जिप दुर्घटना: आठ जनाको मृत्यु

२०७९ आश्विन १२ गते, बुधबार


काठमाडाैं । सल्यानको कपुरकोटमा जिप दुर्घटनामा परी निधन भएका आठ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी एक महिला र सात जना पुरुषको मृत्यु भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ जलवाङका जीतबहादुर बोहरा र सोहि ठाउँका ३७ वर्षिय धर्मा वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिए ।
यस्तै सोही ठाउँकै ४० वर्षिय टोपबहादुर वली, उनको छोरा ११ वर्षिय बसन्त वली, सोही ठाउँकै ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल वलीको दुर्घटनामा परी निधन भएको छ । यस्तै कपुरकोट–६ जलवाङकै कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षिय ललित वलीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिए । शबलाई सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परी एक जना गम्भिर घाइते भएको उनले बताए । गम्भिर घाइते हुनेमा कपुरकोट–६ जलबाङकै ३५ वर्षिय तिलक वली रहेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी प्रमुख केसीले जानकारी दिए ।
नेपालगञ्जबाट सल्यानको कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा बिहान साढे तीनबजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार