मन्त्रीकी श्रीमतीको नक्कली शैक्षिक प्रमाणपत्र !

२०७९ आश्विन ७ गते, शुक्रबार


काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध भ्रष्टाचारको मुद्धा मुद्दा दायर गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव माविमा गीताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन् । बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु