उड्ने बाइकको परीक्षण सफल

२०७९ आश्विन ५ गते, बुधबार


काठमाडौं । जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको छ । होयो बाइक १०० किलोमिटर प्रति घण्टाको स्पिडमा ४० मिनेटसम्म उड्नसक्ने सफल परीक्षण समेत भएको छ ।
कार्यक्रममा विभिन्न व्यक्तिले यो बाइकको परीक्षण उडान पनि गरेका थिए । जापानमा व्यावसायिक सुरुवात गरिसकेको यो हाइब्रिड बाइक जापानबाहिर भने पहिलोपटक अमेरिकामा प्रस्तुत गरिएको हो । यो बाइकको मूल्य सात लाख ७७ हजार डलर (नौ करोड ८१ लाख रूपैयाँ बढी) तोकिएको छ । यसको मूल्य चाँडै घट्दै जाने निर्माण कम्पनीले बताएको छ । कम्पनीले सानो भर्सनको बाइक पनि ल्याउने तयारी गरेको छ । सानो भर्सनको बाईकको मूल्य थोरै हुनेछ । यो बाटोमा अचानक बन्द भएमा, अत्याधिक जाम भएमा वा नदीमा पुल नभएको अवस्थामा वारपार गर्न अति उपयुक्त हुने देखिएको छ । उड्ने बाईक आएपछि बाईकका शौखिनहरु उत्साहित भएका छन् । यसको बुकिङ्ग गर्नेहरुको क्रमपनि अत्याधिक बढेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु