क्रान्तिकारी पत्रकारहरुको काँधमा आइपुगेको ऐतिहासिक कार्यभार

२०७९ आश्विन ११ गते, मंगलवार

विषय प्रवेश

पत्रकार भनेको के हो ? पत्रकारको दायित्व के हो ? पत्रकार क्षेत्र कति भागमा बाँडिएको हुन्छ ? क्रान्तिकारी पत्रकारको मुख्य दायित्व के हो ? कस्तो व्यक्तिलाई क्रान्तिकारी पत्रकार भनिन्छ ? क्रान्तिकारी पत्रकारलाई राज्यले कसरी व्यवहार गर्नुपर्छ र एउटा क्रान्तिकारी पत्रकारलाई समाजले कसरी हेर्नु पर्छ ? देश – दुनियाँलाई बदल्न एउटा क्रान्तिकारी पत्रकार कुन प्रकारको दायित्व पूरा गर्नुपर्छ ? आदि जस्ता विषयमा एक हदसम्म यस लेखमा स्पष्ट पार्ने प्रयास गरिनेछ ।

पत्रकार भनेको के हो ?

वास्तवमा सञ्चार उद्योगमा कार्यरत सञ्चारकर्मीहरुलाई पत्रकार भनिन्छ । साथै सञ्चार माध्यमका लागि जानकार, सूचना, समाचार, प्रतिक्रिया, अभिव्यक्तिहरु प्राप्त गर्ने, सञ्चालन गर्ने, संगठित गर्ने परिमार्जन र विश्लेषण गरी सम्पादन गर्ने, सम्प्रेषण गर्ने जस्ता महत्वपूर्ण कार्यमा संलग्न व्यक्तिलाई पत्रकार भनिन्छ ।

साथै परम्परागत रुपमा पत्रकार भनिरहँदा पत्रपत्रिकासँग सम्बन्धित कार्य गर्ने समाचार संकलन, लेख टिप्पणी गर्ने, सम्पादन र प्रकाशन गर्नेजस्ता व्यक्तिलाई वास्तविक पत्रकार भनिने गरिन्थ्यो । तर, विज्ञान र प्रविधिका क्षेत्रका साथै सूचना र प्रविधिका क्षेत्रमा अत्यधिक विकास भएको आजको सूचना साम्राज्यको युगमा विद्युतीय सञ्चारमाध्यमको विकासले यो खाली पत्रपत्रिकासँग मात्र सम्बन्धित नभएर विद्युत माध्यमहरु रेडियो, टेलिभिजन, अनलाइन लगायतका सम्पूर्ण सञ्चार उद्योगसँग काम गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ । मानव समाजमा पत्रकार र पत्रकारिताको ज्यादै लामो इतिहास छ । संसारको सबभन्दा पहिलो पत्रकार नारदलाई मानिन्छ ।

पत्रकारित

सूचना तथा सञ्चार उद्योगका लागि समाचार संकलन गर्ने, सामुहिकीकरण गर्ने, सम्पादन गर्ने तथा सम्प्रेषण गर्ने कार्यलाई पत्रकारिता भनिन्छ । खासमा पत्रकारको पेशा पत्रकारिता हो । पत्रकारले गर्ने काम, पत्रपत्रिका तथा अन्य सञ्चारमाध्यम सम्बन्धी क्रियाकलाप, पत्रकारहरुको काम, कर्तव्य र उद्देश्य आदिको विवेचना हुने विधा पत्रकारिता विधा हो । दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, वार्षिक वा दैनिक निरन्तर रुपमा प्रकाशित एवम् सञ्चार भइरहने समाचारपत्र वा अन्य विद्युतीय सञ्चारमाध्यमहरुका प्रतिनिधि वा संवाद समितिको प्रतिनिधिलाई पत्रप्रतिनिधि भनिन्छ । यसरी पत्रकार र पत्रकारिताको ठूलो महत्व रहेको छ ।

पत्रकारिताको वर्गीय पक्षधरता

१) जनविरोधी तथा प्रतिक्रियावादी पक्षीय पत्रकारिता

पत्रकार र पत्रकारिता पेशाको वर्गीय पक्षधरता रहेको हुन्छ । वर्गीय समाजमा पत्रकारिता पेशा पनि वर्गीय नै हुन्छ । जुन सञ्चारमाध्यमले प्रतिक्रियावादी वर्ग र त्यस वर्गको प्रतिक्रियावादी सत्ता र सरकारको हितखातिर कार्य गरिन्छ, ती सञ्चारमाध्यमहरुले प्रतिक्रियावादी वर्ग र प्रतिक्रियावादी सत्ता र सरकारबाट ठूलो पैमानामा रकम ल्याएर ठूला –ठूला सञ्चार गृह ९द्यष्न ज्यगकभ० सञ्चालन गरेका हुन्छन् र उनीहरूले देश र जनताको हितविपरीत कार्य गरिरहेका हुन्छन् । त्यसो भएर नै साम्राज्यवादीहरुले, प्रभुत्ववादीहरुले र विस्तारवादीहरुले सरकारी लगानीमा ठूला –ठूला सञ्चार गृह सञ्चालन गर्दै आएका छन् र उनीहरूले विश्वभरका उत्पीडित राष्ट्र र मुक्तिकामी जनताका विरुद्ध समाचार सम्प्रेषण गर्दै आएका छन् । उदाहरणका रुपमा साम्राज्यवादी राष्ट्रहरुले खासगरी संयुक्त राज्य अमेरिकाले सिनए ९ऋल्ब्० टेलिभिजन सञ्चालन गरिरहेको छ भने बेलायतले बीबीसी ९द्यद्यऋ० टेलिभिजन सञ्चालन गर्दै आएको छ र भारतीय विस्तारवादी शासकहरुले डीडीसी टेलिभिजन सञ्चालन गर्दै आएको छ । साथै उनीहरूले त्यही स्तरमा पत्रपत्रिकाहरु र रेडियो तथा अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्दै आएका छन् । संसारभरका प्रतिक्रियावादीहरुले यही तरिकाले आआफ्ना सञ्चार गृहहरु सञ्चालन गरेर देश र जनताको विपक्षमा पत्रकारिता गरिरहेका छन् ।

राष्ट्रविरोधी तथा जनविरोधी रुपमा रहेको नेपालको प्रतिक्रियावादी सत्ता र सरकारले गोरखापत्र दैनिक, द राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता देश र जनताको विरुद्ध, महान् नेपाली क्रान्तिका विरुद्ध कार्य गर्ने र सत्ताबाट, सरकारबाट ठूलो पैमानामा हुन्डी खाएर जनताको विरुद्धमा पत्रकारहरु तयार पारेर पत्रकारहरु पनि त्यसै अनुरुप उत्पादन गरेर देश, जनता र महान् नेपाली क्रान्ति, महान् नेपाली समाजको आमूल परिवर्तनका विरुद्धमा पत्रकारिता गर्न लगाउँदै आएको छ । प्रतिक्रियावादी सत्ता र सरकारका गलत कार्य अर्थात् उनीहरूको राष्ट्र विरोधी, जनविरोधी कार्य र महान् नेपाली क्रान्तिका पक्षमा क्रान्तिकारी पत्रकारिता गर्दै आएका जनपक्षीय क्रान्तिकारी पत्रकारहरुलाई ठूलो दमन र हत्या समेत गर्दै आएको छ । यसको प्रमुख प्रमाण क्रान्तिकारी पत्रकार तथा संस्कृतिकर्मी कृष्ण सेन “इच्छुक” तत्कालीन प्रतिक्रियावादी सत्ताले पाशविक तरिकाले हत्या गरेको थियोे भने देशभर दर्जनौं क्रान्तिकारी पत्रकारहरुको गिरफ्तारी, जेल, यातना दिने र हत्या समेत गरेको थियो । आज पनि महान् नेपाली क्रान्ति जारी छ र कृष्ण सेन “इच्छुक” जस्ताा क्रान्तिकारी पत्रकारहरु प्रतिक्रियावादी सत्ताको तारो बजेर क्रान्तिकारी पत्रकारिता जारी नै । महान् नेपाली क्रान्ति सम्पन्न नभएसम्म यो जोखिम क्रान्तिकारी पत्रकारहरुले व्यहोर्नुपर्ने निश्चित छ ।

२) जनपक्षीय तथा आमूल परिवर्तनीय पक्षीय पत्रकारिता

जनपक्षीय, क्रान्तिकारी पक्षीय एवम् आमूल परिवर्तनीय पत्रकारिता पेशा अत्यन्तै कठिन, मर्यादित, जिम्मेवारपूर्ण र गौरवपूर्ण पत्रकारिता पेशा हो । जनपक्षीय तथा आमूल परिवर्तन पक्षीय पत्रकारिताको इतिहास ज्यादै लामो र गौरवपूर्ण रहँदै आएको छ । यसप्रकारको पत्रकारिताको शुरुवात १०४ चार वर्षे जहानीया राणा शासनका विरुद्ध सुब्बा कृष्णलाल अधिकारीले “मकैको खेती” नामक पुस्तक लेखेर शुभारम्भ गरेका थिए । मकैको खेती नामक पुस्तक लेखेर भ्रष्ट, अधीनायकवाद तथा जहानीया राणा शासकहरुको भण्डाफोर गरिएको आरोपमा राणा शासकहरुले सुब्बा कृष्णलाललाई जेलमै हत्या गरेर उनीद्वारा लेखिएको “मकैको खेती” नामक पुस्तकको ९९९ प्रति जलाएर नष्ट गरिएको थियो भने १००० प्रति प्रकाशित भएकोमा १ प्रति हराएर नभेटिएको भन्ने इतिहास छ ।

२००७ सालको १०४ वर्षे राणा विरोधी जनआन्दोलनदेखि आजसम्म आइपुग्दा दर्जनौं जनपक्षीय र क्रान्तिकारी पत्रपत्रिकाहरु, रेडियो तथा अनलाइन सञ्चारमाध्यमहरु, युटुव टिभी चेनलहरु सञ्चालन हुँदै आइरहेका छन् । सामन्तवादका विरुद्ध, दलाल तथा नोकरशाही पुँजीपति वर्ग र उसको प्रतिक्रियावादी सत्ता र सरकारका विरुद्ध र महान् नेपाली क्रान्तिका पक्षमा पत्रकरिता गर्न हजारौं क्रान्तिकारी पत्रकारहरु विभिन्न कठिनाई र अप्ठ्याराहरुलाई, हत्या, हिंसा र आतंकहरुलाई छिचोल्दै टाउकोमा कफन बाँधेर हजारौं जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुले नेपालमा ठूलो योगदान र बलिदान गरेको इतिहास छ ।

३० वर्षे सामन्ती राजतन्त्रको तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध र महान् नयाँ नेपाली जनवादी क्रान्तिका पक्षमा हाँक साप्ताहिक, चेतना साप्ताहिक, छलफल साप्ताहिक, दृष्टि साप्ताहिक, नयाँ युगबोध साप्ताहिक, लुम्बिनी साप्ताहिक जस्ता दर्जनौं जनपक्षीय तथा क्रान्तिकारी पत्रिकाहरु र ती प्रिन्ट मिडिया सञ्चालन गर्ने क्रान्तिकारी पत्रकारहरुको कम भूमिका र दायित्व छैन ।

 २०४६÷२०४७ सालको राजनीतिक परिवर्तन पछि र खासगरी २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को पहलमा महान् दस वर्षे जनयुद्धको प्रक्रियामा “जनादेश साप्ताहिक, महिमा साप्ताहिक, नयाँ युगबोध दैनिक, लुम र अन्य दर्जनौं जनपक्षीय तथा क्रान्तिकारी पत्रिकाहरुले महान् नेपाली क्रान्तिको महान् यात्रामा अतुलनीय र गौरवपूर्ण दायित्व पुरा गर्दै आएको हामीसित ताजा इतिहास छ ।

त्यसबेलाको कठिन परिस्थितिमा क्रान्तिकारी पत्रकारितालाई अगाडि बढाउन जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरु नारायण प्रशाद रेग्मी (गुरुजी) बोर्ण बहादुर कार्की, गोपाल थपलिया, शम्भु श्रेष्ठ, कृष्ण सेन “इच्छुक” नारायणप्रसाद शर्मा (कमल प्रशाद), गोविन्द आचार्य, श्याम श्रेष्ठ आदि जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुको ठूलो योगदान र बलिदान रहेको छ । त्यसअबधिमा राजधानी काठमाडौँ उपत्यका र मोफसलका जनपक्षीय तथा क्रान्तिकारी सञ्चार मिडियाहरु र पत्रकारहरुको अतुलनीय योगदान र बलिदान रहेको कुरालाई कसैले नकार्न सक्तैन ।

आज पनि महान् नेपाली क्रान्तिलाई अगाडि बढाउने महान् यात्रामा क्षप्यास्त्र साप्ताहिक, वर्गदृष्टि साप्ताहिक, युगदर्शन साप्ताहिक, नयाँ युगबोध दैनिक आदि पत्रिकाहरु प्रकाशित भइरहेका छन् ।

त्यस्तै विद्युतीय सञ्चारमाध्यम अन्तर्गत वबलबपजबदबच।अयm, mययदिबतय।अयm, वबलबदबतय।अयm, वधबबिपजबदबच।अयm आदि दर्जनौं अनलाइन मिडिया र युटुव टिभीहरु अग्रपंक्तिमा रहर सञ्चालन भइरहेका छन् । महान् नेपाली क्रान्तिलाई विजयसम्म पु¥याउने प्रतिबद्धता भएर अगाडि बढिरहेका छन् । र, यी क्रान्तिकारी धाराका प्रिन्ट मिडिया तथा विद्युतीय अनलाइन मिडिया सञ्चालन गर्दै आएका क्रान्तिकारी पत्रकारहरुले ठूलो योगदान दिँदै आइरहेका छन् र आशा गर्न सकिन्छ उनीहरूले दूर भविष्यसम्म आफ्नो क्रान्तिकारी मिशनलाई जारी राख्ने छन् ।

पत्रकारिताको क्षेत्र

पत्रकारिताको क्षेत्र दुई भागमा विभाजन गरिएको छ ः

१) व्यवसायिक पत्रकारिता

यो क्षेत्रमा पत्रकारिताका माध्यमबाट ठूला –ठूला सञ्चारगृह सञ्चालन गरेर पत्रकारिताका माध्यमबाट ठूलो पैमानामा धन सम्पत्ति आर्जन गर्ने रहेको छ । यसप्रकारले पत्रकारितता गर्ने सञ्चार गृहहरुले देश र जनताप्रति समर्पित नभएर प्रतिक्रियावादी वर्ग र प्रतिक्रियावादी सत्ताको चाकडी गरेर दलाली गरेर त्यही वर्ग उसकै प्रतिक्रियावादी सत्ताको पक्षमा काम गर्ने र सत्ता, सरकारबाट हुन्डी खाएर देश र जनताको विपक्षमा समेत काम गरिरहेका हुन्छन् ।

२) मिसन पत्रकारिता

मिशन पत्रकारिता जनपक्षीय पत्रकारिता हो । मिशन पत्रकारिताको सञ्चारमाध्यमलाई माध्यम बनाए निहित स्वार्थका लागि धन सम्पत्ति आर्जन गर्ने नभएर देश र जनता प्रति समर्पित भएर निस्वार्थभावले पत्रकारिता गर्ने भन्ने बुझिन्छ । पत्रकारिता पेशा पनि वर्गीय भएकोले मिशन पत्रकारिताले श्रमजीवि सर्वहारा वर्गको सेवामा काम गर्ने भन्ने बुझिन्छ । वास्तविक जनताको पक्षमा पत्रकारिता गर्ने भन्ने बुझिन्छ । यसप्रकारको पत्रकारिताको मुख्य कर्तव्य देश र जनताको आमूल परिवर्तनका पक्षमा कार्य गर्ने भन्ने नै हो । यो मिशन भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले अगाडि सार्दै आएको क्रान्तिका कामहरुलाई पूर्ण सहयोग गर्नु हो ।

क्रान्तिकारी पत्रकारहरुको दायित्व

मानव समाजको आमूल परिवर्तन र महान् विश्व क्रान्ति तथा महान् नेपाली क्रान्तिको महान् तथा कठिन यात्रामा क्रान्तिकारी पत्रकारहरुको अतुलनीय योगदान र बलिदान रहँदै आएको छ । आज पनि उनीहरूको भूमिका र दायित्व ज्यादै महत्वपूर्ण रहेको छ र भविष्यमा पनि कायमै रहने कुरा निश्चित छ । क्रान्तिकारी पत्रकारको मुख्य दायित्व भनेको देश र जनताप्रति समर्पित भएर आफ्नो कर्तव्य इमानदारीपूर्वक पुरा गर्नुमा रहेको हुन्छ । क्रान्तिकारी पत्रकारहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीका भातृ संगठनको मापदण्डअनुसार चल्नुपर्ने भएकोले देशमा चल्ने सामाजिक परिवर्तन र महान् क्रान्तिप्रति अनिवार्य रुपमा कर्तव्यनिष्ठ हुनैपर्छ । पार्टीले अंगिकार गरेको माक्र्सवाद – लेनिनवाद – माओवादलाई आफ्नो मार्गदर्शन सिद्धान्तको रुपमा ग्रहण नगरीकन कोही पनि आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा क्रान्तिकारी भइरहन सक्तैन । त्यसैले उनले क्रान्तिकारी विचार अर्थात् मालेमावादका सैद्धान्तिक मान्यताहरु र मालेमावादका आधारभूत सिद्धान्तहरुलाई आफ्नो जीवनपद्धतिका रुपमा ग्रहण गर्न अनिवार्य हुन्छ । किनभने “विचारविनाको मान्छे जराविनाको रुख” जस्तै हुने भएकोले उनले क्रान्तिकारी मालेमावादको सिद्धान्तले सू–सज्जित पार्नैपर्छ ।

एउटा क्रान्तिकारी पत्रकारले जस्तासुकै परिस्थितिमा पनि रत्तिभर नझुकिकन देश, जनता र क्रान्तिका पक्षमा समाचार संकलन गर्ने, सम्पादन गर्ने र प्रकाशन गर्ने दायित्व पुरा गर्नुपर्ने हुन्छ । एउटा क्रान्तिकारी पत्रकारले तथ्यमा आधारित सत्य समाचार संकलन गर्ने, लेख्ने, सम्पादन गर्ने र प्रकाशित गर्ने आँट गर्नुपर्ने हुन्छ । यो नै उनको मुख्य दायित्व भित्र पर्दछ । यो उदाहरण क्रान्तिकारी अग्रज पत्रकारहरुले स्थापित गरिसकेको विषय हो । क्रान्तिकारी पत्रकारले पितपत्रकारिता कहिल्यै पनि गर्नु हुँदैन । देश, जनता, पार्टी र क्रान्ति प्रति इमानदार बनेर, अनुशासित रहेर निस्वार्थभावले सेवा गर्नु पर्दछ । र यसविषयमा अग्रज क्रान्तिकारी पत्रकारहरुले अदा गरेको शिक्षालाई ध्यान दिएर अगाडि बढ्नुपर्ने हुन्छ ।

 क्रान्तिकारी पत्रकारले देशीविदेशी प्रतिक्रियावादीहरु, साम्राज्यवादीहरु, प्रभुत्ववादीहरु, विस्तारवादीहरु र देशीय प्रतिक्रियावादीवादी वर्ग उनीहरूको प्रतिक्रियावादी शासक वर्ग, सत्ताधारी वर्ग र उसको प्रतिक्रियावादी सत्ता र सरकारहरुले देश, जनता र क्रान्तिका विरुद्ध तथा सर्वहारा श्रमजीवि वर्ग र काम गरिखाने, रगत र पसिना बगाएर अर्थात् श्रम बिक्री गरेर बाँचेको वर्गका विरुद्ध गरिने दुष्प्रचार र देशविरोधी, जनविरोधी, क्रान्तिका विरुद्ध गरिने सबै प्रकारका छलछाम, षड्यन्त्र र आक्रमणका विरुद्ध डटेर तथा आँटका साथ समाचार उत्पादन गर्ने, समाचार संकलन गर्ने, सम्पादन गर्ने, उचित ढंगले भण्डाफोर गर्ने र न्याय र सत्यको पक्षमा उभिएर दह्रो आँटका साथ कलम चलाउने र उत्पादित सञ्चार सामाग्रीहरु प्रकाशित गर्ने कार्य नै क्रान्तिकारी पत्रकारको मुख्य दायित्व भित्र पर्दछ ।

क्रान्तिकारी पत्रकारको देशको परिवर्तनमा, समाजको परिवर्तन र क्रान्तिकारी रुपान्तरणमा मुख्य भूमिका रहने भएकोले उनी एउटा नमूनाका रुपमा राष्ट्रका सामु, जनताका सामु खडा हुने आँट गर्नुपर्ने हुन्छ । एउटा क्रान्तिकारी पत्रकारले समाज परिवर्तनको महान् यात्रामा उज्यालो बत्तीको काम गर्ने भएकोले उनी सधैं अध्यारो कोठामा बालेको दियो झै भएर ज्यूने खालको हुनैपर्छ । उनी चारित्रिक रुपमा इमानदार हुनैपर्छ पर्छ । आचार विचारका क्षेत्रमा स्पष्ट हुनैपर्छ । र, जहिले पनि सत्य र न्यायको पक्षमा उभिने र लेख्ने क्षमता आर्जन गरेको हुनैपर्छ ।

क्रान्तिकारी पत्रकारले राज्य पक्ष र गैर राज्य पक्षबाट हुने र भइरहेको भ्रष्टाचार, अनैतिकता, तस्करी, कालो बजारी, महंगी, अभाव, माफियातन्त्र, विचौलियातन्त्र, कमिशनखोर, हत्या बलत्कार, अन्याय, अत्याचार, उत्पीडन, शोषण, दमन, लुटपाट, स्वयत आतंक आदि रका विरुद्ध आँटका साथ लेख्नु पर्छ र जनताको जनजीविका, गास, बास,कपासका पक्षमा र सिंगो क्रान्ति र सामाजिक न्याय र परविर्तनका पक्षमा दृढताका कलम चलाउनु पर्छ । क्रान्तिकारी पत्रकार आपूmले रोजेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको झण्डामुनि संगठित भए पछि पार्टीको साँगठनिक पद्धति भित्र रहेर कार्य गर्नु उनको क्रान्तिकारी नैतिकता र अनुशासनमा बसेर लौह अनुशासित र लडाकु भूमिका निर्वाह गर्नैपर्छ ।

यहाँ एउटा गलत प्रवृत्ति र संस्कृति पनि मौलाएको पाइन्छ । त्यो के हो भने पार्टीको विशेष नेतृत्व अर्थात् मुख्य नेतृत्वक चाकडी, च्याप्लुसी र दलाली गर्ने, नेतृत्वलाई देवत्वकरण गर्ने र श्रद्धावाद लागू गर्ने र निहित व्यक्तिगत स्वार्थ पूर्ति गर्ने उद्दश्येका साथ समाचार सम्प्रेषण गर्ने गरेको पाइन्छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र यसप्रकारको कुरुप संस्कृतिलाई क्रान्तिकारी भनिने पत्रकारहरुले पनि गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रवृत्तिले क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वलाई बिगार्ने काममा मलजल गरे सरह हुन्छ । क्रान्तिकारी पत्रकार यसप्रकारको गलत प्रवृत्तिबाट अलग रहन सिक्नुपर्ने हुन्छ । नेतृत्वको संरक्षण र क्रान्तिकारी विचारले मात्र गर्न सक्छ अर्थात् मालेमावादको क्रान्तिकारी आदर्शले मात्र गर्ने सक्ने भएकोले यस विषयमा क्रान्तिकारी पत्रकार सजक हुनुपर्ने हुन्छ । एउटा क्रान्तिकारी पत्रकार आलोचनात्मक (द्वन्द्ववादी) चेत भएको हुनुपर्छ । यो एउटा क्रान्तिकारीको मुख्य विशेषता हो । यसको अनुशरण एउटा क्रान्तिकारी पत्रकारले गर्नैपर्ने हुन्छ ।

अर्को कुरा एउटा क्रान्तिकारी पत्रकार आर्थिक रुपमा पनि बढो अनुशासित र मितव्ययी नै हुनुपर्छ । उनले पार्टीबाट हुन्डी खाएर पत्रकारिता गर्नुहुँदैन । पार्टी नै सबैथोक भएकोले पार्टीद्वारा संरक्षित हुनैपर्छ तर सम्पूर्ण कुरामा भर पर्नुहुँदैन । एउटा क्रान्तिकारी पत्रकारले आफ्नो नेताले मात्रै पढ्ने, आफ्नो पार्टी पंक्तिले मात्रै पढ्ने खालका समाचार मात्र सिमित नरहेर आम जनताले पढ्ने, आम जनताले रुचाउने र एउटा क्रान्तिकारी पत्रकारले समाचार लेख्ने बित्तिकै उसको मुटुले ठाउँ छोड्ने खालको र आम जनताको उत्साहको ज्वारभाटा पैदा गर्ने खालका समाचारहरु संकलन गर्ने, लेख्ने, सम्पादन गर्ने र प्रकाशन गर्ने कार्य गरेर नै आफ्नो क्रान्तिकारी भूमिका र दायित्व पुरा गर्न सक्छन् ।

एउटा क्रान्तिकारी पत्रकार देख्ने बित्तिकै वर्गवैरीहरुको मुटु थरररररररर…… गरी काँप्ने खालको स्टान्डर निर्माण गर्न सक्नुपर्छ । एउटा क्रान्तिकारी पत्रकार उपर्युक्त गुण र विशेषताले भरिपूर्ण भएको हुनैपर्छ । तब मात्र उनलाई क्रान्तिकारी पत्रकारको दर्जा प्रदान गर्न उपयुक्त हुन्छ ।

क्रान्तिकारी पत्रकारहरुको योगदान र बलिदानको गौरवपूर्ण गाथा

संसारभरका क्रान्तिकारी पत्रकारहरुले समाजको परिवर्तन र रुपान्तरणको निम्ति ठूला ठूला बलिदानपूर्ण योगदान गर्दै आएको इतिहास छ । यतिसम्म कि माक्र्सवादका प्रतिपादक दार्शनिक कार्ल माक्र्स स्वयंले क्रान्तिकारी जीवनको पूर्वसन्ध्यामा ठूलो योगदान र बलिदान गर्नुभएको थियो । माक्र्स जर्मन नागरिक हुनुहुन्थ्यो र जर्मनीमा बसेर “जाइटसँग” नामक प्रत्रिकाको सम्पादक भएर उहाँले पत्रकारिता पेशालाई अगाडि बढाउनु भएको थियो । पत्रकारिता गरेकै आरोपमा माक्र्सलाई युरोपका पाँच–पाँचवटा देशहरूबाट तत्कालीन प्रतिक्रियावादी सरकारहरुले देश निकाला गरेका थिए । जीवन पर्यन्त माक्र्सले लण्डनमा बसेर बेतित गर्नुभएको थियो ।

महान् रुसी अक्टोबर समाजवादी क्रान्तिका क्रमको महान् क्रान्तिको तयारीको बेला लेनिनको नेतृत्वमा रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) पार्टीले गरेको ऐतिहासिक तयारीका बारे अमेरिकी पत्रकार जोन रिडले “जब दस दिन दुनिया उठ्यो” नामक कृत लेखेर ठूलो योगदान पु¥याएका थिए । त्यस्तै महान् चिनियाँ क्रान्तिको समयमा “चीनको आकाशमाथि रातो तारा” नामक पुस्तक लेखेर अमेरिकी पत्रकारले ठूलो योगदान पु¥याएका थिए ।

यसका साथै पेरिस कम्युन निर्माणका क्रममा, महान् रुसी अक्टोबर क्रान्तिका क्रममा, महान् चिनिया नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा साँस्कृतिक क्रान्तिका क्रममा, भियतनाम, उत्तर कोरिया, क्वुवाली क्रान्तिका क्रममा हजारौं क्रान्तिकारी पत्रकारहरुले अतुलनीय योगदान र बलिदान गरेका थिए ।

त्यस्तै चिली, इन्डोनेसियाका क्रान्तिकारी पत्रकारहरु र पेरु, नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, टर्की लगायतका माओवादी पत्रकारहरुले पनि अनुकरणीय योगदान र बलिदान गरेर विश्व क्रान्तिकारी पत्रकारहरुको वीरताको इतिहास निर्माण गरेर क्रान्तिकारी पत्रकारहरुको योगदान र बलिदानको गौरवपूर्ण गाथा निर्माण हुनपुगेको छ । आजसम्म पनि विश्व मानव समाज वर्गीय समाज भएकोले अझै पनि क्रान्तिकारी पत्रकारहरुले अग्रजहरुले जस्तै बलिदान र वीरताको इतिहास निर्माण गर्नैपर्ने कार्यभार क्रान्तिकारी पत्रकारहरुका सामु बाँकी नै छ ।

आज पनि नेपाल लगायत विश्वभरका क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको मूल धारमा रहेका क्रान्तिकारी पत्रकारहरुले आफ्नो क्रान्तिकारी कर्तव्य पालना गरिरहेका छन्, यो सबैका लागि खुसीको कुरा हो । तर यस आन्दोलन भित्र कुनै समस्या छैन भन्ने होइन, तमाम प्रकारका समस्या हुनुअनिवार्य कुरा हो । ती समस्याहरु मध्ये वैचारिक समस्या प्रमुख हुन आउँछ, त्यसप्रकारका समस्याहरुलाई वर्गसंघर्ष कै क्रममा वैचारिक संघर्ष कै माध्यमबाट समाधान गर्ने पद्धतिलाई कायमै राखेर जनमुक्ति आन्दोलनमा होमिएर नै ठिक ठाउँमा पुग्न सकिन्छ भन्ने कुरालाई कुनै पनि क्रान्तिकारी पत्रकारहरुले भुल्नु हुँदैन । अर्थात् क्रान्तिकारी विचार नै सबैभन्दा ठूलो कुरा हो । त्यसो भएर कमरेड माओले भन्नुभएको छ,“ हरेक चिजको निर्धारण विचारले गर्दछ ।”

उपसंहार

क्रान्तिकारी पत्रकार र पत्रकारिता भनेको मानव समाजको समेत नागरिकको संज्ञा दिइएको हुन्छ र मर्यादित पेशा मानिन्छ । किनभने कसैले देख्न नसकेको वस्तुलाई एउटा पत्रकारले देख्न सक्छ । त्यसैले त पत्रकारिता पेशा मर्यादित पेशा हो भनिएको छ । यसका निम्ति पत्रकारले पनि आपूmलाई जिम्मेवार बनाउन सक्नुपर्छ । समाजको परिवर्तन र रुपान्तरणमा महत्वपूर्ण दायित्व हुन्छ । यस प्रकारको दायित्वबोधलाई क्रान्तिकारी पत्रकारले सबैभन्दा बढी जिम्मेवारीबोधका साथ आपूmलाई तयार पार्न कुनै कसर बाँकी राख्नु हुँदैन ।

नेपाल लगायत विश्वभरका क्रान्तिकारी पत्रकारहरुले मुलुकमा चलेका सामाजिक क्रान्तिहरुलाई विजयको शिखरसम्म पु¥याउन वीरतापूर्ण योगदान गर्दै आएको विषय जगजाहेर नै छ ।

आजको युग साम्राज्यवाद र क्रान्तिको युग हो । साम्राज्यवाद विश्व क्रान्तिका निम्ति प्रमुख दुश्मनका खडा हुन पुगेको छ भने नेपाल जस्तै नयाँ जनवादी क्रान्ति सम्पन्न गरिनसकेका देशहरु र वैज्ञानिक समाजवादी क्रान्तिका लागि पुँजीवादी क्रान्तिको नजिक पुगिसकेका मुलुकहरुका निम्ति आआफ्नो देशको वस्तुगत र आत्मगत परिस्थितिका आधारमा गरिने क्रान्तिका महानअभियानमा क्रान्तिकारी पत्रकारहरु आजको युगको विशेषता अनुसार अग्रपंक्तिमा खडा भएर योगदान गर्न बाँकी नै छ । यसपरिस्थितिमा क्रान्तिकारी पत्रकारहरुले विश्वभरका अग्रज क्रान्तिकारी पत्रकारहरुले गर्नुभएको बलिदान र निर्माण गरेको वीरताको गौरवपूर्ण गाथामाथि थप बिरासत निर्माण गर्ने ध्येयका साथ आपूmलाई अझै जिम्मेवारीपूर्ण बनाएर आफ्नो काँधमा आइपुगेको ऐतिहासिक कार्यभार पुरा गर्न तयारी अवस्थामा रहनुको विकल्प छैन ।

(केसी वरिष्ठ माक्र्सवादी लेखक र अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु