नेपाल बैंकले डबल धमाका मुद्दती खाताको समय घटायो

२०७९ आश्विन ५ गते, बुधबार


काठमाडौं । नेपाल बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरूमा ग्राहकको साँवा रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरेको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा साँवा रकम दोब्बर हुने भएको हो । यो खाता न्यूनतम २५ हजार रुपैयाँ जम्मा गरी खोल्न सकिने बैंकले जनाएको छ ।

यो योजनामा बैंकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउने जनाइएको छ । सरकारी बैंक भएको र जनविश्वास उच्च भएको कारणले पनि लामो समयको मुद्दतीमा ग्राहकको धेरै नै आकर्षण रहेको बैंकको दाबी छ ।


संघ–संस्थाहरूका लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत सञ्चालनमा ल्याएको छ । यसमा जम्मा गरेको रकम सात वर्ष दुई महिनामा दोब्बर हुने जनाइएको छ । यो खाता संघ–संस्थाहरूले न्यूनतम एक लाख रुपैयाँमा खोल्न सक्ने बैंकले जनाएको छ । त्यस्तै, न्यूनतम २५ हजार रुपैयाँमा खोल्न सकिने डबल धमाका मुद्दती खाता रेमिट्यान्समा पाँच वर्ष पाँच महिनामा नै रकम दोब्बर हुने जनाइएको छ । हाल बैंकले देशभरमा दुई सय १९ शाखा, एक सय ८६ एटिएमका साथै ४९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु