नेकपा बझाङले भ्रष्ट जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो

२०७९ मंसिर ७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बझाङले रनफोल खानेपानी आयोजनाका अध्यक्ष धने जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ।
सोमबार दुर्गाथली गाउँपालिका ४ का धने जोशीलाई नेकपाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो। जोशीले दुर्गाथली गाउँपालिका वडा नं ३ बिजाडा र वडा नं ४ सेलागाउँमा जलस्रोत तथा स्थानीय र प्रदेश सरकार द्वारा सञ्चालित रनफोल खानेपानी आयोजनामा लाखौ रकम भ्रष्टाचारको गरेको बताइएको छ ।
रनफोल खानेपानी उपभोक्ता समिति अध्यक्ष रहेका जोशीले रकम भ्रष्टाचार गरी फरार रहेको उजुरी परेपछि खोजी गरेको जिल्ला सेक्रेटरी प्रविन सिले जानकारी दिए । ‘उजुरी परेपछि जिल्ला इन्चार्ज बिराट सीको नेतृत्वमा खटिएको टोलीले जोशीलाई नियन्त्रणमा लिएको प्रविनले बताए ।
‘जोशीलाई नियन्त्रणमा लिएपछि खानेपानी उपभोक्ताहरूको रोहबरमा इलाका प्रहरी कार्यालय दुर्गाथलीमार्फत जिल्ला प्रहरी कार्यालय बझाङलाई बुझाएका छौँ । जोशीले खानेपानीको योजना अलपत्र पारेका छन् । लाखौँ बजेट लगानी भएको खानेपानी योजना अहिले अहिले बन्द अवस्थामा छ,’ प्रविनले भने, ‘छिटोभन्दा छिटो उक्त खानेपानी सञ्चालन गर्न सम्बन्धित पक्षलाई सचेत गराएको छौँ । साथै आरोपीलाई आवश्यक छानबिन गरी तथ्यसत्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु