अक्टोवर १ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन

२०७९ आश्विन १५ गते, शनिबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले अक्टोवर १ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको बताएको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – “आज १ अक्टोवर । अक्टोवर १ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो । किनभने सन १९४९ अक्टोवर १ का दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको नेतृत्वमा महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको देश हो । महान् चिनियाँ जनताको सहभागीता तथा बलिदान र लाखौं लालसेना ( जनमुक्ति सेना ) ले तत्कालीन चिनियाँ विशेषतामा सैयौं वर्षसम्म सामन्तवाद र साम्राज्यवादमा जगडिएको चीलाई मुक्त गरेर महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर महान् चिनियाँ जनताले वैज्ञानिक समाजवादमा प्रवेश गर्ने कठिन तथा गौरवपूर्ण युध्दले विजयको शिखर चुमेको दिन भएकोले अक्टोवर १ को दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक दिनको रुपमा स्थापित हुन पुगेको हो । जु क्रान्ति सामन्तवाद र साम्राज्यवादको शोषण , दमन र उत्पिडनको जाँतोमुनि पिल्सिएका विश्वका उत्पिडित तथा मुक्तिकामी जनताको लागि आज पनि महान् चिनियाँ नयाँ जनवादी क्रान्तिको विजयको महत्त्व अहिलेसम्म पनि शिक्षाका रुपमा लिनुपर्ने विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ठहर रहेको छ ।
आज चीनमा प्रतिक्रान्ति भै नवउदारवादको विकास भइरहेको भए तापनि सामन्तवाद र साम्राज्यवादक‍ जुवामुनि जोतिन र पिल्सन बाध्य भइरहेका विश्वका विभित्र मुलुकहरुमा जनमुक्ति र राष्ट्रिय स्वाधीनताक‍ो प्राप्तिका निम्ति क्रियाशील भई क्रान्तिलाई अगाडि बढाउँदै आइरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र क्रान्तिकारी जनताप्रति हाम्रो सहयोग र समर्थन रहने हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा केन्द्र विश्व जनसमुदाय समक्ष हार्दिक अपिल जाहेर गर्न चाहन्छ । “

प्रतिक्रियाहरु