नेपाल टेलिकमको खुद नाफामा सामान्य धक्का

२०७९ कार्तिक ३० गते, बुधबार


काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानी घटेपछि खुद नाफामा सामान्य धक्का लागेको छ । कम्पनीले तीन महिनामा खुद नाफा १.५२ प्रतिशत घटेर २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख ६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७० लाख ५२ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर १८ अर्ब रुपैयाँ र जगेडा कोष ५.४० प्रतिशत घटेर ७९ अर्ब २९ करोड १६ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेकाले चुक्ता पूँजी बढेको हो ।
कम्पनीको नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२३ कम्पनी कालोसूचीमा

२०८० चैत्र १४ गते, बुधबार

नेप्से १० दशमलव १४ अंकले वृद्धि

२०८० चैत्र १३ गते, मंगलवार

नेप्से १७.०१ अंकले घट्यो

२०८० चैत्र १२ गते, सोमबार