‘ एकीकृत जनक्रान्तिमार्फत समाजवादी क्रान्ति पूरा हुन्छ ‘

२०७९ भाद्र २८ गते, मंगलवार



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रकाण्डले जनताभन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएको ठोकुवा गर्दै एकीकृत जनक्रान्तिमार्फत नेपालमा समाजवादी क्रान्ति पूरा हुने ठोकुवा गरेका छन। नेकपा ललितपुरको नवौं जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्डले नेकपाले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले पार्टीलाई हराउन नसक्ने उल्लेख गर्दै जनताभन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएको बताए ।
प्रवक्ता प्रकाण्डले जनताको पक्षमा क्रान्तिकारीहरु उभिने हो भने दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न नसक्ने ठोकुवा गर्दै संसारमा पूँजीवादी र साम्राज्यवादीहरुले जनताको क्रान्तिलाई कहि पनि रोक्न नसेकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि आफ्नो पार्टीले लिएको जनताको मुक्तिको लाइन र क्रान्तिलाई रोक्न नसक्ने उद्घोष गरे ।


उनले भने – , “बरु पार्टीले लिएको लाइनलाई नेता कार्यकर्ताले बुझ्न सक्नु पर्छ, जनतासँगको सम्बन्ध प्रगाढ गर्नु पर्छ, पार्टीको लाइनलाई ठिक ढंगले क्रान्तिकरीहरुले समात्नु सक्नु पर्छ ।”
प्रवक्ता प्रकाण्डले पार्टीले लिने लाइनलाई बुझ्न नसक्नुले पार्टीमा कहिलेकाँही भ्रम पैदा हुने गरेको र कञ्चन सुदर्शनहरुसम्म आउँदा उनीहरु पनि त्यसको सिकार भएको बताउदै पार्टी क्रान्तिकारी विचार र लाईनमा प्रतिबद्ध भएको र नेताकार्यकर्तालाई पनि पार्टीको क्रान्तिकारी विचार र लाइनमा प्रतिबद्ध हुन आग्रह गरे । प्रवक्ता प्रकाण्डले नवौं महाधिवेशनमा पार्टी जान लागेको भन्दै यो महाधिवेशनले विश्व क्रान्तिको लागि केही नयाँ विश्लेषण र संश्लेषण गर्ने बताए ।
उनले नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको उल्लेख गर्दै तीन बुँदे विपरित नेकपा महासचिवसहितका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेपछि राजनैतिक स्थितिमा फेरबदल आएको दावी गर्दै नेपालको दलाल पूँजीपति सत्ताको एउटा गिराेहले सहमति भाड्न खोजेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु