नेकपाको महाधिवेशनमा समूहगत छलफल सकियो,सुझावहरु प्रस्तुत हुने क्रम सुरु

२०७९ आश्विन २८ गते, शुक्रबार


२८ असोज,कपिलवस्तु । नेकपाको नवौं महाधिवेशनको जारी बन्दसत्रमा समूहगत छलफलको सुझावहरु पेश हुने क्रम सुरु भएको छ । केही समय अघि सुरु भएको तेस्रो दिनको वन्त्रसत्रमा समूहगत सुझावहरु पेश हुने क्रम सुरु भएको हो ।

महाधिवेशनको वन्दसत्रमा महासचिव विप्लवले पेश गरेको राजनैतिक प्रतिवेदन,विधान र संतोष वुढामगरले पेश गरेको जातीय उत्पीडन र मुक्तिका विषयमा समेटिएको प्रस्ताव माथि सुझाव संकलन गर्न २० वटा समूह विभाजन गरिएको थियो ।

प्रत्येक समूहहरुले आफ्नो समूह बाट समूह लिडर चयन गरेर सुझावहरु संकलन गरेका छन । एउटा समूह लिडरलाई १५ देखि २० मिनेटको समय तोकिएको छ । समयको हिसावले भोली सम्म समूहका लिडरहरुले आफ्नो सुझावहरु पेश गर्ने देखिएको छ । सुझाव प्रस्तुतिको क्रम सकिएपछि महासचिव विप्लवले उठेका विषयमा जवाफ दिने कार्यसूचि छ ।

बन्दसत्रमा देशभरका जिल्ला,विभाग,मोर्चा,मञ्च,स्वयम सेवक,कलाकार,प्रवास,विदेश विभाग लगायतका क्षेत्रबाट गरी करिव ७ सयको संख्यामा प्रतिनिधि पर्यवेक्षकहरु रहेका छन । असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सकिने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु