नेकपा दाङले राष्ट्रियता , जनजिविका सवालमा आन्दोलन चर्काउने

२०७९ मंसिर १४ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङको चौथो पुर्ण बैठकले राजनीतिक , वैचारिक प्रशिक्षण कार्यक्रम गर्ने , जवस/मोर्चाका पालिका र जिल्ला भेलाहरु गर्ने , जिल्लामा स्कुलिङ संचालन गर्ने , राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध कोणसभा , बिरोध सभा ,जुलुस सहित प्रदर्शन तथा प्रतिरोध संघर्ष गर्ने , राष्ट्रियता , जनजिविका जनसवालका बारेमा आन्दोलन गर्ने , भ्रष्टाचार , मिटरव्याजी , कालोबजारी , तस्करी ,नदिजन्य पदार्थको अवैध उत्खनन विरुद्ध संघर्ष गर्नेनिर्णय गरेको छ । उक्त बैठकले डिसेम्बर १० मा माओ दिवस भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ ।
यसैगरी , उक्त बैठकले नेपाल कम्युनिस्ट पार्टी दाङको सेक्रेटरीमा जनक सीलाइ निर्वाचित गरेको छ । मंसिर १२ र २३ गते घोराहीमा दुइदिनसम्म चलेको बैठकमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले नेता जनकलाइ जिल्ला सेक्रेटरी निर्वाचित गर्न गरेको प्रस्तावलाई हलबाट एकमतले पास भएको थियो । यस्तै नेकपाको चौथो पुर्ण बैठकले जिल्लाभरीका पालिका कमिटीका नेताहरुको कार्यक्षेत्र समेत हेरफेर गरेको छ । सो पार्टीले बबई गाउपालिकाको इन्चार्जमा सुधार सी , सेक्रेटरीमा रण बहादुर सीलाई जिम्मेवारी प्रदान गरेको छ भने शान्तिनगर-दंगिशरण गाउँपालिकाको इन्चार्जमा सुधार सी , सेक्रेटरीमा प्रेम सी , तुलसीपुर उपमहानगरकमिटीको इन्चार्जमा भुवन सी र सेक्रेटरीमा शिव सी , घोराही उपमहानगर कमिटीको इन्चार्जमा महान सी र सेक्रेटरीमा दान बहादुर सी , बंगलाचुली गाउँकमिटीको इन्चार्जमा भिम सी र सेक्रेटरीमा बल बहादुर सी , लमही उपमहानगर कमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा पुर्ण सी , राप्ती गाउँकमिटीको इन्चार्जमा उज्ज्वल सी र सेक्रेटरीमा अदिप सी , गढवा गाउँकमिटी इन्चार्ज यज्ञ सी , सेक्रेटरीमा पदम सी , राजपुर गाउँकमिटीको इन्चार्ज उज्ज्वल सी , सेक्रेटरीमा शुर्य सीलाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।
यस्तै नेकपा दाङको चौथो पुर्ण बैठकले विभिन्न बिभागहरु समेत गठन गरेको छ । बैठकले स्कुलिङ बिभाग प्रमुख रुद्र सी , उत्पादन बिभाग प्रमुख धर्ती सी , जवस /मोर्चा संयोजन इन्चार्ज रुद्र सी , आर्थिक बिभाग प्रमुख जनक सी , जनपरीषद प्रमुख मंगल सी , न्याय बिभाग प्रमुख धर्ती सी , सांस्कृतिक टिम प्रमुख दिनेश सी , प्रकाशन तथा सुचना/संचार बिभाग प्रमुख राजु सी , जनसेवक प्रमुख प्रतिरोध सीलाई जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै बैठकले जिल्ला कमिटीमा ४ जना थप गरेको छ । बैठकले हरी सी , दिनेश सी , दिल बहादुर सी , पदम सीलाई जिल्ला कमिटी मनोनीत गरिएको थियो ।
नेकपाका केन्द्रीय सदस्य एवम दाङका सेक्रेटरी प्रदिपको अध्यक्षतामा बसेको बैठकमा पार्टीका पोलिट्ब्युरो सदस्य शितल सी , केन्द्रीय सदस्यहरु सम्झना सी , बिक्रम सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य निर्मल सी , विकाश सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , केन्द्रीय सदस्य संजय सी , राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य नर बहादुर सी , अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक बिज्ञान सी लगाएतको आतिथ्य रहेको थियो ।
चौथो पुर्ण बैठकमा पार्टीका पोलिट्ब्युरो सदस्य तथा बैठकका प्रमुख अतिथि शितल सीले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए ।
बैठकमा नवनिर्वाचित सेक्रेटरी जनक सीलाइ बैठकका प्रमख अतिथि , अतिथिहरु र सहभागी जिल्ला कमिटीका सदस्यहरुले टीका लगाएर बधाई ज्ञापन गरेका थिए भने पुर्व सेक्रेटरी प्रदिप सीले माइन्युट हस्तान्तरण गरेर जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु