उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

२०७९ आश्विन ९ गते, आईतवार

काठमाडौं । उत्तर कोरियाले आइतबार पूर्वीसागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा संचालित एक अमेरिकी विमान बाहक सिउल आएको केही दिनपछि उत्तरले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको टोकियोको रक्षा मन्त्रालयको जानकारीलाई उदृत गर्दै जापानको तटरक्षकले जनाएको छ । जहाजहरूलाई सचेत हुन चेतावनी समेत दिइएको छ । उत्तर कोरियाले प्रक्षेपण गरेको भनिएको मिसाइल जापानको विशेष आर्थिक क्षेत्र भन्दा बाहिर खसेको जापानी सञ्चार माध्यमले जनाएका छन् ।
गत मे महिनामा पदभार ग्रहण गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियासँगको असफल कुटनीतिपछि संयुक्त राज्य अमेरिकासँग संयुक्त सैन्य अभ्यासलाई अगाडि बढाउने बाचा समेत गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु