‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ सम्पन्न

२०७९ मंसिर ९ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘नवौं पार्टी पुनर्गठन दिवस’ देशव्यापीरुपमा भव्यताका साथ मनाएको छ । उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापीरुपमा ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाएको हो । २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।


यसैक्रममा , नेपाल कम्युनिस्ट पार्टी उपत्यकाका तीन जिल्लाले एकै ठाउँमा वैचारिक स्कुलिङसहितको विशेष कार्यक्रम गरि नवौं पार्टी पुनर्गठन दिवस मनाए । काठमाडौँको युनिग्लोबल कलेजको सेमिनार हलमा वैचारिक स्कुलिङ सहितको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य माइला लामाले संसदीय व्यवस्थालाई यो चुनावले उदाङ्गो पारेको बताए । उनले यो दलाल संसदीय व्यवस्था भित्रको चुनावले देश र जनताको निकास नदिने बताउँदै यसको विकल्प एक मात्र जनताको व्यवस्था वैज्ञानिक समाजवाद भएको बताए । पार्टी पुनर्गठनको दिनलाई सम्झँदै उनले आजको दिन क्रान्तिकारी योद्धाहरूको लागि ऐतिहासिक खुसीको दिन रहेको समेत बताए । आफ्नो पार्टी जनताको मुक्तिका लागि नयाँ विकल्पसहित अगाडि बढेको बताउँदै यो अभियानमा अठोटका साथ लाग्नुपर्ने छ, सबैमा यो पुनर्गठन दिवसको शुभकामना उनले भने ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेपालका तिन करोड जनता मध्ये भोट हाल्न पाउँने उमेर समूहको तथ्याङ्क मात्रै राख्ने हो भने करीब ४० प्रतिशतले मात्रै अहिलेको चुनावमा भाग लिएको बताए । राजनीतिको अन्तराष्ट्रिय सिद्धान्त अनुसार पनि , संसदीय पद्धति होस्, या समाजवादी पद्धति होस् बहुमतको शासन हुन्छ, अल्पमतको हुँदैन र यो संसदीय चुनावमा जनताको न्यून सहभागितामा पनि नेपालका शासकले जनताका शासित गरिरहेको बताए । स्वास्थ्य, शिक्षा सम्पुर्ण जनताका लागि निःशुल्क हुनुपर्छ भन्ने संविधानमा लेखिएको छ । तर कार्यान्वयन कतै भएको पाइँदैन उल्टै शिक्षा, स्वास्थ्यमा सबै भन्दा बढी व्यापारी करण भएको उनको भनाइ थियो । उनले भने , “ सबैले निःशुल्क स्वास्थ्य ,शिक्षा पाओस् अदालत सत्य र निष्पक्ष होस् , विकाश होस् तर भ्रष्टाचारले प्रश्रय नपाओस्,बैदेशिक हस्तक्षेप नहोस् र भरपूर ऊर्जा सहित विशाल सम्भावना बोकेको पार्टी नेकपाको नवौं पुनर्गठन दिवसको सबैलाई सुभकामना छ ।”
उक्त अथितिका रूपमा सहभागी श्रमिक मुक्ति मोर्चाका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य रामलाल सि ले एक आपसको खिचातानीले नेपाली क्रान्ति सङ्कटमा रहेको बताए । यो संकटलाई समाधान दिनका लागि आफ्नो पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिलाई लागू गर्नु पर्ने र नवौं महाधिवेशनले हामीलाइ सुम्पेको जिम्मेवारी पूरा गर्नु पर्ने उनले बताए । अहिलेको चुनावमा विजयी भएका स्वतन्त्र उम्मेदवार तथा नयाँ पार्टीहरुले पनि समाधान भन्दा पनि झन् संकट निम्त्याउने छ यिनीहरूले देश र जनताको हितमा काम नगर्ने बताउँदै यी सबै संकटको निकास भनेको हाम्रो कार्यदिशा एकीकृत जनक्रान्ति अर्थात् बैज्ञानिक समाजवाद ले गर्नेछ , नेता रामलालले भने ।
उनले आफ्नो पार्टीले थुप्रै बाह्य र आन्तरिक चुनौतीहरू पार गर्दै नयाँ विचारसहितको क्रान्ति विचार निर्माण भएको आज नवौं बर्षमा प्रवेश गरेको बताउँदै पुनर्गठन दिवसको शुभकामना दिएका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा केन्दीय सल्लाहकार दीर्घ सीले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । ९ वटा मैनबत्ती बालेलगत्तै प्रमुख अतिथि र अतिथि र सहभागीहरुबीच अविर लगाएर हर्षउल्लाहस मनाइएको थिए । कार्यक्रमको अध्यक्षता काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायण सीको रहेको थियो भने उपस्थित प्रमुख अतिथि, अतिथि र उपस्थित सम्पूर्णलाई नेकपा भक्तपुर सेक्रेटरी देव सीले स्वागत गरेका थिए ।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुको आयोजनामा जिल्लाको तीन ठाउँमा पार्टीको ९ औं पुनर्गठन दिवसको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रमसँगै पार्टी सदस्य सम्मको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पश्चिम क्षेत्रको कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय शिवगढी, पुर्वी क्षेत्रको कार्यक्रम चार नम्बर बाणगंगा सम्पन्न भएको छ ।
मध्य क्षेत्रको कार्यक्रम अध्यक्षता नगर सेक्रेटरी पाबेल सि, प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य सुशील सि, अतिथिहरु केन्द्रीय सदस्य सुनिल सि, ममता सि उपस्थितिमा सम्पन्न भएको छ।
पश्चिम क्षेत्रको कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य बिजय सी रहेका थिए । अन्य अतिथिहरु केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जुझारू सी, पार्टीका वैकल्पिक केन्द्रीय सदस्यहरु सुदर्शन सी र रेडिएम सी रहेका थिए । साथै पुर्वी क्षेत्रको कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्यूरो सदस्य संजिव सी र कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी कमल सी गरेका थिए । त्यस्तै मध्य क्षेत्रको कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य सुशील सी, अन्य अतिथिहरुमा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य सुनिल सी, अ.ने.म. संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य ममता सी रहेका थिए ।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टी पुर्नगठन भएको नवाैं वर्षको अवसरमा सल्यानमा एक बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी, सल्यान जिल्ला समितिकाे आयोजनामा साे विशेष कार्यक्रम भएको हाे । जिल्लाकाे छत्रेश्वरी गाउँ पालिकाकाे झिम्पेमा सम्पन्न भएको पार्टीकाे नवाैं पुनर्गठन दिवसका अवसरमा आयाेजित साे विशेष कार्यक्रममा प्रमुख वक्ताकाे रुपमा कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय सदस्य सविन सीले नेपालमा राष्ट्रघात गर्न र देशबेच्न विभिन्न रुप र रङ्गका पात्र र मानिस आइरहेको बताए । विभिन्न रुप र रङ्गका मानिस र पात्रहरुबाट देशमा पटक पटक राष्ट्रघात भएको भन्दै उनले भने , ‘हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनबाट शंख घण्ट बजाउदै केही नयाँ खालका दलाल र विदेशी एजेण्टहरु देखा परेका छन्, यिनिहरुले देशमा थप राष्ट्रघात गर्नेछन्।’
साे दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनमा विजयी भयाैं भनेर कसै कसैले जिल्लाभित्र गर्न लागेको विजय जुलुस खासमा जनताको विजय जुलुस नभएर साे व्यवस्था अन्त्य हुदै गरेकाे जुलुस भन्दै उनले अगाडि भने , ‘अहिले कसैले विजयी भयाैं भनेर जुलुस निकाल्दै हाेलान् तर त्यो जुलुस संसदीय व्यवस्थाकाे मलामी जुलुस हाे।’
पार्टीद्वारा आयोजित साे बिशेष कार्यक्रममा सम्बाेधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम सीले नेपालकाे विकास र उन्नतिका लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको बताए । उनले भने , ‘नेपाली माटो सुहाउँदो वैज्ञानिक समाजवादी व्यवस्थाबाट मात्रै याे देशको विकास सम्भव छ।’
कार्यक्रम बाेल्ने बक्ताहरुले हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे आवधिक निर्वाचनमा पार्टीको राजनीतिक आव्हानमा नेपालकाे इतिहासमै सबैभन्दा कम जनसहभागिता भएर जनताको मनबाट साे कथित निर्वाचन खारेज भएको बताए । पार्टीले संचालन गरेकाे ‘दलाल पुँजिवादी संसदीय निर्वाचन खारेज तथा जनजागरण अभियान’काे राजनीतिक प्रभावकाे कारण कर्णाली प्रदेशमा सबैभन्दा कम जनसहभागिता सल्यानमा भएर वास्तविक जनताको मनबाट साे दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचन मात्रै हाेइन स्वयं दलाल पुँजिवादी संसदीय व्यवस्था नै खारेज भएको कार्यक्रममा बाेल्ले बक्ताहरुले बताए ।
कार्यक्रममा २०५८ साल मंसिर ८ गते जनमुक्ति सेना घाेषणा भएको दिन देश र जनताको लागि जनयुद्धमा लड्दा लड्दै विरगति प्राप्त गरेका महान् सहिद खिम बहादुर बुढा ‘विजय’ र अरु सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिद कमरेड विजयकाे तस्बिरमा माला पहिर्याएर अबिर आवरण गरिएको थियो ।
पार्टी पुनर्गठन दिवसकाे अवसरमा आयोजित साे बिशेष कार्यक्रममा सहभागीहरुबिच एकाअर्कालाई अबिर आवरण गरिएको थियो भने कार्यक्रममा उत्साहित रुपमा सहभागी जनता तथा युवाहरु नाचगान गरेर रमाएका थिए। कार्यक्रममा जिल्लाका विभिन्न सहिद परिवार तथा आफन्तहरुकाे सहभागीता रहेको थियो ।
पार्टी पुनर्गठनकाे अवसरमा आयाेजित साे बिशेष कार्यक्रम पार्टीका जिल्ला सचिव कमरेड मदन सीकाे अध्यक्षतामा भएको थियो । कार्यक्रमकाे संचालन जिल्लाका सचिवालय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कमरेड प्रकाश सीले गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई शेरबहादुर सीले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए ।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्यताका साथ मनाएको छ । नेकपाले दाङका मुख्य शहर घोराही, तुलसीपुर, लमही लगायतका ठाउँका मुख्य चोकहरुमा कोणसभा गरेको छ । कोणसभालाई नेकपाका नेताहरुले सम्बोधन गरेका थिए।
पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा टीका आवरण, शुभकामना आदानप्रदान, राजनैतिक/वैचारिक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको जनाएको छ ।
यस्तै नेकपाले लमहीमा भव्य प्रदर्शनसहित कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले चिहानमा पुगिसकेको संसदीय व्यवस्थालाई टिकाउन संसदवादी दलहरुले चुनाव मार्फत ५ वर्षको देश लुट्ने लाइसेन्स नविकरण गरिरहेको बताए । नेता प्रदिपले भने,– ‘यो व्यवस्था पुर्णरुपले असफल भइसकेको छ तर संसदवादी दलहरुले चुनावमार्फत प्रत्येक ५/५ वर्षमा यसको नविकरण गर्ने गरेका छन् । हामी भन्छौं संसदीय व्यवस्थाले अहिलेको संकटको निकास दिदैन बरु झन् जटिल मोडमा लैजान्छ त्यसैले अब सबैखाले संकटको समाधान दिन वैज्ञानिक समाजवादी राज्यव्यवस्था प्राप्तिका लागि जुटौं ।’
कोणसभा कार्यक्रमको सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनक सीले गरेका थिए । यस्तै सो पार्टीले पार्टी पुनर्गठन दिवसको अवसरमा दाङका मुख्य सहरमा आजै साझ दिप प्रज्वलन समेत गरेको छ । पार्टीले घोराही , तुलसीपुर , लमहि , भालुबाङ लगाएतका ठाउँमा दिप प्रज्वलन गरेको जनाएको छ ।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टी इलामले पार्टी नवौं पुनर्गठन दिवस धुमधामका साथ मनाएको छ । बिहिबार बिहानैदेखि विभिन्न कार्यक्रम गर्दै सुरु भएको दिवश साँझ इलामको मुख्य चोक बजारमा दिप प्रज्वलन पछि कोण सभा गर्दै समापन गरेको थियो । सो पार्टीले बिहान पार्टी पुनर्गठन दिवश भव्यतापुर्वक मनाऔं भन्ने नारा लेखिएको ब्यानर बजारमा टांगेको थियो । दिंउसो प्रशिक्षण कार्यक्रम र शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो भने सांझ दिप प्रज्वल गरेको थियो । शुभकामना आदानप्रदान र प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंह सि प्रमुख अथिति थिए । उनले प्रशिक्षणमा देशको बदलिदो राजनितिक स्थिती, चुनाव खारेज अभियान, पार्टी माथिको दमन, आगामी संभावना र पार्टिले आगामी दिनमा खेल्नु पर्ने भुमिकाको विषयमा भनाई राखेका थिए । उनले अमेरिकीहरु नयाँ अनुहार मार्फत सत्ताको चाबी आफ्नै हातमा राख्न उद्धत भएको बताए । उनले एमसिसी, एसपिपी जस्ता रास्ट्रघाती कदमहरु कार्यन्वयन गर्न र यो देशलाई युक्रेन पथमा धकेल्न संसदिय राजनीतिमा उदाउन खोजेका नयाँ अनुहारहरुलाई प्रयोग गरेर साम्राज्यवाद आएको बताए । उनले सचेत हुनेबेला आएको बताउँदै, आफ्नो पार्टीले धेरै ठूलो भुमिका खेल्नु पर्ने समय आएको बताए । सुमनसिंह सिले इलामको चोक बजारमा गर्जिंदै भने, ‘मुख्य बहस यतिबेला यो लुटेरा ब्यवस्था कि बैज्ञानिक समाजवाद यहाँ हुनु पर्ने हो, तर दलालहरुले मुख्य बहसलाई ओझेलमा पारेर घण्टि बजाउन थाले ।’
उनले अहिले जनताको बिद्रोही चेतलाई, परिवर्तनको आकांक्षालाई मोड्न अमेरिकाले न्वारान देखिको बल लगाईरहेको र पार्टी माथी ईलाममा दमन गर्न खोजिएको बताए। उनले प्रशासनलाई चेतावनी दिदै भने, ‘हामी माथिको दमन कसको उक्साहटमा हो ?’
जनताको आवाज दबाउन पत्रकार समेत लागेको बताउंदै पत्रकार देशद्रोही हरुको मतियार बन्ने कुरा राम्रो नभएको बताए । सिंहले जनताको कठघारामा सत्य र असत्यको फैसला हुने बताउँदै आफुहरु माथी दमन गर्ने सपना नदेख्न खुल्ला चुनौती दिएका छन् ।
कार्यक्रमको अधक्षता पार्टीका जिल्ला सचिव अविनाशले गरेका थिए । प्रशिक्षण कार्यक्रमको संचालन मदन सि ले गरेका थिए भने दिप प्रज्वलनमा हुकुम सि ले संचालन गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा पार्टिका जिल्ला सदस्यहरु बिनोद सि, गोपि सि, हुकुम सि र नवराज सि ले शुभकामना मन्तव्य राखेका थिए । नेकपा ईलामले पार्टिका महासचिव , सचिबालय, सिंगो केन्द्रिय समिती, देशै भरिको पार्टी पंक्ती , देश बिदेशमा रहनु भएका न्यायप्रेमी जनसमुदाय र सबै जनतालाई नवौं पुनर्गठन दिवशको शुभकामना दिंदै क्रान्ती पूरा गरिछाड्ने संकल्प गरेको छ ।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि नवौं पार्टी पुनर्गठन दिवस मनाएको छ । कार्यक्रमकै बिचमा मनहरी-४ का युवाहरुले पार्टी प्रवेश पनि गरेका थिए । प्रचण्ड नेतृत्वको माओवादी पार्टी संसदीय भासमा फसेपछि २०६९ मा मोहनवैद्य किरणको नेतृत्वमा पार्टी पुनर्गठन गर्दै अघि बढेको थियो । लगत्तै किरणले पनि पार्टीलाई सहि दिशामा लैजान नसक्ने भएपछि २०५७ साल मंसिर ८ गतेको जनमुक्ति सेना दिवसको अवसर पारी नेकपाको बाँकी कार्यभार पूरा गर्ने उद्देश्य सहित नेत्रबिक्रम चन्द (विप्लव सी) को नेतृत्वमा २०७१ साल मंसिर ८ गते पार्टी पुनर्गठन भएर निरन्तर अघि बढिरहेको छ । पार्टी पुनर्गठन भइ नवौं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
मनहरी-२, घट्टेपाखामा भएको कार्यक्रममा अतिथिगण लगायत सम्पुर्ण उपस्थित जनताबिच एक अर्कामा अबिर लगाउँदै, चकलेट वितरण गर्दै शुभकामना आदानप्रदान गरि खुसियाली मनाएका छन् । कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी सन्देश सीले कम्युनिस्ट आन्दोलनको बाँकी कार्यभार पूरा गर्ने उद्देश्यले अघि बढेरहेको नेपाल कम्युनिस्ट पार्टीसँग हातेमालो गर्दै जनसत्ता निर्माण गर्ने महान कार्यमा जुट्न सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् । साथै विशेष अतिथि राम सीले भर्खरै सम्पन्न भएको संघ र प्रदेश सभाको चुनावमा भोट नहाल्ने र बाध्यताले भोट हाल्नु परेका जनसमुदायले पनि यो दलाल राज्यसत्ता र यसको संरक्षक कथित जनप्रतिनिधिहरुबाट कुनै आशा नराखेको भन्दै जनताको व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द भइ अघि बढ्न अनुरोध सँगै गरे सँगै पार्टी पुनर्गठन दिवसको शुभकामना दिएका छन् ।
बिहिबार भएको शुभकामना आदानप्रदान कार्यक्रमकै बिचमा मनहरी-४ का दुई युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । देशको श्रोतसाधनको व्यापार गर्दै लुटिखाने जनतामारा संसदीय पार्टीप्रतिको वितृष्णाको कारण उच्च आशाका साथ नेकपामा प्रवेश गरेका युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी सन्देश सी, विशेष अतिथी राम सी सहित अतिथी गणले टीका लगाई स्वागत गरेका छन् ।
कार्यक्रममा पोलिटव्युरो सदस्य सन्देश सीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य राम सीको विशेष आतिथ्यता रहेको थियो भने जिल्ला सचिवालय सदस्य विवेक सी, नागरिक मन्च मकवानपुरका संयोजक केशव सी,सहिद हिरा मोक्तानका बुबा रामशरण मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।बिहान १० बजेबाट सुरु भएको कार्यक्रमको अध्यक्ष पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सी रहेका थिए भने जिल्ला सचिवालय सदस्य तथा मनहरी गापाका सेक्रेटरी गुण सीले कार्यक्रम सन्चालन गरेका हुन् ।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टी दैलेखले नवौं पार्टी पुनर्गठन दिवसकाे अवसरमा आठविस नगरपालिका वडा नं. १ सात्तालामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । शुभकामना कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्दीय सदस्य विवेक सि ले नवौं पुनर्गठन दिवसकाे अवसरमा सम्पुर्ण जनसमुदाय, कार्यकर्ता, सहिद परिवार, वेपत्ता परिवार, घाईतेहरुलाई शुभकामना व्यक्त गरे । उनले हालै सम्पन्न सँसदीय निर्वाचन खारेजीमा सहभागी कार्यकर्ता जनसमुदायलाई धन्यवाद दिदै याे व्यवस्थामा जुनसुकै दलले निर्वाचनमा विजय हासिल गरेपनि सरकारमा गएर भ्रष्टाचार गर्ने, महङ्गी बढाउने, राष्ट्रघात गर्ने काम हुने ठाेकुवा गरे । याे व्यवस्था फालेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापन गरेपछि मात्र देशकाे स्वाधिनताकाे रक्षा र जनताकाे मुक्ति हुनेमा जाेड दिए ।
नेकपा दैलेखका सेक्रेटरी प्रकाश सिले पनि शुभकामना मन्तव्य राखेका थिए । नेकपा दैलेखका सदस्य निरक सि,प्रमाेद सि,जनपत्रकार संगठन दैलेखका संयाेजक जगदिश सि,दुर्गा सिकाे उपस्थिति रहेकाे कार्यक्रमकाे अध्यक्षता टिकाराम सि,सँञ्चालन नेकपा दैलेखका सदस्य सुद्रसन सि ले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग जनक सुनार नेकपामा प्रवेश गरेका थिए । उनलाई केन्द्रीय सदस्य विवेक सिले स्वागत गरेका थिए । कार्यक्रममा जनवादी गीत र नृत्य पनि प्रस्तुत गरिएकाे थियाे ।


यता, नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक नवौं पुर्नगठन दिवसको अवसरमा सिन्धुपाल्चोक लिशंखुपाखरमा बिशेष कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीको पाेलिट ब्युराे सदस्य तथा जिल्ला इन्चार्ज आधारले पार्टीको नवौं पुर्नगठन दिवसको अवसरमा देशभक्त, वैज्ञानिक समाजवादका पक्षधरहरु, श्रमिक जनता तथा सम्पूर्ण सिन्धुपाल्चोकबासि सबैलाई हार्दिक शुभकामना व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिथि आधारले देशमा वैदेशिक हस्तक्षेप बढिरहेको, संसदीय चुनावमा पार्टीकाे खारेजी अभियान सशक्त बनेकाे, जनतामा याे व्यवस्थाप्रति वितृष्णा देखिएको, करिब आधा जनता सहभागिता नभएकाे चुनावकाे कुनै औचित्य नभएकाे, अब याे चुनावले एमसीसी पक्षधरहरुले मात्र जित्ने गरेको बताए । साथै अब क्रान्तिकारीहरुलाई उपयुक्त वातावरण तयार हुँदै गएकाे पनि बताएका छन् । एकीकृत जनक्रान्तिले मात्र वैज्ञानिक समाजवादसम्म पुग्न सकिने भन्दै उनलेे यसका लागि आधारहरु तयार हुँदै गइरहेकाे र एकीकृत जनक्रान्तिले आजकाे २१ औँ शताब्दीकाे अन्तरविरोधलाई हल गरि नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने दाबी गरे ।
कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी युगिन सि ले गरेका थिए भने कार्यक्रममा केन्द्रीय प्रतिनिधि सदस्य किरण सि, युवा संगठन नेपालका केन्द्रीय सदस्य सुमन सि काे पनि उपस्थिति रहेको थियाे ।
कार्यक्रमकाे सन्चालन जिल्ला सदस्य कम्युटर सि ले गरेका थिए । कार्यक्रममा स्वातग मतव्य जिल्ला सदस्य तथा लिशंखु गाउँ कमिटी सेक्रेटरी विराज सि र जिल्ला सदस्य तथा लिशंखु गाउँ कमिटी इन्चार्ज युवराज सि गरेका थिए । कार्यक्रममा उपस्थिति अतिथिहरुलाई गाउँ कमिटी तथा स्थानीयले फुल मालाले स्वागत गरेका थिए ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी धादिङ र डी वानले नवौं पार्टी पुनर्गठन दिवसकाे अवसरमा शुभकामना आदनप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल कम्युनिस्ट पार्टीले मोहन वैध किरण नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट बिद्रोह गरि नयाँ कार्यदिशा र नयाँ पार्टी निर्माण गरेको दिनलाई स्मरण गर्दै देश व्यापी पुनर्गठन दिवस मनाउने कार्यक्रम अन्तर्गत धादिङ र डी वान ले शुभकामना आदनप्रदान सहित प्रशिक्षण कार्यक्रम गरेका हुन।
बिहिवार धादिङ जिल्लाको महादेववेशिमा भएको प्रशिक्षण तथा शुभकामना कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य , केन्द्रिय स्कुलिङ्ग बिभाग सदस्य तथा युवा नेता बिपिन सी ले कार्यक्रममा मन्तव्य राख्दै हालै सम्पन्न नवौ महाधिवेशनको भाव सम्प्रेषण र आगामी योजनाबारे प्रशिक्षण गरेका थिए।त्यस्तै कार्यक्रममा डी वन सेक्रेटरी पेमा सी ले समेत मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए।
संयुक्त शुभकामना आदनप्रदान तथा प्रशिक्षण कार्यक्रममा नेकपा धादिङ सेक्रेटरी सिर्जनले अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य शितलले गरेको कुरा धादिङस्थित नेकपाका स्थानीय नेताले जानकारी दिएका छन।


यता, नेपाल कम्युनिष्ट पार्टी बाँकेले नवौं पार्टी पूनर्गठन दिवश भव्यताका साथ् मनाएको छ । जिल्लाको कोहलपुरमा जिल्लाभरका नेता कार्यकर्ताको सहभागितामा पार्टी पूनर्गठन दिवश मनाएको हो । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अनिल सी,जिल्ला पार्टीका सचिव कल्पना सी लगायतको सहभागीतामा पूनर्गठन दिवश मनाईएको हो । कार्यक्रममा एक अर्कालाई शुभकामना व्यक्त गरिएको थियो । केन्दीय सदस्य अनिलले पार्टी पूनर्गठन दिवश महत्वपूर्ण भएको भन्दै यो पार्टी संशोधनवाद,यथास्थितिवाद लगायतका प्रवृति संग संघर्ष गर्दै स्थापना भएको वताए । उनले यो पार्टीले मात्र अवको क्रान्तिको नेतृत्व गर्नेसमेत प्रष्ट्याए ।


यसैगरी, नेपाल कम्युनिष्ट पार्टीको नवौं पार्टी पूनर्गठन दिवश कालिकोटमा विभिन्न कार्यक्रमका साथ मनाईएको छ । पूनर्गठन दिवशका अवसरमा जिल्लाको रास्कोट नगरपालिका,पचलझरना गाउँपालिका,नरहरिनाथ गाउँपालिका शान्नि त्रिवेणी गाउँपालिका तिलागुफा नगरपालिका लगायत जिल्लाभर विभिन्न कार्याक्रमका साथ मनाईएको हो ।
रास्कोटको आरसीपी वजारमा मनाईको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विराट सीले सवै सहभागीहरुलाई शुभकामना दिदै दलाल सत्ताका विरुद्ध जनताको मुक्तिको लागि पार्टी पूनर्गठन भएको स्मरण गर्दै यो पार्टीले नेपालमा दलाल सत्ता अन्त्य गरी वैज्ञानिक समाजवादी सत्ता ल्याउने क्रान्ति गरिरहेको वताए । उनले दलालहरुको चुनावी नौटंंकी र नयाँ आउने जुनसुकै पात्रहरुले पनि जनताको वास्तविक समस्या यहि संसदीय व्यवस्थाबाट हल गर्न नसक्ने ठोकुवा गरे ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी उदयपुरले ९औं पार्टी पुनर्गठन दिवस तथा जनमुक्ति सेना दिवस भब्य रूपमा मनाएको छ । जिल्लाले समिक्षाआत्मक बैठक र शुभकामना आदनप्रदान कार्यक्रम साथै नेताकार्यकर्ता र जनतासँग सहकार्य गर्दै गढि गाउँपालिकाको नेपालटार स्थिति पिक्निक स्पोर्ट्समा पिकनिक कार्यक्रमको आयोजना गरि हर्षउल्लासका साथ मनाइएको छ । कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्दीय सदस्य तथा उदयपुर, ओखलढुंगा जिल्ला ईन्चार्ज विवेक सी र नेकपा का केन्द्रिय सदस्य प्रयास सी तथा अन्य अतिथि एकीकृत समाजबादि पार्टीका केन्द्रिय परिषद सदस्य बेद कुमार घिमिरे ,नेपाल कम्युनिस्ट पार्टी एमाले को गढि गाउँपालिकाको अध्यक्ष रुद्र खत्री ,नेपाल कम्युनिस्ट पार्टी बहुमत का युवा जनसेवकका केन्द्रिय सदस्य विकल्प र देबि राई को पनि उपस्तिथित रहेको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि विवेक सी ले पार्टी २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसको रूपमा मनाउँदै आएको छ ।
उक्त कार्यक्रममा बोल्दै उनले देशमा हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाको निर्वाचनबाट स्वतन्त्र उम्मेद्बारीको नाममा दलाल र विदेशी एजेण्टहरु संसद भित्र प्रवेश गरेको कुरा बताउदै उहाँले देशमा अझै ठुलो रास्ट्रघात हुने कुरा बताउदै सो दलाल पुँजिवादी संसदीय व्यवस्थाको निर्वाचनमा जनताले खारेज गरेर देखाई दिएको कुरा बताउदै दलालहरुलाई रास्ट्रघाति एम।सि ।सि ।एस ।पि ।पि कुनै पनि हालतमा कार्यनयन गर्न नदिने बताएका थिए।
कार्यक्रममा नेकपा उदयपुर जिल्ला पार्टीलाई पार्टी कार्यालय बनाउनको लागि डेढ कठ्ठा जग्गा दिएर सहयोग गर्नु हुने नेकपा का जिल्ला समिति सदस्य रामकृष्ण सदा र रामबिलाश चौधरीलाई प्रमुख अतिथिबाट खादा लगाएर सम्मान गरेका थिए भने उता नेपाल कम्युनिस्ट पार्टी माओवादीकेन्द्र परित्याग गरि रोशन कोईराला पार्टी प्रवेश गरेका थिए। उनलाई प्रमुख अतिथि र अतिथिहरुबाट खादा अबिर लगाएर स्वागत गरेका थिए।
पार्टी पुनर्गठन दिवसको अवसरमा अन्य राजनीतिक दल बाट उपस्थित अतिथिहरुबाट सुभकामना मन्तव्य एकीकृत समाजवादि पार्टीका केन्द्रिय परिषद सदस्य बेद कुमार घिमिरेले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको अध्यक्ष नेकपा केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा उदयपुर जिल्ला सेक्रेटरी मिन प्रसाद सी ले गरेका थिए भने स्वागत मन्तव्य केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा गढिगाउँपालिका र रौतामाई गाउँपालिका ईन्चार्ज जित बहादुर सी ले गरेका थिए भने कार्यक्रम संचालन केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा चौडन्डिगढि नगरपालिका र बेलाका नगरपालिका ईन्चार्ज अमृत सी ले गरेका थिए।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी कास्कीले विभिन्न क्रियाकलाप गर्दै नवौँ पार्टी पुनर्गठन दिवस मनाएको छ । एकीकृत जनक्रान्तिमार्फत दलाल पुजिवादी उत्पादन सम्बन्धको अन्त्य गर्न र नेपालको अबको राजनीतिक आर्थिक व्यवस्था वैज्ञानिक समाजवाद हुनु पर्ने निष्कर्ष निकाल्दै नौँ वर्ष अघि किरण नेतृत्वमा रहेको तत्कालीन नेकपा माओवादीबाट अलग भएको दिनलाई स्मरण गर्दै पुनर्गठन दिवस मनाइएको हो ।
बिहिबार पोखरा उपमहानगरपालिका वडा नम्बर १७ स्थित पिपलडाली सामाजिक भवनमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका कोषाध्यक्ष उमेश सी ले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै भने,’अहिलेसम्म हामी पछि पर्नुका अनेक कारण मध्य हामी कमजोर, निर्बल र असक्षम छौँ भनेर भ्रम पाल्यौँ तर हामी अब दलित होइन श्रमिक हौँ, यो समाजलाई आवश्यक पर्ने हरेक वस्तु र सेवाहरुका रचनाकार हौँ, हामीसङ्ग अथाह शक्ति र सृजना छ’ भन्दै एक आपसमा पार्टी पुनर्गठनको हार्दिक शुभकामना व्यक्त गरेका थिए ।
एक मिनेटको मौनधारणसहित प्रारम्भ भएको कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपाल गण्डक संयोजक कुमार, नेकपा लेखनाथ सेक्रेटरी कर्ण सी र पत्रकार निरुता विश्वकर्माको समेत उपस्थित रहेको थियो भने कानुन संकायबाट सुमित विश्वकर्माले समेत हालै सम्पन्न निर्वाचनको क्रममा लिएको खारेजको नीति सहि रहेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।
यो पुनर्गठन दिवस पार्टीको मात्रै दिवस होइन, हामी सबै परिवर्तन प्रेमी जनताको दिवस हो भन्दै नेकपा पोखरा उपमहानगर सेक्रेटरी सोममाया सी ले अध्यक्षता गरेको शुभकामना कार्यक्रमलाई सुकुम्बासी तथा भुमिहिन संघ पोखराका संयोजक कमल सी ले सञ्चालन गरेका थिए।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले ९ औं पार्टी पुनर्गठन दिवस रुपन्देही सैनामैना नगरपालिका ५ गढवामा सम्पन्न गरेको छ ।
पनर्गठन दिवसको अवसरमा शुभकामना दिँदै नेकपाका पोलिटब्युरो सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज कृति सीले पार्टीलाई गतिहीन बनाएर मृत्यु सैयामा पुर्‍याएको पार्टीलाई नयाँ जीवन दिएर पार्टी पुनर्गठन गरेको त्यही दिनलाई ऐतिहासिक दिनका रुपमा मनाउँदै आएको बताए । उनले अहिले विभिन्न व्यक्ति र स्वतन्त्रको नाममा अमेरिकी साम्राज्यवाद नेपालमा हावि भएको बताउँदै मुख्य कुरा व्यक्ति नभएर राजनीति रहेको र यसका लागि जनतालाई स्पष्ट पार्नुपर्ने बताए । उनले एसपीपी आउनु भनेको नेपालमा अमेरीका आउनु नेपाल र अफगानस्थान बन्नु भएको बताए ।
कृतिले नेकपाले अहिलेको चुनावलाई खारेजि अभियानको रुपमा जनतामाझ गएको र संसदीय व्यवस्थाप्रति जनताको बितृष्णा बढेकोले दलाल पुँजीवादी व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अहिलेको उत्तम विकल्प रहेको बताए ।नेकपाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी विश्वास सीले जनता लुट्ने व्यवस्था विरुद्ध क्रान्ति गरेको बताए । उनले निकाससहित अगाडि बढियो भने रातो झण्डा उचालेर गन्तब्यमा पुग्न सकिने बताए । व्यवस्था परिर्वतन नभएसम्म राष्ट्र परिर्वतन नहुने भन्दै सचेत जनताले समयमै कुरा नबुझे देश खाल्डोमा फस्ने भन्दै समयमा नै सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार जितबहादुर सीले ९ औं पार्टी पनर्गठन दिवसको शुभकामना दिँदै नेपालमा सर्वहारा चरित्र भएको पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र रहेको र देशमा मजदुर किसान र सर्वहाराको सत्ता ल्याउनको लागि नेकपा लागिपरेको बताए ।
कार्यक्रममा नेकपाका जिल्ला सल्लाहकार चन्द्रबहादुर सीको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सेक्रेटरी विश्वास सीको अध्यक्षता, जिल्ला सदस्य बर्षा सीको स्वागत मनतब्य र २ नम्बर कमाण्ड इन्चार्ज नविन सीको सन्चालनमा भएको थियो ।


यसैगरी, नेपाल कम्युनिस्ट पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा नेकपा गुल्मी पाल्पाको संयुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । प्रशिक्षणको उद्घाटन विहीबार पाल्पामा गरिएको हो । प्रशिक्षण उद्घाटन गर्दै नेकपाका पोलिटब्युरो सदस्य धु्रव सी ले तत्कालीन जनयुद्धका नायकले धोका दिएका कारण पार्टी पुनर्गठन गर्नुपरेको बताउनुभयो । उहाँले पार्टीमा देखा परेको संशोधनवाद, विचलन, अकर्मण्यता र अन्यौलताका कारण विद्रोह गरी पार्टी पुनर्गठन गर्नुपरेको भन्दै अहिले संसदीय व्यवस्थाविरुद्ध पार्टी वैकल्पिक शक्तिको रुपमा उभिएको बताउनुभयो । उहाँले संसदीय व्यवस्थाविरुद्ध विद्रोह गरेको तत्कालीन जनयुद्धको नेतृत्व प्रचण्ड बाबुरामले अहिले शेरबहादुर देउवाको फेरो समाएर आफ्नो अस्तित्व धानिरहेको बताउदै यसबाट कसैपनि भ्रममा पर्न नहुने बताउनुभयो । उहाँले क्रान्तिकारी पार्टी, क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी संगठन र क्रान्तिकारी सेनाले मात्रै क्रान्ति सम्पन्न गर्न सकिने बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं गुल्मी पाल्पा इन्चार्ज अपेक्षा सी, केन्द्रीय सदस्य धीरज सीले पार्टी पुनर्गठन दिवसको शुभकामना दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता केन्द्रीय प्रतिनिधि सदस्य एवं पाल्पा सेक्रेटरी नेपाल सी, सञ्चालन केन्द्रीय प्रतिनिधि सदस्य एवं गुल्मी सेक्रेटरी सुमन सी र स्वागत नेकपा पाल्पा सचिवालय सदस्य निशान सीले गर्नुभएको थियो । कार्यक्रमको अवसरमा निर्वाचन खारेजी अभियानको क्रममा गिरफ्तार पर्नुभएका युवा संगठन नेपाल गुल्मीको सत्यवती गाउँपालिका अध्यक्ष गम्मर सीलाई सम्मान गरिएको थियो । कार्यक्रममा एकअर्का बीच अविर माल्र्यापण गरेर शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा गुल्मी र पाल्पाका पार्टी नेता कार्यकर्ता, सल्लाहकार, सहिदपरिवार लगायतको सहभागिता रहेको थियो । पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको राजनीतिक वैचारिक प्रशिक्षणमा पार्टी पोलिटब्युरो सदस्य ध्रुव सी, केन्द्रीय सदस्य अपेक्षा, सेक्रेटरीद्धय नेपाल सी र सुमन सीले पार्टीको नवौं महाधिवेशनले पारित गरेको दर्शन, राजनीतिक अर्थशास्त्र, संगठन, आजको साम्राज्यवाद तथा भूमण्डलीकृत पुँजीवाद, दलाल पुँजीवाद, राजनीतिक कार्यदिशा, रणनीति र कार्यनीति, विज्ञान र प्रविधि लगायतका बिषयमा प्रशिक्षण गरिएको छ ।


प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु