काठमाडौँका फुटपाथमा ज्यानैको खतरा !

२०७९ आश्विन ११ गते, मंगलवार

काठमाडौँ । काठमाडौँका सडकपेटीमा मानिसको ज्यान खतरामा पार्न सक्ने चार सय भोल्टसम्मका क्याबिनेट बक्स राखिएका छन्। एक त साँघुरा फुटपाथ त्यसमा पनि नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट बक्स राख्दा पैदलयात्रीको जीवन सधैँ जोखिममा पर्ने गरेको छ। बाटोघाटोमा निर्वाध र निस्फिक्रीसाथ हिँडडुल गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारसमेत हनन भएको छ।

फुटपाथका बीच भागमा उच्च भोल्ट र ‘खतरायुक्त’ उपकरणसँग ज्यान जोखिममा राखेर हिँड्नु पर्दा पैदल यात्रीमा मानसिक समस्यासमेत हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ। यी क्याबिनेटले दैनिक जसो लाखौँ मानिसलाई त्राही त्राही गरिरहेको छ।

प्राधिकरणले सडकपेटीमा क्याबिनेट बक्स मात्र होइन, ठाउँठाउँमा बिजुलीका पोलसमेत गाडेको छ। बक्स राखिएका कतिपय ठाउँमा सानो ठाउँ राखिएको छ भने कतिपय ठाउँमा सडकपेटी पूर्णरूपमा अवरोध छ। सडकपेटी कम्तीमा डेढ मिटर हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि कतैकतै आधा मिटरभन्दा कम रहेका छन्। – गाेरखापत्र दैनिक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार