नेकपा उदयपुरको दोस्रो पूर्ण बैठक सम्पन्न

२०७९ आश्विन १२ गते, बुधबार


काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्लाको तेस्रो जिल्ला सम्मेलनपछिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बैठकका प्रमुख अतिथि उदयपुर ,ओखलढुंगा जिल्लाका जिल्ला इन्चार्ज विबेक कुमालको अतिथि र जिल्ला सचिव लक्ष्मण पौडेयालको अध्यक्षतामा बसेको बैठकले असोज २५ गते देखि ३१गतेसम्म हुन्ने पार्टीको ९ औ महाधिवेशनलाई केन्द्रित गर्दै बैठक सम्पन्न भएको छ । उक्त बैठकमा उपस्तिथित सम्पूर्ण जिल्लाका जिल्ला कमिटी सदस्यहरुले आ आफ्नो कार्य क्षेत्रमा गरेको सम्पूर्ण कामको रिपोर्टिङ राखेका थिए।
उक्त बैठकमा उठेका प्रश्नहरु माथि प्रशिक्षणत्मक मन्तव्य राख्दै बैठकका अतिथि तथा उदयपुर ईन्चार्ज विवेक कुमालले असोज १ गते बाट पार्टीको ९औं महाधिवेशन काठमाडौँमा उद्घाटन हुने भनियता पनि देशमा भएको राष्ट्रिय परिस्थितिमा फेरबदल भएको कारणले रोकिएको कुरा जानकारी गराउदै उनले यहि असोज २५ देखि ३१ गते सम्म कपिलवस्तुमा हुने कुरा जानकारी गराए । उनले पार्टीको नवौँ महाधिवेशन भव्य रुपमा सफल पार्नको लागि व्यापक रुपमा जिल्लामा जनपरिचालन गर्ने र प्रचार प्रसारलाई तिब्रता दिन आग्रह गर्दै उनले राज्य र अन्य पार्टीका केहि भरौटेहरुले पार्टीप्रति गर्ने गलत प्रचार प्रसारको विरुद्धमा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न र ड्टेर सामना गर्दै अगाडि बढ्न पार्टीको जिल्ला समिति सदस्यहरुलाई निर्देशन दिएका थिए ।
अन्त्यमा बैठकका अध्यक्ष तथा जिल्ला सेक्रेटरी लक्ष्मण पौडेयालले ९औं महाधिवेशनमा जिल्ला बाट जाने प्रतिनिधि ,पर्यवेक्षक सदस्यहरुको नाम प्रस्ताव गरेका थिए भने जिल्ला समितिले पास गरि ९औं महाधिवेशनको प्रतिनिधि पर्यवेक्षक चयन गरेको थियो ।
उनले जिल्लामा आउने समस्याहरुलाई पहिचान गर्दै आगामी दिनमा पार्टीलाई अगाडि बढाउन सबै जिल्ला समिति सदस्यहरु लगायत आफुले गर्नु पर्ने जिम्मेवारी प्रति अडिग रहि जिल्ला पार्टीलाई अगाडि बढाउने र देश र जनताले हाम्रो पार्टी प्रति गरेको बिश्वासलाई मर्न नदिने प्रतिबद्धता गर्दै बैठक समापन गरेका थिए।
-अनिता गजमेर,उदयपुर

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु