मालेमावादको वैचारिक हतियारले लेश बनाउँदै जनवादी–केन्द्रियताको संगठनात्मक सिद्धान्तबाट अनुशासित र सुसंगत गर्नु, ऐतिहासिक नवौँ महाधिवेशनद्वारा संश्लेषित विचार–राजनीति र कार्यदिशाको मार्गनिर्देशनमा पार्टीलाई जनतासँग एकाकार तुल्याउनु, सबै खाले संशोधनवाद तथा अवसरवादका विरुद्ध राजनैतिक–वैचारिक रुपले विजय हासिल गर्नु र नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नुमा अन्तरनिहित रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु