नवौं पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

२०७९ मंसिर ८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नवौं पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै मनाएको छ । नेकपाले देशभर विभिन्न कार्यक्रम गर्दै पार्टी स्थापना दिवस मनाएको हो । यसक्रममा उपत्यकाका तीन जिल्लाले एकै ठाउँमा वैचारिक स्कुलिङसहितको विशेष कार्यक्रम गरि मनाएका हुन् । काठमाडौँको युनिग्लोबल कलेजको सेमिनार हलमा वैचारिक स्कुलिङ सहितको कार्यक्रम आयोजना गरि हर्षउल्लासका साथ पार्टी पुर्नगठन दिवस मनाइएको हो । कार्यक्रमको प्रमुख अतिथि रहेका नेकपा केन्दीय सल्लाहकार दीर्घ सीले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । ९ वटा मैनबत्ती बालेलगत्तै प्रमुख अतिथि र अतिथि र सहभागीहरुबीच अविर लगाएर हर्षउल्लाहस मनाइएको थिए । कार्यक्रमको अध्यक्षता काठमाडौँ जिल्ला सेक्रेटरी तुलसीनारायण सीको रहेको थियो भने उपस्थित प्रमुख अतिथि, अतिथि र उपस्थित सम्पूर्णलाई नेकपा भक्तपुर सेक्रेटरी देव सीले स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु