फिफा विश्वकप फुटबल सुरु हुँदै(पहिलो चरणको खेल तालिका र समयसहित )

२०७९ मंसिर ४ गते, आईतवार

काठमाडौँ । विश्वका चर्चित खेलाडीहरुको प्रतिस्पर्धाका रुपमा रहने फुटबलको महाकुम्भ मेला अर्थात् फिफा विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै छ । चार वर्षको प्रतीक्षापछि हुन लागेको यो प्रतियोगितामा विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडीहरु सहभागी हुँदै छन् ।
आज आइतबार विश्वकप आयोजक राष्ट्र कतारले इक्वेडरसँग पहिलो खेल खेलेर प्रतियोगिताको उद्घाटन गर्दैछ । यो विश्वकप फुटबलको हालसम्मको २२औँ संस्करण हो । यस विश्वकपका लागि उत्कृष्ट रुपमा छनौट भएका ३२ राष्ट्रका खेलाडीहरु कतारमा भेला हुँदैछन्, उनीहरुबीच विभिन्न चरणमा खेल प्रतिस्पर्धा हुनेछ ।
कतारले एक दशकअघि देखि नै यो विश्वकपको आयोजनाको तयारी थालेको थियो । मध्यपूर्वी क्षेत्रको अरब देशमा आयोजना भएको यो नै पहिलो विश्वकप फुटबल हो । सन् १९९४ मा साउदी अरबले विश्वकपमा सहभागिता जनाएको थियो । त्यसको ७ दशकपछि अरब देशमा कतारले विश्वकपको आयोजना गरेर इतिहास रचेको हो ।
सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा फिफा विश्वकपको आयोजना गरेका थिए । त्यसयता एसिया महादेशमा हुन लागेको यो नै दोस्रो विश्वकप हो । यो विश्वकप करिब एक महिनाभर चल्नेछ ।

पहिलो चरणको खेलका तालिका र समय

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु