ब्राजिलद्वारा विश्वकप खेल्ने टोलीको घोषणा

२०७९ कार्तिक २२ गते, मंगलवार


काठमाडौं । ब्राजिलले कतारमा आगामी मंसिर ४ गतेबाट हुने फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । विश्वकप सुरु हुन करिब २ साता अगाडि प्रशिक्षक टिटेले अनुभवी र युवा खेलाडीको सम्मिश्रण अन्तिम टोली घोषणा गरेका हुन् ।
पछिल्लो पटक सन् २००२ मा विश्वकप जितेको ब्राजिल २० वर्षपछि उपाधिको प्रमुख दाबेदारमध्ये एक हो। ब्राजिलले ९ जना फरवार्ड, ३ जना गोल किपर,६ जना मिडफिल्डर र ८ जना डिफेन्डर छन्।
यस्तो छ ब्राजिलको टोली-
गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेंगो)
डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)
मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्टह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)
फरवार्ड : नेयमार (पिएसजी), भिनीसियस जुनिअर (रियल म्याड्रिड), ग्याब्रिएल जेसस (आर्सनल), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रिचारलीसन (टोटेनहम हट्सपर), ग्याब्रिएल मार्टिनेली (आर्सनल), रोड्रीगो (रियल म्याड्रिड) र पेड्रो (फ्लामेंगो)।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु