कम्युनिष्ट के चाहन्छन् ?

२०७९ आश्विन २ गते, आईतवार

सन्तोष

कम्युनिष्टलाई कहिल्यै सोधिदैन र पूँजीपतिका प्रकाशन संस्था र त्यसबाट प्रभावित बुध्दिजीवी साहित्यकार आफनोतर्फबाट कम्युनिष्टका चाहनाहरुलाई प्रकाश गर्दछन । तिनीहरु भन्छन कम्यझनिष्टले धर्म मान्दैन उनीहरुबीच दाजु- भाइ ,दिदी- बहिनीको सम्बन्ध हुँदैन व्यक्तिगत सम्पत्ति हडप गर्छन बुढाबुढीलाई मार्छन ,हडताल गराएर राष्ट्रको प्रगतिमा अवरुध्द गराउँछन ,हिँसा फैलाउँछन र बोल्ने वा विरोध प्रकट गर्ने स्वतन्त्रतालाई वन्दुकको नाल देखाएर रोक्छन । एक प्रकारले कम्युनिष्टलाई पिसाच सैतानको रुपमा देखाउँछन र यस्तो लाग्छ कम्युनिष्ट विरोधी जुन स्वर्गको परिकल्पना गरिरहेका छन ,जुन समाजमा हामीहरु बस्छौ त्यहाँ दुई प्रकारका मान्छे पाइन्छ। शहरमा मालिक र मजदुर, गाउँमा जमिनदार र किसान तथा खेती गर्ने मजदुर हामीले राम्ररी विचार गर्यौ भने यी दुई प्रकारका मान्छेहरु छुटयाउन मुश्किल पर्दैन । मालिकहरुका अनुहार चम्किला पाइन्छ , उनको आवाजमा टडकारोपन हुन्छ, जीप -कार, मोटरमा चढेर हिँडने हुन्छन, महलमा बस्छन निमुखा गरिब वर्गलाई गाली गर्दा मुखबाट आगोको ज्वाला बर्साउँछन भने मजदुर किसानको चाउरी परेको अनुहार अर्धनाङगो सुकेको पातलो शरीर, धुजा -धुजा भएको कपडा, भत्किन लागेको काँचो माटोको फुसको घर आदि हुन्छन । खाटको उडुस जसरी हाम्रो रगत खाएर कति रातापिरा मोटाघाटा हुदै जान्छ ,यसरी नै पूँजीपति जमिनदार करोडौ मजदुर किसानलाई आफनो मुनाफाखोरीको शिकार बनाएर आफू करोडपति अर्बपति बन्दै जान्छ र कम्युनिष्टले यो रहस्यलाई बुझिसकेको हुनाले उनीहरु यो अदृश्य नली काटी दिन चाहन्छन । जसबाट हाम्रो रगत हाम्रै शरीरमा नै रहेर हामीलाई बलियो बनाउन सकोस । कम्युनिष्ट जुका र उडुसको यो मान्छे खाने परम्परा हटाएर एक शोषणमुक्त स्वतन्त्र समाजको स्थापना गर्न चाहन्छ । शोषण उत्पीडनमा आधारित यो मानवघाती समाजव्यवस्थालाई बदलिन सकिन्छ भन्ऩे विश्वास कम्युनिष्टमा छ । जब क्रान्तिकारी चेतनाले सम्पन्ऩ भएर राज्यसत्ता कब्जा गर्न जनता संघर्षको मैदानमा आउँछ तव शोषणमुक्त समाजको स्थापनाको लागि कम्युनिष्ट त्यसको नेतृत्व गर्छ । यस संघर्षमा सामेल भएर तपाई पनि स्वर्णीम बिहानी ल्याउन सहयोग गर्नुहोस ।
लेखक : नेकपा पाँचथरका सेक्रेटरी हुन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु