नवौ महाधिवेशनको बन्दसत्रको दोस्रो दिन सुरु, २० वटा ग्रुप विभाजन हुदै

२०७९ आश्विन २७ गते, बिहीबार
 

बसन्त विक

२७ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको जारी नवौं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन विहिवार सुरु भएको छ । केही समय अघि वाट वन्दसत्र सुरु भएको हो । वन्दसत्रमा नेपालका जाति जनजाति र क्षेत्रहरुको उत्पीडन र मुक्तिका बारे १८ पृष्ठ लामो जातीय प्रस्ताव पेश भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट नेकपाका सचिवालय सदस्य संतोष वुढामगरले सो प्रस्ताव पेश गरेका छन । प्रस्तावमा सात वटा राष्ट्रियता विशेषता र पाँच वटा उत्पीडनका रुपहरु रहेको र अवको क्रान्तिले हल गर्नुपर्ने उल्लेख गरिएको छ । मुल प्रस्तावको आंगिक प्रस्तावको रुपमा जातीय प्रस्ताव आएको सचिवालय सस्दय मगरले वताएका छन । राजनैतिक प्रस्ताव भित्रको आंगिक प्रस्ताव भएको र बर्गीय मुक्ति संगै जाति मुक्तिका विषयमा प्रस्ताव आएको नेकपाले जनाएको छ ।

प्रस्तावमा सात वटा जातिहरु मगर,गुरूङ,राई,लिम्वु,तामाङ,थारु र नेवार जातिको उत्पीडन वारे विस्तृत व्याख्या गरिएको छ भने क्षेत्रीय स्तरमा सेति महाकालि,भेरी कर्णाली र मधेशको उत्पीडन र मुक्तिका वारे उल्लेख गरिएको छ । बन्दसत्रले आजै २० वटा ग्रुप विभाजन गर्दैछ । ग्रुप विभाजन पछि राजैतिक प्रस्ताव,पार्टीको विधान र जातीय प्रस्तावका विषयमा छलफल गरी सुझावहरु प्रस्तुत गरिने छन ।

प्रतिक्रियाहरु