ताइवानमा ६ दशमलव ८ रेक्टर स्केलको भुकम्प !

२०७९ आश्विन ३ गते, सोमबार

काठमाडौं। ताइवानमा आइतबार साँझ गएको ६ दशमलव ८ रेक्टर स्केलको भुकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्। ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सो भुकम्प गएको रोयटर्सले जनाएको छ। शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमवल ४ रेक्टर स्केलको भुकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार भुकम्पमा परेर एक जनाको मृत्यु भएको छ।
ताइवानको पर्यटकीय क्षेत्र लियुसी पर्वतीय क्षेत्रमा सडक अवरुद्ध हुँदा ६ सय जना बढी फसेका थिए। उनीहरुको शकुशल उद्दार गरिएको छ।
-एजेन्सी

प्रतिक्रियाहरु