पहिरोमा परी पाँचजना बेपत्ता !

२०७९ आश्विन १० गते, सोमबार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय गोरखाले मनास्लु हिमालमा गएको हिमपहिरो पहिरोमा परी हिमाल आरोहणका लागि गएका ५ जना नेपाली बेपत्ता भएको जनाएको छ । प्रहरीका अनुसार सोमबार बिहान करिब ११ बजेतिर सो हिमालमा हिमपहिरो खसेको खसेको हो । हिमपहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पठाइएको छ ।
हिमपहिरोमा पुरिएर बेपत्ता हुनेहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा रहेको प्रहरीले जनाएको छ । ती सबै विदेशी आरोहण दलको सहयोगीका रुपमा आधार शिविर पुगेका थिए । सो हिमाल आरोहण गर्न गएका अन्य विदेशी र केही नेपाली सहयोगीहरु भने मनास्लु आधार शिविरमै रहेको जनाइएको छ । उनीहरुको उद्धारका लागि सिम्रिक एयर र एभरेस्ट एयरका हेलिकप्टर त्यहाँ पुगेका छन् । तर मौसममा आएको खराबीका कारण उद्धार कार्य र बेपत्ताहरुको खोजीमा कठिनाइ भएको छ ।

प्रतिक्रियाहरु