क्रान्तिकारी माओवादीका नेताहरुको विदेश भ्रमणको लर्को

२०७९ आश्विन २ गते, आईतवार


काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिब मोहन बैद्य पार्टी केन्द्रिय समितिवाट आसन्न संघ र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने नीति पास गरेर विदेश भ्रमणमा निस्किएका छन्। पार्टीले निर्वाचन बहिष्कार गर्ने नीति लिएपछि महासचिब बैद्यलागायतका आधा दर्जन नेता विदेश ह्र्मंमा निस्किएको स्रोतले बताएको छ ।
महासचिब मोहन बैद्य कान्छी छोरी सिर्जना वैद्य र ज्वाँईको निमन्त्रणामा अस्ट्रेलिया पुगेका छन् भने क्रान्तिकारी माओवादी कै पोलिटव्युरो सदस्य चक्रपाणी शर्मा छोरी स्मीता शर्मा र ज्वाँईको निमन्त्रणामा अमेरिका पुगेका छन । त्यसैगरी , अर्का पोलिटव्युरो सदस्य इन्द्र मोहन सिग्देल छोरा बुहारीको निमन्त्रणामा अस्ट्रेलिया पुगेका छन् ।


देशमा जनवादी व्यवस्था कायम गर्ने अठोट लिएको नेकपा क्रान्तिकारी माओवादीका नेताहरुले युवाहरुलाई क्रान्तिमा लाग्न प्रेरित गरि रहेको छन भने आफ्ना सन्तानहरुलाई विदेश पठाएका जुन देश र्जनातामाथिको घात भएको नेकपा क्रान्तिकारी माओवादी कै एक नेताले बताए । उनका अनुसार यतिबेला नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणकी कान्छी छोरी सिर्जना वैद्य अष्ट्रेलियामा छिन ।
भने स्थायी समिति सदस्यहरु क्रमशः सीपी गजुरेलकी छोरी फ्रान्समा , परि थापाका छोरा बुहारी अमेरिकाामा , हरिभक्त कंडेलका छोरी ज्वाँई अमेरिकामा र रामसिंह श्रीसका छोरा बुहारी जापानमा रहेका छन् ।


यसैगरी, चक्रपाणी शर्माका छोरा बुहारी र एक छोरी ज्वाँई अमेरिकामा र अर्की छोरी ज्वाँई अस्ट्रेलियामा , इन्द्रमोहन सिग्देलका छोरा बुहारी अस्ट्रेलियामा र न्युजिल्यान्डमा , कृष्ण सिंह देव दनुवारको छोरा चीनमा , केश बहादुर परियारका छोरा बुहारी अमेरिकामा पढ्दै आएको स्रोतले बताएको छ ।

यसैगरी, क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार समितिका सभापति डा. ओम गुरुङका छोराबुहारी पनि अमेरिकामा बस्दै आएका छन् र क्रान्तिकारी माओवादीकी महिला नेतृहरु इन्दीरा अधिकारी र गौरी दाहाल ( देवकोटा ) का छोरीहरु पनि अमेरिकामा नै पढिरहेको श्रोतले जानकारी गराएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु