३१ कम्पनीद्वारा लघु बीमाको लाइसेन्सका लागि आवेदन

२०७९ आश्विन १४ गते, शुक्रबार

काठमाडौँ। बीमा समितिसमक्ष ३१ कम्पनीले लघुबीमाको लाइसेन्सको लागि आवेदन दिएका छन् । लघुबीमाको लाइसेन्सको अनुमति माग गर्दै ति कम्पनीले आवेदन दिएका हुन् । बीमा समितिले गत भदौ १० गते ३५ दिने सूचना जारी गर्दै लघु बीमाको लाइसेन्सनका लागि आवेदन माग गरेको थियो। न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याउन भन्दै समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा गरि ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेको थियो।
लघु बीमा कम्पनीहरुको चुक्तापुँजी कम्तीमा पनि ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था समितिले गरेको छ। समितिका अनुसार तोकिएको म्याद आजसम्म ३१ कम्पनीले निवेदन दिएका छन्। जीवन लघु बीमा कम्पनीतर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन लघुबीमा, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रो लाइफ, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो फाइनान्स, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स, सिजी लाइफ, प्रोटेक्टिभ माइक्रो लाइफ, श्रीशक्ति लघु, हिमशिखर जीवन लघु, सुरक्षा लघु जीवन र स्वर्गद्वारी लघु जीवन बीमा कम्पनीले आवेदन दिएका छन् ।
निर्जीवनतर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, अभियान लघु बीमा रहेका छन् । यस्तै, केयर माइक्रो जनरल इन्स्योरेन्स ,स्टार माइक्रो, गण्डकी माइक्रो ,सिजी इन्स्योरेन्स, गरिमा माइक्रो जनरल, मुक्तिनाथ जनरल, उन्नती र अल्फा एक्स्प्रेसको आवेदन परेको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु