महिला उद्यमी हस्तकला मेला कात्तिक १८ देखि

२०७९ कार्तिक १७ गते, बिहीबार

काठमाडौं । महिला उद्यमी हस्तकला मेला कात्तिक १८ देखि हुने भएको छ । नेपाल हस्तकला महासङ्घको महिला उद्योग विकास समिति र बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आगामी कात्तिक १८ देखि २० गतेसम्म महिला उद्यमी हस्तकला मेला हुन लागेको हो । महासङ्घका निर्देशक ऋषिराज सुवेदीले महिला उद्यमी हस्तकला मेलामा प्राकृतिक रेशाका सामग्री, काष्ठकला, पत्थरकला, धातुकला, हातेकागज, फेल्ट, पश्मिनाका सामग्रीलगायतको सामग्री प्रदर्शन गरिने जानकारी दिइन् ।
महासङ्घको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा आगामी मङ्सिर २३ देखि २७ गतेसम्म होटल ह्यात बौद्धमा १९औँ हस्तकला व्यापार मेला तथा १७औँ कला प्रतियोगितासमेत हुने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु