टेकेन्द्र सुनारलाई छुवाछूत र कुटपिट गर्ने ऐडि समूहलाई कारवाही गर

२०७९ आश्विन १५ गते, शनिबार

काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालले बाजुरा जिल्लाको बुढिगङ्गा नगरपालिका वार्ड न ५ घर भै हाल भिमदत्त नगरपालिका वार्ड न ७कञ्चनपुरमा बस्दै आएका टेकेन्द्र सुनारलाई छुवाछूत, कुटपिट र लुटपाट गर्ने वडा अध्यक्ष सहितको समुहलाइ कडाभन्दा कडा कानुनी कार्वाही गरी पिडितलाई न्याय दिन माग गरेको छ। मोर्चाका सुदुरपश्चिम संयोजक मधुसूदन राजवंशिद्वारा बिहिवार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरिएको हो। बाजुराको त्रिवेणी नगरपालिका वार्ड न ९ स्थित नाट्यश्वरी मन्दिरमा नवरात्रीको पुजा लगाउन गएको वेला मन्दीरका पुजारी रंग उपाध्याय र सोही नगरपालिका वार्ड न ७ का वडा अध्यक्ष जुद्द ऐडि सहितको समूहले बुधबार सुनारमाथि मन्दिरमा दलितहरुले पुजापाठ गर्न नपाउने भन्दै भौतिक आक्रमण गरि घाइते बनाइनुका साथै उनिसङ्ग रहेको रु ६० हजार पैसा समेत लुटिएको कुरा पीडित टेकेन्द्र सुनारले जानकारी दिएका छन।जनताद्वारा निर्वाचित जनप्रतिनिधि कै प्रत्येक्ष संलग्नतामा निर्घात कुटपिट गरि सार्वजनिक मन्दिरमा पुजा समेत गर्न नदिएको विषय बाहिर आएपछि सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरु र नागरिक समाज देखि अभियन्ताहरुले समेत घटनाको भत्सर्ना गरेका छन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार