३ महिनामा ४ खर्ब ९९ करोड बराबरको सामान आयात

२०७९ कार्तिक १४ गते, सोमबार

काठमाडौँ । भन्सार विभागको तथ्यांक अनुसार २०७९ साउनदेखि २०७९ असोजसम्मको अवधिमा नेपालले ४ खर्ब ९९ करोड बराबरको सामान आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात १६.२० प्रतिशतले घटेको हो। अधिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले ४ खर्ब ७८ अर्ब बराबरको सामान आयात गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको ३ महिनामा नेपालले ४१ अर्ब ८२ करोड बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ३५.७१ प्रतिशतले घटेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले ६५ अर्ब ५ करोड बराबरको सामान निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको ३ महिनामा नेपालको ब्यापार घाटा ३ खर्ब ५९ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा १३.१३ प्रतिशतले घटेको हो । अधिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालको ब्यापार घाटा ४ खर्ब १३ अर्ब मात्रै थियो।
३ महिनाको अवधिमा नेपालको कुल वैदेशिक ब्यापार ४ खर्ब ४२ अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको वैदेशिक ब्यापार १८.५४ प्रतिसतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा नेपालको वैदेशिक ब्यापार ५ खर्ब ४३ अर्ब रहेको थियो । ३ महिनाको अवधिमा नेपालले डिजेल मात्र २९ अर्ब २९ करोड बराबरको आयात गरेको छ । त्यस्तै १८ अर्ब २२ करोडको पेट्रोल, १४ अर्ब ९४ करोडको खाना पकाउने ग्यास आयात गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार