नेपाल कम्युनिस्ट पार्टीको आग्रहलाई नजरअन्दाज नगर

२०७९ मंसिर १८ गते, आईतवार

यतिबेला संघ र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम लगभग सकिएको छ । हालै सम्पन्न भएको संघ र प्रदेश सभाको निर्वाचनले संसदीय व्यवस्था, संसद्वादी दल र नेताप्रति जनताको चरम वितृष्णा रहेको प्रमाणित गरेको छ । अब देश र जनाताको मुक्ति संसदीय ब्यवस्थाबाट सम्भब छैन, व्यक्ति बदलेर देश र जनताको मुक्ति सम्भब छैन, यसको लागि व्यवस्था नै बदल्नु पर्छ भन्ने निष्कर्षमा आमनागरिक पुगी सकेको यस निर्वाचनमा जनताले गरेको उपेक्षाबाट पुष्टि हुन्छ । यस्तो अवस्थामा देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट पार लगाउन आमक्रान्तिकारी राजानितिक दल, नेतालगायत आमस्वाभिमानी नेपाली जनता एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । अब पनि संसदीय व्यवस्था, संसद्वादी दल र नेताहरुलाई लगाम नलगाउने हो भने देश धराशयी हुने निश्चित छ । किनकि संघ र प्रदेशसभाको निर्वाचन सम्पन्न हुन पाएको छैन देशी बिदेशी दलाल र प्रतिक्रियावादी शक्ति कसरी आफ्नो अनुकुलको सरकार गठन गर्ने र नेपालमा आफ्नो लुटको स्वर्ग कायम राख्ने भनेर कम्मर कसेर लागेका छन् । यहीबीचमा एमसिसिले आफ्नो कार्य अगाडि बढाइसकेको छ भने अब सरकार गठन भएपछि एसपीपी र नागरिकता विधयेक पारित हुने र देश बिदेशी शक्तिको रणमैदान हुने निश्चित छ । यस्तो अवस्थामा रास्ट्र, राष्ट्रियतालाई केन्द्रमा राखेर राजनीति गर्ने आमराजनीतिक दल, नेता, देशभक्त शक्क्ति र आमस्वाभिमानी नागरिक एकजुट भएर अगाडि बढ्नु अनिवार्य भएको छ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक भिडियो सन्देशमार्फत् सबै कम्युनिष्टलाई आ–आफ्नो कमजोरी सच्याएर एक हुन आव्हान गरेका छन् । महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बेला आएको भन्दै अझै पनि संसदबाट केही गर्न सकिन्छ कि भन्ने भ्रम मात्रै रहेको बताएका छन् । उनले भनेका छन्– ‘हामी कम्युनिष्टहरु एक हुन जरुरी छ । झापा विद्रोहदेखि जनयुद्धबाट यहाँसम्म आइपुग्न क्रान्ति र परिवर्तनको पक्षमा लडेका सबै कम्युनिष्ट समर्थकहरु एक हुनुपर्छ । ‘हामीले कमीकमजोरी सच्चाउने बेला आएको छ । हामी भ्रमित हुँदा देशले ठूलो क्षति व्यहोरेको छ । यही संसदीय प्रणालीमार्फत्् संसदबाट सरकार बनाएर केही गर्न सकिन्छ कि भन्ने भ्रामक चेत बोक्नुको कारण हामीले पछुताउनुपर्ने स्थिति आउँछ । महासचिव विप्लवको यो आग्रह समय सान्दर्भिक अनि राष्ट्र र जनताको लागि अत्यावश्यक विषय हो । यसर्थ महासचिव विप्लवले गरेको आग्रहलाई नेपालका सम्पूर्ण क्रान्तिकारी राजनीतिक दल, नेता र रास्ट्रभक्तलगायत आमस्वाभिमानी जनताले मनन् गर्नु आवश्यक छ । किनकि यति बेला संसदीय व्यवस्था, संसद्वादी दल र नेताका कारण लोकतन्त्रको धज्जी उडेको छ । देशमा वैदेशिक हस्तक्षेप, महँगी, भ्रष्टाचार र अनियमितताले सीमा नाघेको छ भने विकास निर्माणका कार्य ठप्प भएका छन् । संसद् दलीय र नेतालाई फाइदा लिने अखडा भएको छ । कार्यपालिका, न्यायपालिका भ्रष्टाचारको अखडा बनेको छ । भ्रष्टाचार, अनियमितता, कालोबजारी, महँगीले सीमा नाघेको छ भने प्रहरी प्रशासन बेलगाम भएका छन् । जनचासोका विषयलाई सम्बोधन गर्नेभन्दा मजाकमा उडाउने कार्य भइरहेका छन् । यी सबै घटनाले सरकार, संसद्वादी दल र नेता मात्र नभई समग्र संसदीय व्यवस्था नै असफल भएको प्रमाणित गरेको छ भने संसदीय व्यवस्थाका कारण देश र जनता धराशयी हुने अवस्थामा पुगी सकेको छ । यस्तो अवस्थामा देश र जनतालाई वर्तमान संकटग्रस्त अवस्थाबाट पार लगाउन तमाम क्रान्तिकारीहरु एकजुट हुनुको विकल्प छैन । यसका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गरेको आग्रहलाई तमाम क्रान्तिकारी राजनीतिक दल र नेताहरुले आत्मसात गर्न अनिवार्य छ । अन्यथा देश संकटको भुमरीमा फस्ने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु