‘प्राकृतिक प्रकोपमा परेका जनतालाई उचित राहतको व्यवस्था गर ‘

२०७९ आश्विन २ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउने जनताप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै वेपत्ता नागरिकहरुको यथासिघ्र खोजी, जोखिममा परेका जनताको वैकल्पीक बसोवासको व्यवस्था र आफन्त गुमाएका परिवार एवं प्रभावित जनतालाई उचित राहतको सिघ्र व्यवस्था गर्न सरकारसंग विशेष माग गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज साँझ एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत सिंङ्गो पार्टी पंतिलाई वाढी, पहिरो र डुबान प्रभावित जनताको उद्धार, राहत र सेवाकार्यमा अहोरात्र खट्न विशेष निर्देशनसमेत दिएका छन् ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “विगत केही दिन देखी परेको अविरल वर्षाका कारण अछाम जिल्लाको कमलवजारमा १२ जना, तुर्माखादमा ९ जना र ढकारीमा १ जना गरि २२ जना नागरिकको पहिरोमा परि दुःखद निधन र दर्जन भन्दा वढी नागरिकहरु वेपत्ता भएका छन । कैलाली, कंचनपुर, दार्चुला लगायत देशैभरि वाढी, पहिरो र डुबानका कारण धनजन र भौतिक संरचनामा हुन गएको क्षतिको घटनाले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ । सर्वप्रथम प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउने जनताप्रति पार्टी भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दछ र उहाँहरुका आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछ । वेपत्ता नागरिकहरुको यथासिघ्र खोजी, जोखिममा परेका जनताको वैकल्पीक बसोवासको व्यवस्था र आफन्त गुमाएका परिवार एवं प्रभावित जनतालाई उचित राहतको सिघ्र व्यवस्था गर्न नेपाल सरकारसंग हाम्रो पार्टी विशेष माग गर्दछ । साथै सिंङ्गो पार्टी पंतिलाई वाढी, पहिरो र डुबान प्रभावित जनताको उद्धार, राहत र सेवाकार्यमा अहोरात्र खट्न पार्टी केन्द्र विशेष निर्देशन गर्दछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु