नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने

२०७९ आश्विन १२ गते, बुधबार


काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएका छन् । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्विकार गरेका हुन् । मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री अथकले राष्ट्रपति भण्डारीलाई औपचारीक निमन्त्रण पत्र समेत प्रदान गरेका छन् ।
असोज २८ गतेदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भइसकेको छ । यस्तै कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौंको राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन । तियोगिताका लागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरुको नाम दर्ता भइसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु