नेकपाद्वारा चुनावलाई खारेज गर्ने आमजनतालाई हार्दिक धन्यवाद व्यक्त

२०७९ मंसिर ७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले संसदीय चुनावलाई खारेज गर्ने आम जनता र पार्टीका नेता कार्यकर्तालाई हार्दिक धन्यवाद व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लवले मंगलबार एक बिज्ञप्ति जारी गर्दै जनविरोधी, प्रतिक्रियावादी संसदीय चुनावलाई खारेज गर्ने आम जनता र पार्टीका नेता कार्यकर्तालाई हार्दिक धन्यवाद व्यक्त गरेका हुन् ।
महासचिव विप्लवले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘दलाल पूँजीवादी सत्ता र संसद्वादीहरुले आम श्रमिक जनताको अरुची, वेवास्ता, विरोध र प्रतिरोध संघर्षका बीच संघ र प्रदेशको चुनाव गरेको नाटक गरे । राज्यको करोडौं पैसा उडाएर चर्को प्रचार गरे पनि चुनावप्रति आम जनताको कुनै आकर्षण, सक्रियता र सहभागिता देखा परेन । यसले दलाल पूँजीवादी सत्ता र जनता बीचमा चर्को अन्तर्विरोध र संघर्ष छ, जनताले यो व्यवस्थाको सट्टामा नयाँ व्यवस्था अर्थात वैज्ञानिक समाजवाद चाहन्छन् भन्ने सावित भएको छ ।’
पार्टीका महासचिव विप्लवले आम नेपाली श्रमिक जनतालाई संसदीय व्यवस्था र दलाल पुँजीवादी संसद्वादी दलहरुको कुनै भ्रममा नपरेर आफ्नै वैज्ञानिक समाजवादी सत्ताका पक्षमा एकताबद्ध हुन र संघर्ष गर्दै अगाडि बढ्न विशेष अपिल गरेका छन् ।
जनता र देशका लागि आवश्यक पर्ने जुनसुकै संघर्षको जिम्मेवारी पूरा गर्न आफ्नो पार्टी तयार रहेको भन्दै नेपाली जनताको समानतापूर्ण एवं संमृद्ध जीवन र देशको स्वाधीनता नै पार्टीको गन्तव्यमा सबै मिलेर एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न आह्वान गरेका छन् ।
बिज्ञप्तिमा अगाडी भनिएको छ , ‘उत्साहहिन चुनावबाट जसले जितेको नाटक गरे पनि र जो सुकैको सरकार बने पनि देशले अमेरिकी साम्राज्यवाद–भारतीय साम्राज्यवादको हस्तक्षेप नयाँ स्तरबाट सामना गर्नु पर्नेछ भने दलालहरुको कारणले जनताका समस्याहरु बढेर जाने निश्चित छ । जनताले राष्ट्रिय स्वाधीनता र जनताका अधिकारका क्षेत्रमा नयाँ र जुझारु संघर्ष चलाउनु पर्ने छ । हामी नेपाली श्रमक जनतालाई पुरै विश्वासका साथ भन्न चाहन्छौं हाम्रो जनप्रिय पार्टी नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना नभएसम्म एकीकृत जनक्रान्तिको बाटोमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध छ । जनता र देशका लागि आवश्यक पर्ने जुनसुकै संघर्षको जिम्मेवारी पूरा गर्न तयार छ । नेपाली जनताको समानतापूर्ण एवं संमृद्ध जीवन र देशको स्वाधीनता नै हाम्रो पार्टीको गन्तव्य हो । आउनुहोस् सबै मिलेर एकीकृत जनक्रान्तिमा लामबद्ध बनौं, जनताको वास्तविक विजयलाई सुनिश्चित गर्दै अगाडि बढौं ।’

यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “मंसिर ४ को संसदीय व्यवस्थाको चुनावलाई आम जनताले खारेज गरेका छन् । ठूलो संख्याले चुनावमा भाग नै नलिएर खारेज गरे भने मतदानमा सहभागि बन्न पुगेकाले पनि यो व्यवस्था, यि नेता र संसदवादी दलहरुप्रति असन्तुष्टि र आक्रोस पोखेर सारमा खारेज गरेका छन् । हाम्रा नेता, कार्यकर्ताहरुले खारेज अभियानलाई सशक्त प्रकारले नेतृत्व गरेका छन् । सर्वप्रथम यो जनविरोधी, प्रतिक्रियावादी संसदीय चुनावलाई खारेज गर्ने आम जनता र हाम्रा पार्टीका नेता कार्यकर्तालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । खारेज अभियानका क्रममा सयौँ कमरेडहरु गिरफ्तार भए । खारेज अभियानमा घाइते हुनु भएका कमरेड धिरेन्द्र सी, डिल्ली सी, सुमन सी र गिरफ्तार भएर रिहा हुन बाँकी कमरेडहरुको सिघ्र रिहाइको माग गर्दछौं ।
दलाल पूँजीवादी सत्ता र संसद्वादीहरुले आम श्रमिक जनताको अरुची, वेवास्ता, विरोध र प्रतिरोध संघर्षका बीच संघ र प्रदेशको चुनाव गरेको नाटक गरे । राज्यको करोडौं पैसा उडाएर चर्को प्रचार गरे पनि चुनावप्रति आम जनताको कुनै आकर्षण, सक्रियता र सहभागिता देखा परेन । यसले दलाल पूँजीवादी सत्ता र जनता बीचमा चर्को अन्तर्विरोध र संघर्ष छ, जनताले यो व्यवस्थाको सट्टामा नयाँ व्यवस्था अर्थात वैज्ञानिक समाजवाद चाहन्छन् भन्ने सावित भएको छ ।
हाम्रा पार्टीले यो व्यवस्था फेर्न चाहने जनताको नेतृत्व गर्दै विभिन्न संघर्षको नेतृत्व गर्न सफल भयो । चितवन, रुकुम लगायतको जिल्लामा मत पेटीका फाल्ने र मतपत्र च्यात्ने संघर्ष भए भने दुई दर्जन जिल्लामा प्रतिरोध संघर्षहरु भए । यो जागरुकता र संघर्षशीलता जनता र देशका लागि निकै खुसीको विषय हो ।
यो चुनाव खारेजीको संघर्ष केवल चुनावको विषय मात्र नभइ एकीकृत जनक्रान्तिकै एउटा भाग हो । दलाल पूँजीवादी सत्तालाई ढाल्ने र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने प्रकृयासँग यसको प्रत्यक्ष सम्बन्ध छ । दलाल पूँजीवादी सत्तासँग सम्पूर्ण क्षेत्रमा चलिरहेका श्रमिक वर्गको संघर्षले एक दिन उत्कर्ष हासिल गर्नेछ र दलाल पूँजीवादी सत्ता सम्पूर्ण रुपले खारेज भएर जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।
हाम्रो जनप्रिय पार्टीले फेरी पनि आम नेपाली श्रमिक जनतालाई संसदीय व्यवस्था र दलाल पुँजीवादी संसद्वादी दलहरुको कुनै भ्रममा नपरेर आफ्नै वैज्ञानिक समाजवादी सत्ताका पक्षमा एकताबद्ध हुन र संघर्ष गर्दै अगाडि बढ्न विशेष अपिल गर्दछ । उत्साहहिन चुनावबाट जसले जितेको नाटक गरे पनि र जो सुकैको सरकार बने पनि देशले अमेरिकी साम्राज्यवाद–भारतीय साम्राज्यवादको हस्तक्षेप नयाँ स्तरबाट सामना गर्नु पर्नेछ भने दलालहरुको कारणले जनताका समस्याहरु बढेर जाने निश्चित छ । जनताले राष्ट्रिय स्वाधीनता र जनताका अधिकारका क्षेत्रमा नयाँ र जुझारु संघर्ष चलाउनु पर्ने छ ।
हामी नेपाली श्रमक जनतालाई पुरै विश्वासका साथ भन्न चाहन्छौं हाम्रो जनप्रिय पार्टी नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना नभएसम्म एकीकृत जनक्रान्तिको बाटोमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध छ । जनता र देशका लागि आवश्यक पर्ने जुनसुकै संघर्षको जिम्मेवारी पूरा गर्न तयार छ । नेपाली जनताको समानतापूर्ण एवं संमृद्ध जीवन र देशको स्वाधीनता नै हाम्रो पार्टीको गन्तव्य हो । आउनुहोस् सबै मिलेर एकीकृत जनक्रान्तिमा लामबद्ध बनौं, जनताको वास्तविक विजयलाई सुनिश्चित गर्दै अगाडि बढौं ।”

प्रतिक्रियाहरु