दुई घातक हमलाविरुद्ध सङ्घर्ष

विप्लव २०७९ कार्तिक ५ गते, शनिबार

क्रान्तिमा बढिरहँदा यो वर्ष हामीले दुई खाले घातक हमलाविरुद्ध सङ्घर्ष गर्नुप¥यो । बाहिरबाट दलाल पुँजीवादी सत्ताले हमला ग¥यो भने भित्रबाट गद्दार लिनपियाओवादी चरित्र बोकेका वाम आवरणका अवसरवादी–अराजकतावादी सुदर्शन–कञ्चनहरुले हमला गरे । पार्टी लोकप्रियताको शिखरतिर उक्लिरहेको बेला दलालहरुबाट भएको हमला आश्चर्यपूर्ण नभए पनि पार्टीभित्र एकदमै नजिक बसेका भनिने अवसरवादी–अराजकतावादी, षड्यन्त्रकारीहरुबाट भएको हमला भने अत्यन्त नीच र घातक थियो । यी हमला फरक–फरक मोर्चाबाट एकीकृत जनक्रान्ति र यसको नेतृत्वको शिखरलाई ढाल्ने एउटै उद्देश्यमा केन्द्रीत देखिए । तर, पार्टीले दुवै घातक प्रवृत्तिविरुद्ध चोटिलो जवाफ दिँदै पार्टी, क्रान्ति र सही विचारको रक्षा गर्न मूलभूत रुपले सफल भएको छ । तथापि अहिले पनि षड्यन्त्रकारीहरुका तुच्छ एवं विशालु प्रचार चलिरहेका छन् । हामीले समाजमा वर्गहरुको अन्त्य नभएसम्म सतहमा देखिंदै आएका र भलक्क देखिन आउने यस्ता प्रवृत्तिहरुसँग निरन्तर सङ्घर्ष गरिरहनु पर्नेछ भन्ने बुझ्नु पर्दछ ।

दलाल पुजीवादी सत्तासंगको सङ्घर्ष र हमला

शासक र श्रमिक जनता, सत्तासिन वर्ग र विद्रोही वर्ग, प्रतिक्रियावादी शक्ति र क्रान्तिकारी शक्ति, पुँजीवादी र कम्युनिस्टहरुबीचको सङ्घर्ष सदैव एकले अर्कोलाई अस्वीकार गर्ने, परास्त गर्ने र खाने उद्देश्यमा केन्द्रीत हुन्छन् । सङ्घर्षका क्रममा देखापर्ने सम्झौता, सन्तुलन र घेराबन्दीहरु यिनै उद्देश्य पूर्तिका लागि प्रयोग हुन्छन् । नेपालमा दलाल पुँजीवादी सत्ता र हाम्रो पार्टीबीचको सम्बन्ध, सम्झौता र सङ्घर्ष यही नियममा चलिरहेको छ । तर, सहमति र सम्झौताहरुलाई तिनका आधारभूत मान्यताभित्र रहेर भिन्नै परिस्थिति नबनेसम्म पालना गर्नु सहमत पक्षको कर्तव्य हुन्छ । तर, नेपालको सरकारले यसको पालना नगरी ‘घेराबन्दी गर्ने र सखाप पार्ने’ खतरनाक हमला गरेको छ । सहमतिको गम्भीर उल्लङ्घन गरेको छ । सहमति भएको पौने दुई वर्ष हुँदासम्म मुद्दाहरु खारेज नहुनु, बन्दी कमरेडहरु मुक्त नहुनु, उल्टै नेतृत्वलाई पक्राउ पुर्जी जारी गर्नु यसैका नमूना हुन् ।

३ बँुदे सहमति राजनैतिक सत्ता सङ्घर्षमा पैदा भएको शक्ति सन्तुलनको परिणाम भए पनि सारमा एकीकृत जनक्रान्तिको सफलता थियो । पार्टी दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको निर्विवाद विकल्प बन्न पुग्यो । सहमतिपछिका दिनमा पार्टीले राष्ट्रिय स्वाधीनता, जनताका अधिकार, महङ्गीविरुद्ध जब अविराम सङ्घर्ष चलायो । मुख्यतः भारतीय साम्राज्यवादको लिपुलेक, लिम्पियाधुरा अतिक्रमण विरुद्धको सशक्त सङ्घर्ष र अमेरिकी साम्राज्यवादको एमसीसी र एसपीपीविरुद्धका जुझारु सङ्घर्षले हरेक दिन पार्टीको ओज बढ्दै गयो । त्यसलाई नजिकबाट नियालिरहेका शासकहरु त्रसित र सशंकित भए । नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध देशभित्रका दलालहरु मात्र होइन, अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद पनि सक्रिय भए । उनीहरुले पार्टीभित्र र बाहिरबाट गर्न सकिने जति सबै दाउपेच र षड्यन्त्र गर्न थाले । ३ बुँदे सहमतिको अवहेलना र उल्लङ्घन यसैको परिणाम हो ।

केपी वली नेतृत्वको सरकारदेखि शेरबहादुरको सरकारसम्मलाई प्रचण्ड–माधवदेखि शेरबहादुर–बालकृष्ण खाँड, केपी ओलीसम्मलाई भेटेर हामीले निकै पटक सहमतिहरुलाई शीघ्र कार्यान्वयन गर्न आग्रह ग¥यौं । ढिला हुँदै गएपछि ज्ञापनपत्र बुझाउनेदेखि विरोध प्रदर्शनसम्म ग¥यौं । तर, उनीहरुले भेट हुँदा मुखले मीठा कुरा गर्ने, ३ बुँदे सहमतिलाई लागू गरिन्छ भन्ने सक्दो छिटो गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने तर व्यवहारमा पटक्कै कार्यान्वयन नगर्ने तरिका प्रयोग गरे । यो भनेको ३ बुँदे सहमतिलाई कम्युनिस्ट पार्टीलाई आफैँमा विलिन बनाउने भएन भने घेराबन्दी गरेर दबावमा पार्ने, त्यो पनि भएन भने दमन गर्ने सोच थियो । जस्तो कि उनीहरुले कथित कानूनका तर्क गरेर बन्दी कमरेडहरुलाई मुक्त नगर्नु, नेता कायकर्तामाथिका मुद्दाहरु खारेज नगर्नु उल्टै बीच–बीचमा नेता कार्यकर्ताका घरमा पुर्जी टाँस्ने, मुद्दा लगाउने, गिरफ्तार गर्ने हँुदै आएर ३ बुँदेमा हस्ताक्षर गर्ने मुख्य नेतृत्व र नेताहरुलाई नै पक्राउ पुर्जी जारी गर्नु यसैका नमुना हुन् ।

राज्यका अधिकारी र मन्त्रीहरु कतिसम्म बेइमान र झेली छन् भने जब पार्टीले पक्राउ पुर्जी, गिरफ्तारी र दमनबारे विरोध गर्छ र भेट्छ, उनीहरुले आपूmहरुलाई थाहा नभएको, कुरा गरौंला, कानूनी प्रकृया छुट्टै रहेको जस्ता रकमी तर्क गर्ने गर्छन् । हालै पाटन उच्च–अदालतले पार्टीका नेताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जीबारे पनि यस्तै जवाफ दिए । तर, यो पुरै झुट र बनावटी कुरा हो । यो हमला योजनाबद्ध भएको छ र यसबारे राज्यका मुख्य निकायहरु पुरै जानकार छन् । अझ उनीहरुकै योजनामा भएको छ । यो घटना यस्तो बेला गरिएको छ जतिबेला नेपालमा अमेरिकी विदेश उपसहायक मन्त्री डोनाल्ड लु एसपीपीबारे कुरा गर्न आएका छन्, हाम्रो पार्टीले विरोध प्रदर्शन आयोजना गरेको छ र युवा विद्यार्थीहरु गिरफ्तार भएका छन् । पार्टीले असोज १ ऐतिहासिक नवौँँ महाधिवेशन काठमाडौँमा उद्घाटन गर्दैछ र तयारी धुमधामसँग हुँदैछ, अनि साउन २२ बाट संघ र प्रदेशको चुनावमा भाग लिन चाहने दलहरुले दल दर्ता गर्नु पर्ने छ, पार्टीले आन्तरिक र मित्रशक्तिसँग छलफल गर्दैछ । यो सबैलाई हेरेर मालिकहरुलाई खुसी पार्ने, महाधिवेशनलाई बिथोल्ने र पार्टी चुनाव उपयोगका पक्षमा जानै चाहे पनि भाग लिन नसक्ने बनाउने उद्देश्यका साथ घटना घटाइएको छ । यसको सिधा सम्बन्ध पार्टी र क्रान्तिको घाँटी निमोठ्नुसँग छ । यो खेलमा मुख्यतः माके र कांग्रेस संलग्न देखिन्छन् ।

पार्टीले दलाल पुँजीवादी सत्ताको घेराबन्दी र षड्यन्त्र प्रष्ट बुझेपछि यसलाई जबरजस्त तोड्नुको विकल्प थिएन, तोडियो । एउटा क्रान्तिकारी पार्टी र नेतृत्वपंक्तिको मुख्य दायित्व क्रान्तिको रक्षा गर्नु हुन्छ र छ । त्यसका लागि कहिले लचक हुन तयार हुनुपर्छ भने कहिले निर्मम बन्न सक्नुपर्छ । कुनैबेला कलात्मक र सन्तुलित हुन सक्नुपर्छ भने कहिले खरो र आक्रमक हुन सक्नुपर्छ । यदि क्रान्तिका लागि जरुरी पर्छ भने सम्पूर्ण दाउ थापेर पनि भिड्न सक्नुपर्छ । परिस्थितिले हामीलाई त्यही दिशातिर धकेलिरहेको छ ।

खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला

पार्टी एमसीसीविरुद्धको सङ्घर्षसम्म पुग्दा देशको श्रेष्ठ एवं क्रान्तिकारी पार्टीका रुपमा स्थापित बन्न पुग्यो । कम्युनिस्ट समर्थक नागरिकहरुको मात्र होइन देशभक्त शक्ति र सर्वसाधारण नागरिकहरुको पनि भरोसाको केन्द्र बन्दै गयो । ठीक त्यही समयमा चुनावी कार्यनीतिलाई बहाना बनाएर सुदर्शन–कञ्चनहरुले एकीकृत जनक्रान्ति, पार्टी नेतृत्व र पार्टीमाथि “मौका कुरेर मार हान्ने” या षड्यन्त्रकारी तरिकाले पार्टी कब्जा गर्ने लिनपियाओवादी शैलीमा हमला गरे । उनीहरुलाई सहयोद्धा कमरेडकै विश्वासबाट व्यवहार गरिरहँदा अनुमान गरेभन्दा निकै परपुगेर वैरीले नलगाएका आरोपहरु वर्षाए । हमला यति योजनबद्ध, आक्रमक र दुश्मनीपूर्ण देखियो कि खराब नियत भएका र भगौडा तत्वहरु मात्र होइन केही इमान्दार साथीहरु पनि तिलमिलाउन पुगे ।

उनीहरुले महासचिव–प्रवक्तालगायत नेताहरु संसदवादमा भासिएको, आत्मसमर्पणवादी भएको, क्रान्तिलाई ध्वस्त पारेको, एकीकृत जनक्रान्तिको कार्यदिशा सारसङ्ग्रहवादी भएको, जुुझारु अर्थवादी भएको भन्ने प्रचार गर्दै पार्टी नै फुटाउने ठाउँमा पुगे । पार्टी नीतिको बचाउ गर्ने पंक्ति निकै कमजोर जस्तो बन्यो । यो देखेर उनीहरु चोरी हाल्ने गोरु जस्तो जुरो ढल्काउँदै परपर कुद्ने अरु पछि–पछि हातपाउ जोड्दै हिँड्ने जस्तो देखियो । तर, जब पार्टीले लिनपियाओवादी षड्यन्त्रकारी प्रवृत्तिमाथि क्रान्तिकारी हस्तक्षेप ग¥यो, तब त्यो प्रवृत्ति भचाक–भुचुक बन्न पुग्यो । उनीहरुले आफ्नो भ्रष्ट बिचलन एवं षड्यन्त्रकारी कर्मलाई जतिनै राजनैतिक रङ दिन खोजे पनि फोहर पानीको फोका जस्तो प्वाट्ट फुटेको छ । यद्यपि अझै केही अवसरवादी पm्याउराहरुको विभत्स क्रन्दन सुनिंदै छ, त्यसप्रति बेपर्वाह हुनुहुँदैन ।

पार्टी नेतृत्व संसदवादमा फस्छ या क्रान्ति छोडेर दलाल पुँजीवादी सत्ताभित्र छिर्दछ भने त्यसलाई नाङ्गेझार पार्नै पर्दछ र क्रान्तिकारीहरुले विद्रोह गर्नै पर्दछ । संसदवाद, आत्मसमर्पणवाद र विसर्जनवादविरुद्ध धावा बोल्नु पर्छ र नयाँ पार्टी बनाउनै पर्छ । तर, के पार्टीको नेतृत्व र नेताहरुले सुदर्शन, कञ्चनहरुले भनेजस्तै एकीकृत जनक्रान्ति छोडेको, संसदवादमा प्रवेश गरेको या आत्मसमर्पण गरेको अवस्था हो ? के नेपाल कम्युनिस्ट पार्टीको सट्टा अर्को पार्टी खडा गर्नुपर्ने अवस्था बनेको हो ? के नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वमाथि हमला गर्दै विसर्जित पार्टीहरुसँग टाँसिन जानु उचित हो ? अनि उनीहरुले कुनचाहिँ विषयबाट हामीमाथि यस्ता आरोप लगाउन सके ? या उनीहरुले हामीबाट अलग भएपछि के चाहिँ नयाँ र हाम्रोभन्दा फरक संश्लेषणहरु गरे त ?

बाह्रौँ पूर्ण बैठकमा पार्टीले स्थानीय चुनावलाई प्रयोग गर्ने कार्यनीति लिनुपर्छ भन्ने प्रस्ताव महासचिवले पेस गरेको साँच्चै हो तर यो प्रतिक्रियावादी, दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थातिर फर्किनका लागि या क्रान्ति छोड्नका लागि कदापि थिएन र यो कल्पना गर्न सकिने विषय नै होइन । यदि नेतृत्वले संसदवादी मार्ग लिने सोच्दो हो भने किन स्थानीय चुनावको बाटोबाट लिनुपर्छ ? प्रचण्डसहितको माओवादी पार्टी, बाबुराम प्रधानमन्त्री बन्दाको परिस्थिति, ३ बुँदे सहमति हुँदा केपी सरकारको आग्रह, हालको पाँच दलीय गठबन्धनकै सोचाइ जताबाट पनि केन्द्रमै सहभागी बन्ने पर्याप्त विकल्पहरु थिएनन् र ! के यो सुदर्शनले जस्तो रिपोर्टस क्लबमा एउटा समानुपातिक संसदका लागि रुँदा पनि निर्दयी प्रचण्डको मन नपग्लिएर विरक्तिएको जस्तो हो र ! अनि यो कुरा भगौडा अवसरवादीहरुलाई थाहा छैन र !

कम्युनिस्ट क्रान्तिकारीलाई मात्र होइन, मालेमावादको सामान्य ज्ञान हुने मान्छेलाई पनि थाहा छ कि पुँजीवादी व्यवस्थाका चुनावहरु क्रान्तिकारी कम्युनिस्टहरुका लागि कार्यनीतिक विषय हुन् । देशको राजनैतिक परिस्थिति र क्रान्तिको हितलाई ध्यानमा राखेर कहिले बहिष्कार र कहिले प्रयोग गर्ने गर्दछन् । क्रान्तिको तयारी या क्रान्ति चलिरहँदा स्वभावतः बहिष्कार बढी प्रयोग हुने गरेका छन् तर स्थितिलाई हेरेर प्रयोग पनि गर्ने गरिन्छ । बहिस्कार या प्रयोगको सम्बन्ध क्रान्तिकारी रणनीतिको हितसँग जोडिन्छ । ठोस परिस्थितिमा जे गर्दा रणनीतिलाई फाइदा पुग्छ त्यो गरिन्छ र गुर्नपर्छ । यो विषय सुदर्शन–कञ्चनहरुलाई थाहा नभएको पनि होइन । अर्को कुरा, पार्टी नेतृत्व क्रान्तिबाट बाहिर गइसक्यो या संसदवादमा भासिंदै छ या छैन भन्ने बारेमा पनि उनीहरु अनभिज्ञ छन् भन्ने पटक्कै लाग्दैन । किनकि उनीहरुले जे भन्दैछन् त्योभन्दा सयौं गुणा बढी क्रान्तिका साधन र आधारहरु पार्टीसँग पहिलेदेखि नै खडा छन् । अर्को विषय, उनीहरु पहिले देखिनै या भित्रैदेखि चुनावी कार्यनीतिको विरोधी पनि होइनन् । त्यस्तै उनीहरुलाई एकीकृत जनक्रान्ति अहिले भन्ने गरेजस्तो सारसङ्ग्रहवादी भयो भन्ने लागेर पनि होइन । सुदर्शनहरुले यो विढङ्गो गर्नुमा खास कारण र नियत नै फरक छ ।

इमान्दार पार्टी पंक्तिलाई थाहा छ कि नेपाली क्रान्तिको कार्यदिशा के हुनु पर्दछ भन्ने सवाललाई निदान गर्दै हामीले किरणबाट विद्रोह गर्दा ‘एकीकृत जनक्रान्ति’ ठोस गरेका थियौं । यो कुनै रातारात मनोगतवादी तरिकाले गरेको संश्लेषण या कसैको नक्कल गरेर प्रस्तुत गरेको संश्लेषण नभएर जनयुद्धदेखि कम्युनिस्ट आन्दोलन विशेषतः नेपाली क्रान्तिभित्र कार्यदिशाबारे चलेको गहिरो बहस, जनविद्रोह र जनयुद्ध भन्ने कार्यदिशाका मूर्त विशेषता एवं तिनका परिस्थितिजन्य सीमा, २१ औं शताब्दीका नयाँ विशेषताहरु र नेपाली अर्थराजनैतिक सम्बन्धहरुमा आएका परिवर्तनलाई विश्लेषण गरेर बुद्धिमत्तापूर्ण ढंगले गरेको संश्लेषण हो । हामीले त्यतिबेला नै स्पष्ट भनेका छौं कि जनविद्रोह र जनयुद्ध बीसौं शताब्दीका क्रान्तिकारी कार्यदिशा हुन् । सापेक्षित पुँजीवादी देश रुसमा प्रयोग भएको जनविद्रोहको कार्यदिशा र किसान र ग्रामीण क्षेत्र बाहुल्य भएको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देश चीनमा प्रयोग भएको दीर्घकालीन जनयुद्धको कार्यदिशा त्यसबेलाका ठोस परिस्थितिलाई समाधान दिन सक्षम कार्यदिशा थिए । तर, ती कार्यदिशाले आजको नेपाली एवं विश्व परिस्थितिसँग मेल खाँदैनन् । नेपाल अहिले न रुसको जस्तो परिस्थितिमा छ न त चीनको जस्तो विशेषतामा नै छ । नेपालमा सामन्तवादको अन्त्यपछि दलाल पुँजीवादी सत्ता चलिरहेको छ । राजनैतिक एवं आर्थिकरुपले निकै नयाँ र भिन्न विशेषतामा छ । यहाँको मुख्य अन्तर्विरोध दलाल पुँजीवादी सत्ता र श्रमिक जनताका बीचमा रहेको छ । यसको समाधान सही तरिकाले गर्ने हो र हामीले वास्तविक सफल क्रान्ति गर्ने हो भने तीभन्दा गुणात्मकरुपले नयाँ र उच्च कार्यदिशा संश्लेषण गर्नुपर्छ । एकीकृत जनक्रान्तिका विशेषता र आधारहरु के हुन् भन्ने हामीले प्रशस्त छलफल गरिसकेका छौं ।

विप्लव

एकीकृत जनक्रान्तिको प्रस्ताव गर्दा कञ्चन हामीसँगै थिए । यद्यपि उनको सक्रिय सहभागिता हुन सकेन किनकि किरणबाट विद्रोह गर्दा अन्तिम समयमा मात्र उनी उपस्थित हुनसके । तर, पछि काफी छलफल भयो र हाम्रो स्पष्ट बुझाई एकीकृत जनक्रान्ति नै वैज्ञानिक र वस्तुवादी हो भन्ने भयो । यसबारे उनले मेहनत गरेर लेखहरु पनि लेखेका छन् । एकीकृत जनक्रान्तिबारेको एउटा रोचक प्रसँग छ कि हामीले प्रतिरोध कारवाहीहरु बढाएपछि प्रतिबन्ध सुरु भयो । लगत्तै एकजना अमेरिकी बुद्धिजीवि सम्भवतः निकै प्रभावशाली प्रोफेसर हामीलाई भेट्न नेपाल आए । मसँग भेट नहुने भएपछि कञ्चनलाई पठायौं । उनी वायुयान नै ‘बुक गरेर’ कञ्चनलाई भेट्न आए । कञ्चनले बताए कि भेट्न आउनुको मुख्य विषय नै ‘एकीकृत जनक्रान्ति’ भनेको के हो ? जनविद्रोह र जनयुद्धभन्दा फरक केमा छ भन्ने थियो । जब कञ्चनले एकीकृत जनक्रान्तिको व्याख्या गरे ती बुद्धिजीवि उत्तेजित जस्तो भएर जुरुक्क उठेर ‘ठीक’ भन्दै हात मिलाएका थिए । यदि कञ्चन एकीकृत जनक्रान्तिबारे अनभिज्ञ भएको भए या चित्त नबुझेको भए कसरी अमेरिकी बुद्धिजीविलाई विश्वास दिलाउन सक्थे । त्यसो हो भने आपूm त आपूm भयो विदेशीलाई समेत मोहित पार्ने कार्यदिशा सफलताको यो विन्दुमा आउँदा झन कसरी सारसङ्ग्रहवादी भयो होला त !

सुदर्शनको हकमा योभन्दा पनि फरक सम्बन्ध छ । जब सुदर्शन प्रचण्डबाट अलग भए, उनी कुन पार्टीमा जाने भन्ने स्पष्ट थिएन । उनले हामीसहित किरण, बराल, रविन्द्रलगायत साथीहरुसँग लामै छलफल गरे । हामीसँगको छलफल जमेर हुने ग¥यो, लामा–लामा बहसपछि उनी हामीसँग नै सहमत भए । उनको दिमागमा एकीकृत जनक्रान्ति के हो ? यसको समग्र प्रणालीबारे कसरी सोचिएको छ भन्ने चेत हामीले नै भरिदिएका थियौं । उनी वास्तवमै उत्साहित पनि भएका थिए । उनी माओवादी पार्टीमा हुँदा पहिले प्रचण्डका हनुमान नै थिए । प्रचण्डले कमजोरी स्वीकार गर्दा पनि उनी टसमस नहुने जस्ता देखिन्थे तर जब उनी कारवाहीमा परे, उनी वास्तवमा सडकमै पुगेको अवस्था थियो (नेकपामा आएपछि यसको प्रतिष्ठालाई भजाएर करोडपति भइसकेका छन्) । त्यसबेला हामीले नै रेखदेख गरेका थियौं । सिद्धान्त, राजनीति र व्यवहार सबैबाट हामीसँग उनी एकीकृत भए । यदि उनी एकीकृत जनक्रान्तिमा सहमत हुँदैनथे भने एकता सम्भव हुँदैनथ्यो । यो कुरा उनले धेरै ठाउँमा मजैले लेखेका छन् र प्रशिक्षणमा पनि भन्ने गरेका थिए । अन्य साथीहरुको चर्चा यहाँ आवश्यक नै छैन । किनकि धेरैजसो साथीहरु प्रचण्ड, किरणहरुसँग भएका सङ्घर्षमा प्रत्यक्ष सहभागी र सहमत भएर आएका हुन् । जो सहमत थिएनन् ती आएनन्, फर्किए या भागे । यति स्पष्ट हुँदाहुँदै सुदर्शनका लागि एकीकृत जनक्रान्ति कुनै ‘एकान्तबासी अघोरी’लाई जस्तो किन सारसङ्ग्रहवादी लाग्यो !

३ बुँदे सहमति गर्दाको प्रसँग पनि निकै रमाइलो छ । वास्तवमा हामी जुन अवस्था र मनस्थितिमा थियौं वार्ता सम्झौताप्रति त्यति मन खुलेको थिएन । केपी वलीको सरकार र संसदीय व्यवस्था नै असफल र सङ्कटमा परेपछि वार्ताको संभावना बन्न पुग्यो । वार्ता सम्बन्धसूत्रका लागि हामीले दीपकलाई खटाएका थियौं । वार्ता हुँदै जाँदा सहमति हुने संभावना बढ्यो र कमरेड प्रकाण्ड र दीपकको टोली बनाइयो । वार्ताका लागि दीपकले सुरुमा सात बुँदे सरकारी प्रस्ताव ल्याएका थिए । ती पार्टीलाई आत्मसमर्पण गराउने खालका थिए । हामीले तिनलाई ठाडै इन्कार गर्दै आठबुँदे प्रस्ताव पठायौं, जो सिधा क्रान्तिका पक्षमा थिए । लामै छलफलपछि उनीहरु दुईवटा विषयमा अडिए । एउटा हातहतियारको विषय र दोस्रो संविधान र लोकतन्त्रबारे । यसमा पनि निकै बहस भएपछि गृहमन्त्री बादलले दीपकलाई सोधेका थिए “के पार्टी नेतृत्व साँच्चै वार्ताका लागि इमान्दार छ ?” दीपकले जवाफ दिएका थिए “सय प्रतिशत विश्वास गर्नुस् नेतृत्व तयार छ !” अन्तिमसम्म सबै मिल्यो तर एउटा दुई नम्बर बँुदामा शान्तिपूर्ण रुपले राजनैतिक गतिविधि गर्नेछौं भन्नेमा ‘वैधानिक’ भन्ने शब्द राख्न खुब जोड गरेका थिए । यो शब्दमा दीपक सहमत पनि भइसकेका थिए तर मैले टुङ्गो नलगाउन भनें र प्रकाण्डलाई काठमाडौँ पठाएर त्यो शब्द हटाउन भनें । यदि वैधानिक भन्ने शब्द जबरजस्त राख्न खोजिन्छ भने त्यहाँ गलत मनसाय छ, बरु वार्ता नै स्थगित गरेर फर्किनुस् भनें । पछि त्यो पनि हटाउन मञ्जुरी गरेपछि सहमतिमा हस्ताक्षर गरियो । वार्ताको विषयमा सुदर्शनले अहिले जे भन्न खोज्छन् त्यो निर्लज्जताको पराकाष्ठा छ । उनले जेलबाट कार्यलयलाई लेखेका पत्र अहिले पनि सुरक्षित छन् । गृहसचिव प्रेम राई, एमाले नेता विष्णु पौडेललगायत भेटपछि सुदर्शन वार्ताप्रति पुरै लम्पसार परेका थिए । उनलाई पार्टीले वार्ताबारे चासो नै दिएको छैन कि या जसलाई जिम्मा दिएको छ उनी नै इमान्दार छैनन् कि भन्दै सिधा मलाई नै पहल लिन आग्रह गरेका थिए । जेलमा पुगेका सरकारी मान्छेहरुले आपूmलाई वार्ता टोलीको संयोजक बन्न प्रस्ताव गरेको समेत उल्लेख गरेका थिए । मैले जेलमा परेको मान्छे वार्ताको प्रमुख हुन नसक्ने खबर पठाएको थिएँ । ३ बुँदे सहमतिपछि उनी छुट्न केही ढीला हुँदा जल्केको गाईले दाम्लो चुडाल्न खोजेजस्तो गर्दै थिए । भेट्ने–नभेट्ने मान्छे भेटदै गएका थिए । पार्टीले छुटाउन पहल नै गरेन जस्तो सोचिरहेका थिए । अन्य नेताहरुले कार्यकर्ता छुटेपछि छुटौंला भन्ने प्रतिक्रिया दिने, तर उनी जे गरेर पनि छुट्नु पर्छ भन्नेमा पुगेका थिए । वार्ता टोलीले बाहेक मैले नै प्रचण्ड, माधवहरुसँग कुरा गरेर उनलाई छोडाउन विशेष जोड गरें । एकराज भण्डारीसहित वकिल साथीहरुले मुटुको विरामी भएकाले छुटाइपाउँ भनेर रिटमा बहस गर्नुभयो । सबैको जोडबल र केपी वलीको पनि सकारात्मक सोच भएकाले उनी छुटे तर बाहिर आएर मुटुका विरामी भएका भनिएका मान्छेले ट्रकमा उभिएर एक घण्टा भाषण पो गरे ! त्यो पनि पार्टीकै विरुद्धमा ! उनले त रिहाइका लागि पार्टी पंक्तिलाई धन्यवाद दिनुको सट्टा आपूmलाई पार्टी भित्रैबाट गिरफ्तार गराएको भन्न पुगे । जब कि पार्टीले धेरै पटक विश्वास नगर्न भनेका व्यक्तिलाई काखी च्यापेकै कारण उनकै संलग्नतामा गिरफ्तार परेका थिए । पछि त केसम्म भन्न भ्याए भने मलाई पार्टीले छुटाएको होइन आफैँ छुटेको हुँ ! यो जस्तो सिल्लीपन अरु के हुन्छ ! कि त सुदर्शनले भन्नु प¥यो मैले जेलभित्रबाट नै घुमाउरो पाराले क्रान्ति र पार्टी छोड्ने बचन राज्यलाई दिइसकेको थिएँ, पार्टी फुटाएर क्रान्तिलाई धोका दिने र दुश्मनलाई सेवा गर्ने विश्वास दिलाएको थिएँ । क्रान्ति र नेतृत्वलाई बदनाम गर्ने जिम्मा लिएको थिएँ ! होइन भने पार्टीको पहलभन्दा बाहिरबाट एनसेलमा जिम्मा लिने सुदर्शन छु्ट्ने तर हामीले भाग लिएका होइनौं भन्ने कार्यकर्ता आजसम्म नछुट्ने कसरी हुन्छ ?!

पार्टी खुल्ला भएपछिको पहिलो चितवन प्रशिक्षणमै विषय उठेको थियो कि चुनावमा के गर्ने ? त्यसबेला मैले भनेको थिए “भर्खर जनतामाझ आएकाले, जेलका साथीहरु छुटाउनु पर्ने स्थितिले साथै क्रान्तिको तयारीलाई सुदृढ गर्नु पर्ने भएकाले दिमाग खुल्ला राखौं, एकपटक भिड्नै परे पनि सङ्घर्षका मोर्चाका रुपमा जान सकिन्छ ।” त्यसबेला सचिवालयमा हामी एकमत नै थियौं र सुदर्शनले मसँग प्रष्ट भनेका थिए “अहिले बहिस्कारमा जानु ठीक हुँदैन । कार्यनीति हो उपयोग गरेर जानुपर्छ ।” सोही सोचअनुसार उनले २०७८ सालको दशैंमा जिल्लातिर जाँदा जाजारकोट, रुकुम, दाङमा चुनावमा भाग लिन सकिन्छ भनेर प्रशिक्षणसमेत गरेका थिए । पछि ती जिल्लाका युवा कमरेडहरुले कार्यालयमा प्रश्नसमेत सोधेका थिए । “सुदर्शनले चुनावको प्रशिक्षण गर्दै हिंडेका छन् पार्टीको नीति के हो ?” मैले पार्र्टीले पारित गरिसकेको नीति होइन, उहाँले भनेको नीतिगत रुपमा गल्ति होइन तर परिस्थिति कसरी जान्छ त्यही बेला सोचिन्छ भनेर जवाफ दिएको थिएँ । उनीसँग पुसमा मेरो भेट हुँदा पनि बहिस्कार गर्नु हुँदैन भन्दै थिए । पछि एक्कासी चुनाव बहिस्कारवादी भएर हमलामा आउनुको कारण चुनावको विषय मुख्य थिएन, अरु नै कारण छन् भन्ने स्पष्ट देखिंदैन र !

चुनावकै विषयमा कञ्चनको पनि सहमति नै थियो । उनले अलि बढी जोड राष्ट्रपति प्रणालीलाई प्रस्ताव बनाऔं भन्नेमा दिएका थिए । यो पनि उनको दिमागको उपज नभएर काठमाडौँका बुद्धिजीविहरुले कोचारिदिएको भ्रामक चेत थियो । खासगरी कार्यालयबाट मैले उनलाई काठमाडौँमा भेटघाट गर्न पठाएको थिएँ । उनी गएर प्रधानमन्त्रीसँग भेट्न नपाए पनि बुद्धिजीविहरुसँग भेटे । एक महिनापछि फर्किंदा उनले काठमाडौँमा डेरा हालेछन् र दिमागमा राष्ट्रपति बोकेर फर्केछन् । वैज्ञानिक समाजवाद पढाउन पठाएको नेता त राष्ट्रपतिको भूत लिएर आएछन् । उनले एघारौं बैठकमै केन्द्रको प्रस्ताव बनाउनु प¥यो भनेका थिए । हामीले वैज्ञानिक समाजवाद छोडेर राष्ट्रपति प्रणाली उठाउनु सैद्धान्तिक रुपले नै गल्ति हुन्छ, त्यो मिल्दैन । आखिर पुँजीवादी सत्ताभित्र संसदीय प्रणाली भए पनि राष्ट्रपति प्रणाली भए पनि क्रान्तिकारी कम्युनिस्टका लागि कुनै नयाँ विषय भएन । सत्ता पुँजीवादी वर्गको हातमा रहेसम्म शासकीय प्रणालीको मात्र कुरा गर्नुको कुनै तुक रहँदैन । तर, उनले बन्दीपुर बैठकमा लगभग एक घण्टा राष्ट्रपति प्रणालीबारे बोले । उनले भित्र पनि भन्थे कि “तत्काल सशस्त्र सङ्घर्ष सम्भव हुँदैन तर पार्टी र नेतृत्व जनतामा वैकल्पिक शक्तिका रुपमा स्थापित बनेका छन्, महासचिव कमरेड, यो प्रस्ताव बनाएर लैजाउँ, जनता सडकमा पनि आउँछन्, प्रणाली पनि आउँछ, तपाइँले जित्नु पनि हुन्छ ।” मैले पार्टीले यो प्रस्ताव बनाउन मिल्दैन, गल्ती हुन्छ भनेर टारिदिएँ । तर, यो सुझाव दिएँ कि यदि पुँजीवादीहरुले नै संविधान संशोधन गरेर शासकीय स्वरुप राष्ट्रपतीय बनाएछन् भने कार्यनैतिक रुपले प्रयोग गर्न सकिएला, त्यसका लागि प्रचण्ड, बाबुराम, गगनहरुलाई भन्नुस् । काठमाडौँमा पुगेर केही प्रयत्न पनि गरेको सुनियो तर उनको कुरालाई संसदवादीहरुले हावामै उडाइदिए । उनी भने बारबार पार्टीले राष्ट्रपतीय प्रणालीको प्रस्ताव नबनाइदिएको गुनासो पोखिरहन्थे । अनि उनी कसरी संसदीय व्यवस्था र चुनावी कार्यनीतिको विरोधी भए ! यो एउटा पाखण्ड मात्र भएन !

हामीले दर्शनका क्षेत्रमा संश्लेषण गरेको सजातीय विपरितको एकत्वको नियमबारेमा पनि उनीहरु अहिले आएर असन्तोष र असहमति व्यक्त गर्दैछन् । यो एकदमै अनौठो लाग्छ कि यिनै मान्छेहरुले आठौं महाधिवेशनमा एकदम ठीक हो भन्दै लामा–लामा व्याख्यानहरु छाँटेका थिए । हुन पनि हामीले यो संश्लेषण कुनै आवेगमा आएर या कुनै अमुक व्यक्तिको विरोध र कसैको शक्तिलाई बलियो बनाउनका लागि गरेका थिएनौं । हाम्रो चिन्ता केवल एउटै थियो पार्टीमा देखापर्ने पुँजीपन्थी प्रवृत्तिहरुलाई विपरितको एकत्वको नाम दिएर बँचिराख्न दिनु हुँदैन । यदि विचारमै बुर्जुवा या पुँजीवादी देखा प¥यो भने पार्टीबाट मिल्काइ दिनुपर्छ या कडाइपूर्वक रुपान्तरण हुनुपर्छ । अन्यथा हेर्दाहेर्दै खु्रश्चोभहरुले क्रान्तिकारीहरुको हातबाट सत्ता खोसेजस्तो खोस्न सक्छन् । यसबारे सुदर्शन–कञ्चनहरुले राम्रैसँग व्याख्या गर्दै हिँडेका हुन् । पछि जब सुदर्शन मध्यकमाण्डमा हुँदा आपूm एक्लिएर गए या पछि जेल पर्दा आपूm कमजोर भएको महसुस गर्न थाले त्यसपछि जसलाई पनि विरोधी र शत्रु देख्न थाले । आपूmले भनेको जस्तो नभएपछि दर्शनकै संश्लेषणले यस्तो अधिभूतवादी समस्या पैदा भयो कि भन्ने ठाउँमा पुगे । अँध्यारोमा कुनै अन्धविश्वासीले ठुटोलाई भूत भनेर डाराएजस्तो सजातीय विपरितको एकत्वलाई अधिभूतवादको आकृति बनाउँदै तर्सिन थाले । हुन पनि उनी कति एकहोरे डेब्रे छन् भने आफ्नो अगाडिको साथी कता पुग्यो, सालको ठुटोलाई साथी भनेर १० मिनेट हामीलाई ठिङ्ग उभ्याएका थिए ! यसले स्पष्ट देखाउँछ दर्शनमा हामीले गरेको संश्लेषण अधिभूतवादी होइन कि आफ्नो कमजोरी छिपेन भनेर दर्शनमा समस्या देख्ने सुदर्शनहरुको दृष्टिकोण अधिभूतवादी छ ।

सुदर्शन–कञ्चनको दृष्टिमा हामी ‘जुझारु अर्थवादी’ भएका छौं । किन रे भने हामीले पैसा धेरै उठायौं, बचत ग¥यौं, जमिन किन्यौं, घर हाल्यौं, भौतिक संरचनाहरु बनायौं ।

‘जुझारु अर्थवादी’ शब्द लेनिनले बीसौं शताब्दीमा रुस र युरोपका सुधारवादी, अर्थवादी टे«ड युनियनवादीहरुबारे गरेको विश्लेषण हो । जो मजदुरहरुका बीचमा सङ्गठन गर्दथे र मालिकहरुका विरुद्ध सङ्घर्ष पनि गर्दथे तर उनीहरु मजदुर वर्गीय सत्ताका लागि नभएर आर्थिक माग र सुधारका लागि लड्दथे । उनीहरुका कारण क्रान्तिलाई धक्का पुग्दथ्यो । तर, यहाँ एकीकृत जनक्रान्ति र हामीमाथि यो आरोप थोपरेका छन् । जसले आत्मसमर्पणवाद, विसर्जनवादले ढाल्न खोजेको क्रान्तिको झण्डालाई सचेततापूर्वकविना स्वार्थ रक्षा गरेको थियो । मालेमावादी विचारलाई संरक्षण र विकास गरेको थियो । सारा अवसरवादीहरु प्रचण्डको पूजा गर्दै हिंडिरहेको बेला क्रान्तिको नगरा बजाउन तयार भयो । विभिन्न खालका रुढीवादी, जडसुत्रवादी, अकर्मण्यतावादी, छद्म संशोधनवादीहरुका विरुद्ध सङ्घर्ष गर्दै एकीकृत जनक्रान्ति कार्यदिशा तयार गरेर क्रान्तिलाई उचाइ प्रदान गरेको छ । दर्जन बढी सहिदहरुको बलिदान एवं सयौं जना कमरेडहरुको जेल यातनासहित क्रान्तिमा डटेको छ । जसले एकीकृत जनक्रान्तिका आधारहरु विकास गर्दै वैज्ञानिक समजवादी सत्ताको निर्माण र नेतृत्व गरिरहेको छ । यसका विरुद्ध के जुझारु अर्थवादीको आरोप मेल खान्छ ? सारा जनता, मित्र र कम्युनिस्टहरुले आशा एवं विश्वास गरिरहेको बेला यो आरोप उचित हुन्छ कि पागल प्रलाप हुन्छ !

यो निश्चित हो कि हामीले प्रचण्ड हुँदै किरणसँग विद्रोह गर्दा आर्थिक विषयमा निकै बढी सचेतता अपनाउँदै नयाँ नीति निर्माण गरेका थियौं । त्यसको महत्वपूर्ण पक्ष आर्थिक संकलन र परिचालन संस्थागत प्रणालीमा गर्ने, बचत प्रणाली विकास गर्ने, आर्थिकलाई क्रान्तिको कामसँगै नमुना कार्यमा पनि लगाउने । जतिबेला हामीले यो नीति बनायौं त्यतिबेला सुदर्शन माओवादी केन्द्रमा संसदका लागि झुत्ति खेल्दै थिए ! अरुहरुको दिमागमा कुनै सोच थिएन । नभन्दै हामी पुरै सफल भयौं । आठौं महाधिवेशन नै हामीले थवाङको आफ्नै भव्य भवनमा ग¥यौं । जुन भवनको प्रसंशा जनताले मात्र होइन नेपाली सेनाले पनि गरेको थियो । उक्त भवन हाल पाहुना आवाससहित छ र कोरोना महमारीको बेला जनताले भरपुर सदुपयोग गरे ।

आठौं महाधिवेशनबाटै हामीले बेवास्तामा परेका पुराना नेताहरुको घर बनाइदिने नीति बनायौं । सोही नीतिअनुसार त्यसबेलाका स्थायी समिति सदस्य चित्रबहादुर आलेलाई दुई कोठे घर निर्माण गरिदियौं । कालिकोटमा सहिद स्मृति भवन निर्माण गर्ने निर्णय ग¥यौं । केही पूर्णकालीन कमरेडहरुको व्यवस्थापनमा मद्दत ग¥यौं, प्रतिबन्ध भित्रै धादिङ र मकवानपुरको सीमा गाउँ चेत्रामा आधारभूत विद्यालय निर्माण सुरु ग¥यौं र अहिले उद्घाटन भइसकेको छ । ताप्लेजुङ, भोजपुर, कैलाली, जाजारकोट, रुपन्देही आदिमा निर्माणाधीन समाज घर, सहिद प्रतिष्ठान, पार्क आदिलाई सहयोग ग¥यौं । हरेक सहिद परिवार, घाइते, पूर्णकालीनहरुलाई सक्दो सहयोग गरिरहेका छौं । महासचिवदेखि पूर्णकालीनसम्मलाई व्यवस्थापन गरिरहेका छौं । प्रतिबन्धभित्रका आठौं र नवौँँ पूर्ण बैठकहरुबाट निर्माणसँगै उत्पादनलाई समेत जोड्ने नीति लियौं । हाल हामीसँग सहकारी, भव्य पार्टी कार्यलय, सहिद स्मृति सङ्ग्राहलय, अस्पताल, आवास बनेका छन् या बन्दै छन् । पार्टी अहिले पनि आर्थिक रुपले ऋण र सङ्कटमा छैन । के पार्टीको पुँजी बचत गर्नु, पार्टीको सामुहिक सम्पत्ति निर्माण गर्नु, आफ्नै उत्पादन गर्नु, आत्मनिर्भरतालाई बलियो गरी पक्रनु, समाज घर, बाटो, विद्यालय, अस्पताल, कार्यालय, आवास बनाउनु, पारदर्शी प्रकारले आर्थिक कार्यहरुलाई विकास गर्नु गलत काम हो ? हामीले आत्मसात गरेको क्रान्ति बढाउनु र उत्पादन गर्नु जुझारु अर्थवाद हुन्छ ! हाम्रो विचारमा आजको क्रान्तिमा उत्पादनलाई नजोडेर सफल हुन सकिंदैन । जसले क्रान्तिमा उत्पादन जोड्न सक्दैन जित्न त के टिक्न पनि सक्दैन ।

हाम्रो पार्टीमा आउनु अगाडि जोसँग एक पैसा थिएन, हामीलाई दाङ भेट्न जाँदा पनि बाटामा कमरेडहरुले गाडीमा तेल हालिदिनु पर्दथ्यो ऊ अहिले करोडपति भइसक्यो, ऊ अर्थवादी नहुने, पार्टीको पैसा लुकाउने र लाटसाहेब जस्तो जीवन बिताउने, आफ्नै परिवारको नाममा सम्पत्ति जोड्ने अर्थवादी नहुने, पार्टीलाई नसोधेर घर ठड्याउने, पार्टीको पैसा आ–आफ्ना खातामा जम्मा पार्ने, यताउता गर्दै खेतबारी जोड्ने अर्थवादी नहुने, तर पार्टीको सम्पूर्ण आर्थिक लेनदेनलाई संस्थागत प्रणालीमा लैजाने र नीतिअनुसार चल्ने अर्थवादी हुने, पार्टीलाई घाटामा जान नदिने र पुँजी वृद्धि गर्ने जुझारु अर्थवादी हुने ? यो कस्तो अर्थशास्त्र हो ! हाम्रो दृष्टिमा यो माक्र्सवादी अर्थशास्त्र नभई सुदर्शन–शास्त्र हो !

केही नपाएपछि उनीहरुले महासचिवको आवास बनाएको कुरालाई खुब उचाल्न खोेजे । ठीक हो, प्रतिबन्धभित्रै पार्टीको नवौँँ पूर्ण बैठकको निर्णयअनुसार महासचिवको आवास बनेको छ । यो पार्टीको निर्णयअनुसार मात्र बनेको छ र त्यो निजी मात्र होइन पार्टीकै सम्पत्ति हो । अहिले प्रयोग पार्टीले पनि गरिरहेको छ । यो निर्माण पहिलो होइन र अन्तिम पनि होइन । कैयौं बनिसके, कैयौं बन्दैछन् र बन्दै जाने पनि छन् । यो एकीकृत जनक्रान्तिको मौलिकता हो । तर, आवास निर्माणको विरोध गर्ने महानुभावहरु घरबारबिहीन, सडकछाप सर्वहारा भएर हो त ? त्यसो भएको भए पनि केही नैतिक हुन्थ्यो परन्तु प्रायः विरोध गर्ने र आलोचना गर्नेका आ–आफ्ना साना ठूला घरहरु पहिलेदेखि नै छन् त । के कहिले उनीहरुले आफ्ना घर बनाउनेबारे पार्टीमा छलफल गरेर निर्णय गराएका छन् । जीवनभरी पार्टीमा लागे भन्ने मान्छेहरुका सहर र नगरहरुमा पक्की घर कसरी बने त ? के उनीहरुका घर जादू गरेर बनेका हुन् या गाड्धन फेला पारेर बनेका हुन् ? ल घर त हाले, के उनीहरुले आफ्नो घर छ भन्ने हिम्मत गरेका छन् या कसैले पार्टीका लागि एउटा कोठासम्म प्रयोग गर्न दिने उदारता प्रदर्शन गरेका छन् ! वास्तवमा यी कथित सर्वहाराहरु काम्लोले मुख ढाकेर घ्यू खाने पाखण्डीभन्दा पनि लिच्चड छैनन् त !

सुदर्शनहरुले खुब सर्वहारा संस्कृतिको कुरा पनि गर्छन् तर उनको संस्कृतिसामु कार्यकर्ताहरु मुखामुख गरेर मुस्कुराउन थाल्छन् । मैले भन्ने गरेको छु, सर्वहारा सांस्कृतिक क्रान्ति भनेको क्रान्ति, कम्युनिस्ट पार्टी, सर्वहारा वर्गीय विचार र वैज्ञानिक समाजवादको रक्षाका लागि प्रस्तुत गरेको विचार हो । त्यो त पार्टीको सम्पत्ति हिनामिना गर्ने, वर्ग दुश्मनसँग साँठगाँठ गरेर क्रान्तिकारी र पार्टीका विरुद्ध षड्यन्त्र गर्ने, वैज्ञानिक समाजवाद ढाल्नका लागि तोडफोड गर्ने, निजी स्वार्थका लागि पार्टीमा हमला गर्नेका विरुद्ध चलाएको क्रान्ति हो । के सुदर्शनहरुमा यो छ त ? आर्थिक, सङ्गठन, संस्कृति सारामा उल्टो काम गर्ने अनि नाम चाहिँ सर्वहारा सांस्कृतिक क्रान्तिको लिने कुरा गर्ने कसरी मिल्छ ? यो पनि सर्वहारा संस्कृति नभई सुदर्शन–संस्कृति मात्र हुन्छ !

नेतृत्वले सेना विसर्जन ग¥यो, व्यवस्थापन गरेन भन्ने दुरगन्धी प्रचार पनि चलाएका छन् । सुन्दा पनि अचम्म लाग्छ र छक्क परिन्छ । यी कस्ता कृतध्न मनुवाहरु हुन् ! जसले प्रचण्डले जनमुक्ति सेना विसर्जन गर्दा ठिक हो भन्थे, जनमुक्ति सेना र क्रान्तिको कुरा गर्दा निम्न पुँजीवादी रोमान्स भन्थे, अब सेना बनाएर लडेर क्रान्ति सम्भव छैन भन्थे, जसलाई जनमुक्ति सेना कसरी बन्छ भन्ने मेसोसमेत छैन, कहिल्यै सेनासँग बस्न रमाएनन्, यिनले महासचिवले सेना विसर्जन ग¥यो भनेर कुन मुखले भन्न सक्छन ? थोरै भए पनि लाज मान्नु पर्दैन !

जुन नेतृत्वले विघटित जनसेनालाई निकै दुःख गरेर पुनर्गठन ग¥यो, अनेकौं समस्या र सङ्कटका बीचबाट भरथेग ग¥यो, जुन नेतृत्वको जीवन नै सेनाभन्दा बाहिर छैन र जसलाई पछिल्लो सङ्घर्षमा पनि जनमुक्ति सेनाको पूर्ण साथ छ, जसको विश्वासमा एकीकृत जनक्रान्तिमाथि उठ्दै छ, जसले प्रथम सेना भन्ने नीति बनाएर आफ्नो सापेक्षतामा सुदृढ गरिरहेको छ, यसले जनसेना विसर्जन गर्छ ! यो भ्रमको पनि पराकाष्ठा होइन ?

उल्लेखित विषयहरु घामझैं छर्लङ्ग हुँदाहुँदै किन उनीहरु यति विच्छिप्त प्रकारले उफ्रिरहेका छन् त ? किन भए नभएका अत्यन्त तुच्छ र घृणस्पद आरोपहरु नेतृत्वविरुद्ध ओकलिरहेका छन् त ? जब कि सुदर्शनले बारम्बार भन्ने गर्दथे “महासचिवलाई हेरेर र विश्वास गरेर, उहाँको दृष्टिकोण बुझेर आएको हुँ । नेतृत्वको रक्षा गर्नु पहिलो जिम्मेवारी हो” । अनि कञ्चनले “एकीकृत जनक्रान्तिको कारण पार्टी वैकल्पिक शक्ति बनेको छ, नेतृत्व स्थापित र लोकप्रिय भएको छ, राष्ट्रपतिमा लडेमा जितिन्छ” भन्ने गर्दथे । हाम्राबीचमा कैयौं नयाँ विषयहरुमा छलफल पनि हुन्थ्यो ।

यो सारा बबण्डरका पछाडि सुदर्शन–कञ्चनभित्र दबेर बसेका केही दब्बु मनोवृत्ति र प्रवृत्तिको भूमिका छ भने केही व्यक्तिहरु मुख्यतः सुदर्शन, गुणराजहरुको विचलन र विध्वंशकारी उक्साहटको मुख्य भूमिका छ । हामीले लामो होइन केही मुख्य कडीबारे जानकारी राख्न जरुरी छ । सुदर्शनलाई पार्टीमा ल्याएर स्थायी समितिमा जिम्मेवारी दिंदा पार्टी पंक्तिमा ठूलै असन्तुष्टि थियो । प्रचण्डसँग हुँदा उनले गरेका जालझेल र बद्मासी सम्झिँदै कमरेडहरु अप्रसन्न थिए तर लामो छलफल गरेपछि सहमति बनेको थियो । उनलाई नेतृत्वका हिसाबले ठूलै विश्वास पनि गरियो । कैयौं कमरेडहरुको विमतिका बाबुजुद मध्यकमाण्ड जस्तो महत्वपूर्ण क्षेत्रको जिम्मा पनि दिइयो । काममा पनि पुरै सहयोग गरियो । तर, उनीभित्र माओवादीकालदेखि पसेका आर्थिक, सङ्गठनात्मक र साँस्कृतिक समस्याहरु काँचै देखिए । पछि यही समस्या गुणराजहरुमा पनि प्रकट भयो ।

सुदर्शनमा माओवादी कालको आर्थिक अराजकता मध्यकमाण्डमा पसेसँगै छताछुल्ल हुन थाल्यो । हामीले माओवादी कालको जस्ले सक्छ उसले कुम्ल्याउने, जे पायो त्यही गर्ने आर्थिक प्रवृत्तिलाई पुरै फेरिसकेका थियौं । तर, उनीमा जस्ताको तस्तै देखियो, सुरुमा सम्झाएर रुपान्तरण गर्न जोड गरियो । तर जेल पुगेर फर्किंदासम्म पनि त्यो समाधान भएन, बरु झन बढ्यो ।

पार्टीले देशका नामुद भ्रष्ट र दलालहरुलाई कारवाही गर्ने या कारवाहीको सूचीमा राख्ने, उनी गएर पैसा बोकेर फर्किने या भित्रभित्रै लेनदेन गर्ने गरे । केन्द्रीय सदस्य कमरेडहरुले कारवाहीको माग गर्दा पनि संझाइयो । सातौं पूर्ण बैठकमा त यति प्रहार भयो कि उनीले मसँग राजिनामा दिन्छुसम्म भने । त्यहाँ पनि कमरेडहरुलाई नै संझाइयो तर जब जेल पर्दाको अवस्था, अन्नपूर्ण होटलको फिर्ता गर्नुपर्ने पैसाको अपचलन, चन्द्रागिरीको लेनदेनहरु अगाडि आए, तब परिपत्र गरेरै रोक्नु प¥यो । जेलबाट छुटेपछि उनीसँग प्रतिबन्धका वर्षहरुको छलफल चल्यो । अरु सबै मिले पनि अन्न्पूर्णको पैसा अपचलनबारे मिलेन । जब कि उनीसँग अन्नपूर्णबाट अनुमति बिना आएको पचास लाखबाहेक मध्यकमाण्डको रकम त्योभन्दा पनि बढी थियो । उनले पैसा मासियो भने तर मैले मानेन, अरु हिसाबमा हेरौं तर अन्नपूर्णको पैसा कहाँ कोसँग छ फिर्ता हुनुपर्छ भनें । मलाई कतिपय सूचना उनीबाटै र कतिपय सूचना वकिल र अन्य जिम्मेवार कमरेडहरुबाट प्राप्त भएका थिए जसअनुसार त्यो पैसा मासिएको थिएन र त्यत्रो पैसा मासिन सम्भव पनि थिएन । उनले एक पटक केदार खतिवडा र सूर्य भूजेललाई राख्न दिएको पनि बताएका थिए । जब मैले मानिन तब पुस महिनामा कपिलवस्तुमा भेट्दा भनेका थिए “महासचिव कमरेड, पचास लाखको हिसाब म मिलाउँछु, टेन्सन नगर्नु होला ।” मैले भनें कि मैले किन टेन्सन गर्ने, त्यो मिलाउनुस् धेरै राम्रो हुन्छ । सायद उनलाई लाग्यो नेतृत्वले यसमा रक्षा गरेन । त्यसपछि उनको अनुहार कहिल्यै उज्यालो भएन । तर मैले न उनलाई कारवाही गर्ने हिसाबले सोचें न छोड्ने गरी नै । यो पैसाको मुख्य दोषी भने सुदर्शन नभएर गुणराज थिए । यस्ता निकृष्ट, ‘अधर्मी’ या अनैतिकहरुको बारेमा धेरै भन्नु बेकार छ ।

सुदर्शनले आउँदाको केही समयपछि नै सङ्गठनमा समस्या खडा गरे । पार्टी कसरी बनेको हो, कुन दुःखले बनाइएको हो, समितिहरु कसरी बनेका र चलेका छन्, कुन नेता, कार्यकर्ताको अवस्था, सफलता र समस्या के हुन् भुटिभाङ जानकारी छैन तर अमुक नेताप्रति पूर्वाग्रही धारणाअनुसार कुरा काटेको छ, काठमाडौँका छडुवाहरुलाई भेटेको छ, नभएका गफ चुटेको छ, ठीक बेठीक छुट्टाएको छ, आफैँ लथालिङ्ग भएको छ, पार्टीलाई लथालिङ्ग बनाउन खोजेको छ, यो सङ्गठनमा देखिएको अराजकतावाद थियो । यस्तो देखेपछि निकै सच्याउन खोजियो तर सम्भव भएन । जसलाई उनले नजिकको ठाने, अन्तमा उनैले बिताए । जेल पुग्दासम्म पनि उनको प्रवृत्तिमा सुधार भएन । यदि उनले भनेकै जस्तो सोच्ने हो भने पार्टीमा अकल्पनीय घटनाहरु घटने निश्चित थियो । यदि उनले गरेका कमजोरीलाई हामीले कारवाहीको विषय बनाउँथ्यौं भने उनी दूधको माखोजस्तो हुन्थे यसमा कुनै शंका छैन । तर, उनैलाई एउटा कमरेडको रुपमा आलोचना मात्र गरियो जो उनका लागि पाच्य भएन । त्यसपछि आए उनका दर्शन, संसदीय संशोधनवाद, बहिस्कार, जुझारु अर्थवाद आदि–आदि विश्लेषणहरु ।

वर्ग समाज र सत्ता सङ्घर्षको नियम नै हो कि क्रान्तिभित्र विभिन्न खाले अवसरवादहरु पैदा भइरहन्छन् । त्यसलाई उत्तेजित र प्रकट हुने वातावरण क्रान्तिमा बन्दै जाने नयाँ परिस्थिति र विषयहरुले बनाइदिन्छन् । परिस्थितिअनुसार अवसरवादीहरुले छेपाराले रङ फेरेजस्तो शैलीहरु फेरिरहन्छन् । कहिले उनीहरु उग्रवामपन्थीका रुपमा प्रकट हुन्छन्, कहिले मध्यमार्गी ढुलमुले रुपमा देखापर्छन, कहिले दक्षिणपन्थी आत्मसमर्पणवादी बन्छन्, कहिले चाकडीबाज बन्छन्, कहिले षड्यन्त्रकारीका रुपमा आइलाग्छन् । बाहिरका दुश्मनसँग मिलेर मौका मिल्यो भने लेनिनलाई जस्तो गोली हान्न र माओलाई जस्तो बम हान्न पनि पछि पर्दैनन् । यस्ता अवसरवादीहरु क्रान्तिकारी सङ्घर्षले जोड पक्रेको समयमा चिसोमा सर्प सित–निद्रामा बसेको जस्तो हुन्छन् तर जब परिस्थिति क्रान्तिकारीहरुका लागि थोरै प्रतिकूल बन्छ या सबैकुरा प्रष्ट भन्न नसकिने स्थिति आउँछ सारा कुडाकर्टटहरु वर्षामा जुका जागे जसरी क्रान्ति र नेतृत्वका विरुद्धमा एक सूत्रीय रुपले खनिन आइपुग्छन् । उनीहरु आँखीभौँ उचाली–उचाली, नाकका पोरा फुलाइ–फुलाइ, मुखबाट फिँज निकाली–निकाली डुडाउँछन् । सुदर्शन–कञ्चनको खोक्रो वामपन्थी अवसरवाद भयानक षड्यन्त्रसहित अनुभववादी जमिनलाई प्रयोग गर्दै यसैगरी नै खनियो ।

वास्तवमा उनीहरु राष्ट्रिय स्वाधीनताको खासगरी एमसीसी विरोधी सङ्घर्ष, भ्रष्टाचार विरोधी सङ्घर्ष चल्दासम्म उदास अनुहारमा बसिरहेका थिए । औपचारिकताका लागि भाग लिए पनि जोस–जाँगर र उत्साह थिएन । बानेश्वरमा लडाइ चेलेको छ, जुलुस र भिडन्त चलेको छ तर उनीहरु कोठामा बसेर नेताहरुको भण्डाफोर चलाइरहेका छन् । तथापि पार्टी र नेतृत्वका विरुद्ध बोल्ने ठाउँ थिएन । जब चुनावी कार्यनीतिबारे प्रस्ताव गरियो, खुदो परेजसरी बुर्लुक्क उम्लिए । यसमा उनीहरुको कुनै मालेमावादी सोच होइन कि हतासा, कुण्ठा, निराशा, डाह छताछुल्ल भएर पोखियो ।

चुनावलाई प्रयोग गर्ने कार्यनीति नेतृत्वले लिन्छ भन्ने उनीहरुलाई थाहा थियो । काठमाडौँका अँध्यारा कोठामा काम नै यत्ति गरेछन् कि पार्टी पंक्तिले यसलाई सजिलो मान्दैन, यसैलाई टेकेर हमला तीव्र बनाउने र पार्टी कब्जा गर्ने । यसका लागि उनीहरुले प्रचारदेखि गूट गर्नेसम्मका तानाबाना बनाएछन् । हामीले एउटा कमरेडको रुपमा लियौं तर उनीहरुले “गौंडा कुरेर मार हान्ने” लिनपियाओवादी शैलीलाई प्रयोग गरे । लिनपियाओवादी प्रवृत्तिको सिद्धान्त मुखले प्रशंसा गरेर बम हान्ने र सत्ता हत्याउने सिद्धान्त हो । त्यतिमात्र होइन उनीहरुको यो षड्यन्त्रकारी हमलाभित्र बाकुनिन, कामेनेव, जिनोवियव, खु्रश्चोभेका प्रसस्त अन्तर्घाति जिवाणुहरु चल्मलाइरहेका देखिन्छन् । उनीहरुको यो हमला पछाडि अमेरिकी साम्राज्यवादी र भारतीय साम्राज्यवादी तत्वहरुका भूमिका पनि कुनै न कुनै रुपले संलग्न छ भन्नेमा कुनै द्विविधा छैन । किनकि यी अन्तरघातीहरुको निशानामा अहिले दलाल पुँजीवाद, साम्राज्यवाद, प्रतिक्रियावाद कोही नभएर नेपाल कम्युनिस्ट पार्टी, एकीकृत जनक्रान्ति र नेतृत्व छ । यसप्रति पार्टी एकदमै सचेत बन्न जरुरी छ ।

उनीहरुमा कुनै वैज्ञानिक विचार, दृष्टिकोेण, कार्यक्रम र नीति छैन भन्ने किन पनि पुष्टि हुन्छ भने जब उनीहरुले कथित राष्ट्रिय भेला गरेर जैसीको पात्रो जस्तो बेतुकको प्रस्ताव ल्याए या पछि मुखपत्र छापे त्यहाँ प्रस्तुत विषय हामीले आठौं महाधिवेशनबाट संश्लेषण गरेका र नवौँँ महाधिवेशनका लागि तयार गरेको प्रस्तावित प्रस्तावभन्दा नयाँँ, विकसित, सृजनात्मक सोच शून्य छ । आज नेपाली क्रान्तिको चरित्रबारे आठौं महाधिवेशनभन्दा पनि पछि फर्किएर प्रचण्डले हेटौंडा महाधिवेशनमा पेस गरेको कार्यक्रम “नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति गर्ने” भन्नेलाई छायाँकपी गरेछन् । तर, अर्थराजनैतिक सम्बन्ध, वर्गहरु र अन्तर्विरोधको विश्लेषण भने हाम्रो सारेछन् । यतिसम्म कि उत्तर–साम्राज्यवादको सट्टा हामीले प्रस्तावित गरेको भूमण्डलीकृत पुँजीवाद पनि राखेछन् । फरकै मात्र देखाउनका लागि एकीकृतमा जनयुद्ध थपेछन् । यदि विश्लेषण नै गर्ने हो भने जनयुद्धमा एकीकृत विशेषण लगाउनु नै अशुद्ध छ । माओको भनाइलाई नै लिने हो भने पनि जनविद्रोह, एकीकृत जनक्रान्ति पनि जनयुद्ध नै हुन् । जनयुद्ध भनेपछि एकीकृत लगाउनुको कुनै अर्थ हुँदैन । अनि उनीहरुको व्याख्या हेर्दा हाम्रोभन्दा फरक केही छैन । अनि यत्रो रडाको मच्चाउनुको अर्थ के भयो त ! यसबाट भन्न सकिन्छ कि यो कुनै वैचारिक, राजनैतिक, रणनैतिक अन्तरको विषय नभएर आफ्नो विचलन, अपराध र षड्यन्त्रलाई छोप्ने “केसे रानाको लगौंटी” मात्र हो ।

यसको पुष्टि केले पनि गर्छ भने एकीकृत जनक्रान्तिको भेलले छाँटेर रङ उडेका छेपाराहरुले उन्यूको घारीमा बस्दाबस्दा सिम परेका भ्यागुताहरुसँग घाँटी जोडेर सिवाली परेका ढुङ्गामा बसेर हाम्रो पार्टी र जनक्रान्तिका विरुद्धमा जस्तो दुर्गन्धी एवं कुरुप स्वर निकालेर फद्दाइ रहेका छ्न र क्रान्तिको युगान्तकारी जिम्मेवारीबाट भागिरहेका छन् । यस्ताका पछि लाग्नु भनेको सुनौलो समयलाई फट्टी जुवाडेको खालमा वेफ्वाँकमा उडाउनु सिवाय केही हुँदैन । यिनीसँग लागेर एक मुठ्ठी खर्च गर्नु पनि बालुवामा पानी हालेभन्दा खेर फाल्नु हो ।

अन्तमा हामी महान् क्रान्तिमा छौं । दलाल पुँजीवादलाई समाप्त पार्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने महान्् एकीकृत जनक्रान्तिमा छौं । जतिनै टाउको खियाए पनि वर्ग समाज हुँदासम्म क्रान्तिमा अवसरवाद, अराजकतावाद, गुटवाद, अर्थवाद, षड्यन्त्रबाट बच्न सम्भव छैन । क्रान्ति जति अपरिहार्य छ, अवसरवाद देखिन पनि अपरिहार्य छ । वर्गसङ्घर्षमा दलाल पुँजीवादलाई जित्न अन्तरसङ्घर्षमा अवसरवादलाई जित्नै पर्छ । पार्टीभित्र विभिन्नखाले अवसरवादलाई नपछारेसम्म क्रान्तिमा विजय हासिल गर्न सकिँदैन ।

हामी जनयुद्धदेखि यहाँसम्मको लामो यात्रामा अनेकौं खाले प्रतिक्रियावाद र अवसरवादसँग जुझ्दै, विद्रोह गर्दै र विजयी बन्दै यहाँसम्म पुगेका छौं । २०६४ पछि वर्ग सङ्घर्षमा दलाल पुँजीवादी सत्ताविरुद्ध लड्दै आयौं भने पार्टी भित्र प्रचण्ड–बाबुरामको आत्मसर्पणवाद, विसर्जनवादसँग लड्यौं, किरण–बादलको रुढीवाद, सारसङ्ग्रहवाद, अक्रमण्यतावाद, छदम अवसरवादसँग लड्यौ र एकीकृत जनक्रान्तिलाई संश्लेषण गर्न सफल भयौं । एकीकृत जनक्रान्तिमा कैयौं मान्छेहरु बिचलित भए, तिनले एकीकृत जनक्रान्ति र नेतृत्वबारे अनेकौं भ्रम प्रचार गरे, तिसँग लड्यौं । अहिले बाहिर दलाल पुँजीवाद, भूमण्डलीकृत पुँजीवादसँग लडिरहेका छौं भने पार्टीभित्र सुदर्शन–कञ्चनको खोक्रो वामपन्थी अवसरवाद, लिनपियाओवादी अवसरवादसँग लड्यौं र विजय हासिल ग¥यौं । सुदर्शन–कञ्चनहरुले आज जुन दर्शन, राजनीति, अर्थतन्त्र, एकीकृत जनयुद्धको चर्चा गरिरहेका छन्, त्यहाँ मालेमावाद छैन । सुदर्शनहरुमा केवल अधिभूतवाद छ, यान्त्रिक भौतिकवाद, आर्थिक एवं सङ्गठनात्मक अराजकतावाद, षड्यन्त्रवाद, रुढीवाद र विसर्जनवाद छ । यिनी कहीं पुग्ने अवस्था पनि छैन । यो प्रवृत्तिले क्रान्तिको तर्क गर्नु भनेको हुटिट्याउँले खुट्टा फर्काउनुभन्दा पनि तुच्छ छ !

हामी गर्वका साथ भन्छौं, नेपाल कम्युनिस्ट पार्टीले मालेमावादको आलोकमा नेपाली क्रान्तिको मौलिक विचार एकीकृत जनक्रान्ति प्राप्त गरेको छ । एकीकृत जनक्रान्तिभित्र अतुलनीय उपलब्धिहरु प्राप्त गरेका छौं । क्रान्तिका नयाँ मूल्यहरु संस्थागत र परिचालित गरेका छौं । क्रान्ति बढाउने र उत्पादन गर्ने आत्मनिर्भरताको नीतिलाई विकास गरेका छौं । हामीलाई पूर्ण विश्वास छ– एकीकृत जनक्रान्तिका विरुद्ध जतिनै हमला र षड्यन्त्र भए पनि यसको विजयलाई कसैले रोक्न सक्ने छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु