‘द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद’ कृति बजारमा

२०७९ मंसिर १६ गते, शुक्रबार


काठमाडौं । वरिष्ठ माक्र्सवादी लेखक एवम् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा लिखित ” द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ” नामक दार्शनिक कृति काठमाडौं बागबजार स्थित भुँडीपुरान प्राकशन प्रा. लि. हालै प्रकाशित गरेर बजारमा ल्याएको छ । केसीद्वारा लिखित यस दार्शनिक कृति द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद गरी दुई खण्डमा विभाजन गरिएको छ । ३०३ पृष्ठ भित्र ती दुबै खण्डमा रहेका समग्र विषय समेटिएका छन् ।
खण्ड एक – मा : दर्शनको परिभाषा , दर्शनको उत्पत्ति र विकास , दर्शनको ऐतिहासिक विकासको प्रक्रिया , दर्शनशास्त्रको मौलिक प्रश्न , दर्शनशास्त्रको स्वरूप , दार्शनिक पक्षधरता , दर्शनशास्त्रको पध्दति र दार्शनिक सिध्दान्त , माक्र्सवादको जन्म र विकास , माक्र्सवादका तीन श्र‍ोत र तीन संघकट अंग , दर्शनशास्त्रको क्षेत्रमा माक्र्सवादले गरेको क्रान्ति , माक्र्स भन्दा पूर्वका महान् विचारकहरु , द्वन्द्वात्मक भौतिकवादका सन्देशमा , द्वन्द्वात्मक भौतिकवादका आधारभूत सिध्दान्त तथा नियम, भौतिकवाद र आदर्शवादबीच भिन्नता , द्वन्द्ववाद र अधिभूतवादबीच भिन्नता , अन्तर्विरोधका नियम , द्वन्द्ववादका प्रवर्गहरु , माक्र्सवादी ज्ञान – सिध्दान्त आदि विषयहरु समेटिएका छन् ।
खण्ड दुई – मा: ऐतिहासिक भौतिकवाद , ऐतिहासिक भौतिकवादको परिचय , ऐतिहासिक भौतिकवादको परिभाषा र क्षेत्र , कार्ल माक्र्सको देन : ऐतिहासिक भौतिकवाद , ऐतिहासिक भौतिकवाद : समाज विकासका रुपमा , वर्गको उत्पत्ति र वर्गसंघर्ष , राज्यको उत्पत्ति , समाज विकासका क्रमहरु , उत्पादन पध्दति , उत्पादनका साधन र उत्पादनका शक्ति : समाज परिवर्तनका साधन , श्रमजीवी जनता मात्र इतिहासका सच्चा निर्माता , इतिहासमा नेताहरुको भूमिका , माक्र्सवादी दर्शन र सर्वहारा वर्गीय पार्टी जीवन , मुक्तिको निम्ति मानव जातिले पार गरेका।लाखौं वर्षहरु , माक्र्सवादी – लेनिनवादी – माओवादी पार्टी मात्र भीषण वर्गसंघर्षको संगठन कर्ता र नेता , साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन , मालेमावादी दर्शनको ऐतिहासिक कार्यभार : वैज्ञानिक साम्यवाद निर्माणकको सुन्दर सपना आदि विषयहरु समेटिएका छन् ।
माक्र्सवादी चिन्तक तथा लेखक हस्तबहादुर केसीद्वारा लिखित यो गहन दार्शनिक कृति माक्र्सवादी दर्शनको अध्ययनमा चासो राख्नेहरुका लागि पठनीय र संग्रहनीय रहेको छ ।
भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त पुस्तकको दोस्रो संस्करणको प्रकाशकीयमा भनिएको छ – ‘माक्र्सवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त र क्रान्तिको विज्ञान हो । संसारलाई बुझ्ने , व्याख्या गर्ने र बदल्ने विश्व – दृष्टिकोणलाई नै माक्र्सवाद भनिन्छ । संसारमा धेरै प्रकारका दर्शन छन् । विशेषगरी दर्शन दुई प्रकारका छन् – भौतिकवादी दर्शन र आदर्शवादी ( अध्यात्मवादी ) दर्शन ।
कार्ल माक्र्स ( १८१८ – २८८३ ) र फ्रेडिक एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भएको हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । दर्शनका क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिक वाद , राजनीतिक अर्थशास्त्रका क्षेत्रमा अतिरिक्त मूल्यको सिध्दान्त , वैज्ञानिक समाजवादका क्षेत्रमा वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका र राज्यप्रणालीका क्षेत्रमा वैज्ञानिक समाजवाद र साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुने ।
माक्र्सको निर्माण दर्शन र राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको संश्लेषणबाट भएको छ । दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद यी तीनवटै तत्वलाई माक्र्सवादका तीन संघटक अंग भनिन्छ । माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । माक्र्सवादी दर्शनको सिध्दान्त भौतिकवाद हो ।
माक्र्सवादी दर्शनले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । अझै अगाडि गएर भन्न सकिन्छ कि माक्र्सवादले चेतनालाई वस्तुजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य कताउँछ । हरेक वस्तुको आ – आफ्नै पध्दति हुन्छ र त्यही पत्दतिका आधारमा वस्तुको विकास र परिचालन हुन्छ । माक्र्सवादी दर्शनको पनि आफ्नै वैज्ञानिक पध्दति छ ,त्यो हो द्वन्द्ववादी पध्दति ।
यिनै दार्शनिक मान्यताहरु समेटिएको स्थापित माक्र्सवादी लेखक / चिन्तक हस्तबहादुर केसीद्वारा लिखित ” द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ” नामक एक दार्शनिक कृति हाम्रो हातमा परेको छ र हामी यस कृतिलाई दोस्रो संस्करणका रुपमा प्रकाशित गर्न गइरहेका छौ ।
यो भन्दा पहिले लेखक केसीका द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबारे ( २०५९) , माक्र्सवादका आधारभूत सिध्दान्तहरु ( २०६३ ) , नेपालमा राजतन्त्रको अन्त्य किन ? ( २०६४), माक्र्सवादी दर्शनको रुपरेखा ( २०६७ ) , एमालेको दक्षिणपन्थी संशोधनवादमा पतन ( २०६७ ) , सिस्ने र जलजला हिमालको काखमा जन्मिएको माओवादी जनसत्ता ( २०६९ ) , क्रान्ति र विद्रोह ( २०७० ) , माक्र्सवाद: विकासको इतिहास ( २०७७) र माओ त्सेतुङका प्रमुख लेखहरु – संकलन / सम्पादन ( २०७७) गरी नौ वटाजति पुस्तकहरु पहिले नै प्रकाशित भइसकेका छन् ।
केसीद्वारा लिखित यस पुस्तकको प्रशासनले नेपाली समाजको रुपान्तरण गरेर नयाँ नेपाल निर्माण गर्ने महान् यात्रामा कोसेढुङ्गा सावित हुनेछ छ भन्ने विश्वास लिएका छौं । यस गहन दार्शनिक कृतिलाई दोस्रो संस्करणका निम्ति हामीलाई जिम्मा दिनुहुने स्थापित माक्र्सवादी लेखक केसीलाई धेरै धेरै धन्यवाद र लेखक केसीले भावी दिनहरूमा यस्तै प्रकारका दार्शनिक एवम् राजनीतिक पुस्तकहरु प्रकाशनका निम्ति हामीलाई उपलब्ध गराउनु हुनेछ भन्ने अपेक्षा राख्दछौं । ‘

प्रतिक्रियाहरु