बैंकर्स संघद्वारा मंसिरको ब्याज नघटाउने निर्णय

२०७९ कार्तिक २९ गते, मंगलवार

काठमाडौं । नेपाल बैंकर्स संघको बैठकले आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघटाउने निर्णय गरेको छ । मंगलबार बसेको संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै संघले मंसिर महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको संघका उपाध्यक्ष समेत रहनुभएका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।
अघिल्लो महिना भद्र सहमतिलाई भंग गर्दै बैंकर्स संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै दिएको थियो । योसँगै वाणिज्य बैंकहरुले आफू खुशी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए । व्यक्तिगत मुद्दति बचतको ब्याजदर ११ दशमलव ३ प्रतिशत कायम भएको छ । रेमिट्यान्स खातामा बैंकहरुले १२ दशमलव ३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार