सुन आयातको कोटा बढाउन माग

२०७९ कार्तिक २२ गते, मंगलवार

काठमाडाैं । सुन चाँदी व्यवसायीले सुनको आपूर्ति बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा आफुहरु मर्कामा परेको उनीहरुको गुनासो छ । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन आपूर्ति हुन नसक्दा ब्यवसायीलाई मर्का परेको बताए । आपूर्ति बढाउन महासंघले सम्वद्ध निकायसँग आवश्यक पलह गर्दै आइरहे पनि सुनुवाई नभएको उहाँले बताउनुभयो । माग अनुसार कच्चा सुन पाउन नसकेपछि देशभरका सुनचाँदी ब्यवसायीहरुले महासंघको धयानाकर्षण गराउँदै आपूर्ति ब्यवस्था प्रभावकारी वनाउनकालागि आवश्यक पहल गर्न आग्रह गर्न थालेका छन् ।
सोमबार रुपन्देही सुनचाँदी ब्यवसायी संघको प्रतिनिनिमण्डलले आपूर्ति बढाउन माग गर्दै ज्ञापन पत्र बुुझाएको छ । यसअघि ललितपुर सुनचाँदी ब्यवसायी संघले पनि यस्तै पत्र महासंघका बुुझाएको थियो ।
अन्यविभिन्न जिल्ला संघहरुले पनि आपूर्ति बढाउन आवश्यक पहलगर्न आग्रह गर्दै आएका छन् । पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार