नेकपा बहुमतमा पहिरो : मोरङ सचिवसहित जिल्ला समिति नेकपामा समाहित

२०७९ आश्विन १० गते, सोमबार


काठमाडाैं । नेकपा बहुमतमा पहिरो गएको छ । सो पार्टीका मोरङ जिल्ला सचिव पूर्णसहित सम्पूर्ण जिल्ला समिति नेकपामा फर्किएको छ । नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगरले उनीहरुलाई पार्टीमा फर्काएका हुन् । नेकपामा सचिव पूर्ण नेतृत्वको जिल्ला समिति, नगर समिति, गाउँ कमिटी र पार्टी सदस्य एवं शुभचिन्तकहरुको दर्जनौं नेता कार्यकर्ता नेकपामा फर्किएका हुन् । उनीहरुले धर्मेन्द्र समूह क्रान्तिबाट भागेको, पार्टीले अनुशासनका कारवाही गरेका अनुशासनहीन गुटहरुको झुण्ड भएको बताउदै क्रान्तिको नेतृत्व विप्लव र नेकपाबाट मात्र सम्भव रहेको भन्दै मूलघरमा फर्किएको बताएका छन् । पार्टीमा फर्किएका नेता कार्यकर्तालाई नेता बुढा मगरले स्वागत गरेका थिए । नेकपाबाट पदमुक्त भएका धर्मेन्द्र सुदर्शन समूहले छुट्टै पार्टी बनाएको सार्वजनिक गरेपनि उक्त समूहको सांगठनिक संरचना छैन । राजनीतिक वैचारिक रुपमा समेत अस्पष्ट, अन्यौल र दिशाहिन रहेको छ । राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा कारवाही परेपछि उनीहरुले छुट्टै समूह बनाएका थिए ।

प्रतिक्रियाहरु