नेपाल कम्युनिष्ट पार्टी ऐतिहासिक नवौं महाधिवेशनको संघारमा

२०७९ भाद्र २८ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको आगामी असोज १ गते काठमाडौँमा उद्घाटन हुने ऐतिहासिक नवौं महाधिवेशनको तयारी देशभर व्यापक रुपमा भइरहेको छ । महाधिवेशनलाई भव्य, सभ्य र उत्सवका रुपमा मनाउन नेकपाले आफ्नो सम्पूर्ण तयारी अन्तीम चरणमा पु¥याएको जनाएको छ । नेकपाले ‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं, एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं’ भन्ने मूल नारा बनाएर देशभर वालपेन्टिङसमेत गर्ने काम जारी राखेको छ । पार्टी महासचिव विप्लवको फोटो सहित पर्चा, पोष्टर बनाएर नेकपाले देशभरका घर र पर्खालका भित्ता– भित्ताहरुमा महाधिवेशनका पोष्टरहरु टाँसेको छ । यस्तै महाधिवेशनका नारा समेत भित्ताहरुमा लेखिएका छन् । सरकारले तीन बुँदे सहमतिको उल्लंघन गर्दै महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ पुर्जी जारी गरिरहेका वेला नेकपाले आफ्नो महाधिवेशन जस्तो सुकै चुनौतीका बीच पनि सफल पार्ने उद्घोष गरेको छ ।  महाधिवेशनको तयारीअन्तर्गत देशभरका जिल्लाहरुमा नेकपाले जिल्ला सम्मेलनहरु गरिरहेको छ । देशका अधिकाँस जिल्लाहरुमा सम्मेलन सम्पन्न भएका छन् भने नयाँ नेतृत्व निर्वाचित भएका छन् ।

जिल्ला सम्मेलनहरुले महाधिवेशन प्रतिनिधिहरु समेत चयन गर्ने काम गरेका छन् । महाधिवेशन तयारीका लाग पार्टीका जनवर्गीय संगठनहरु समेत तयारीका काममा तिव्र रुपमा लागेका छन् । सरकारले जवर्जस्त आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरेपनि तीन बुँदे सहमति कार्यान्वयको लागि महाधिवेशनले दबाव सृजना गर्ने छ । नेकपाको आठौ महाधिवेशन सम्पन्न भएको ५ वर्ष पुगिसकेकाले पनि नवौं महाधिवेशन अव गरिसक्नु पर्ने बाध्यता छ । महाधिवेशनले नयाँ नीति र नेतृत्वसँगै आगामी क्रान्तिको कार्यदिशा वनाउने अनुमान गरिएको छ । महाधिवेशन विशेष गरी वैचारिक वहसको थलो बन्ने प्रतिनिधिहरुको वुझाई छ । एमाले, कांग्रेस र माओवादी केन्द्रले गरे जस्तो विचारविहीन नेतृत्वको हानथापका लागि मात्र गर्ने महाधिवेशन नेकपाको नहुने राजनैतिक विश्लेषकहरुको वुझाई छ ।

अहिले देशमा भइरहेको दलाल संसदीय व्यवस्थाको असफलता र त्यस प्रति देखिएको तिव्र जनताको वितृष्णाले अवको राजैतिक संकटको निकास वैज्ञानिक समाजवादभन्दा अर्को नभएको नेकपाको निष्कर्ष छ । तर, नेकपाको वैज्ञानिक समाजवादमा पुग्ने बाटो भने कुन हुने ? कसरी पुग्ने ? तयारी के कसरी गर्ने ? भन्ने बारे महाधिवेशनमा तिव्र बहस हुने छ । नेकपाले आठौं महाधिवेशन बाट एकीकृत जनक्रान्तिको कार्यदिशा पास गरेर केही सफलता प्राप्त गरेपनि थप कार्यदिशाको विकासमा वहस हुने सो पार्टी निकट नेताहरुले वताएका छन् । महाधिवेशनमा पार्टीका महासचिव विप्लवले ‘राजनैतिक प्रतिवेदन तथा नीति र कार्यक्रम’ नाम प्रस्ताव पेश गर्नु हुने छ । यो राजनैतिक प्रतिवेदन नेकपाले अध्ययनका लागि प्रत्यक जिल्ला कमिटि सम्म पठाई सकेको छ । राजैतिक प्रतिवेदनले विशेष गरी अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, कम्युनिष्ट आन्दोलनको समिक्षा, आठौै महाधिवेशनको समिक्षा, पार्टीका महत्वपूर्ण संश्लेषण, कार्यक्रम, कार्यदिशा, रणनीति र कार्यनीति, वैज्ञानिक समाजवादी व्यवस्थाका समग्र नीति र पार्टीको आगामी योजना भन्ने मुल शिर्षकहरुमा नयाँ विश्लेषण गर्दै नयाँ निश्कर्ष दिने प्रयास गरेको छ । यो प्रतिवेदन नवौं महाधिवेशनका प्रतिनिधिहरुले पारित गरेपछि लागु हुनेछ ।

नवौ महाधिवेशन गत माघ महिनाभित्रै गर्ने तयारी गरे पनि कोभिडका कारण नेकपाले आफ्नो महाधिवेशन असोजका लागि सारेको थियो । त्यतिवेला नेकपालाई कोभिडको चुनौतीले महाधिवेशन गर्न अफ्ठ्यारो परेको थियो भने अहिले सरकारले नै तीन बुँदे उल्लंघन गरेर पक्राउ पुर्जी जारी गरिरहेका वेला नयाँ चुनौती थपिएको छ । नेकपाले महाधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउन देशका सवै क्रान्तिकारी जनता, कम्युनिष्ट पार्टी, वापपन्थी, तथा प्रगतिशील एवम राष्ट्रवादी शक्तिहरुलाई सहयोगको अपिलसमेत गरेको छ । नेकपाले अहिले देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएको जनाउँदै यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ । नेकपाले महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु¥याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको आरोप लगाएको छ ।

नेकपाले यो बीचमा सरकारले गरेका गलत क्रियाकलापको भण्डार गर्दै दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्रघाती अरुण ३, माथिल्लो कर्णाली, विराटनगरमा राखिएको अवैध भारतीय वाणिज्य दुतावास, सञ्चारसेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलको करछली, भारत–चीनबीच भएको लिपुलेक सहमति, ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, वाइड बडी काण्ड, लिपुलेक–लिम्पियाधुरा अतिक्रमण, महिला तथा जातीय हिंसा, मानव तस्कर विरुद्धको सङ्घर्ष, भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी, विचौलियालगायत राष्ट्रघात तथा जनघातका विरुद्ध एकल तथा संयुक्त पहलमा संघर्षको नेतृत्व गरेको दाबी गरेको छ ।

नेकपाले एक अपिलमार्फत् भनेको छ ‘जनतामाथि भएका अनेकौं अन्यायका विरुद्ध जनताको न्यायालय गठन गरेर स्वच्छ– न्याय दिलाउने काम ग¥यो । विभिन्न क्षेत्रका व्यवसायी मित्रहरूले राजनैतिक, आर्थिक, नैतिक सहयोग उपलब्ध गराउनु भयो । हामीलाई प्राप्त जनसमर्थन र दलाल संसदीय व्यवस्था नाङ्गिदै गएको कारण तत्कालीन केपी ओली नेतृत्वको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीमाथि आफ्नै संविधानको समेत धज्जी उडाउँदै प्रतिबन्ध लगायो । १२ जना होनहार युवाहरूको हत्या ग¥यो । नेता कार्यकर्तामाथि झुठ्ठा मुद्दा लगाइयो, सयौं गिरफ्तार भए । दर्जनौं कार्यकर्ता र जनता घाइते बनाइए तर सरकारको दमनको प्रयास असफल भयो ।”

नेकपाले त्यसपछि सरकार आपूmसँग वार्ता गर्न र तीन बुँदे सहमति गर्न वाध्य भएको भन्दै २०७७ फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच ३ बुँदे सहमति भएको जनाएको छ । नेकपाले विश्वले झेल्नुपरेको पुँजीवादको सहउत्पादन कोभिड–१९ विरुद्ध जनसेवा अभियानहरू सञ्चालन गर्ने, एमसीसीको नाममा देशलाई नवऔपनिवेशिक जञ्जालमा फसाउने षड्यन्त्र विरुद्धको सशक्त आन्दोलनको नेतृत्व गर्ने जस्ता कामहरु पनि पार्टीले गरेको दावी गरेको छ । नेकपाले त्यसक्रममा सयौं नेता–कार्यकर्ता घाइते भए, झुठ्ठा मुद्दा लगाइयो, यसैबीचमा नेकपाले ताप्लेजुङ, सिन्धुली, धादिङ, कालिकोट, सर्लाही, चितवन, रोल्पा, कपिलवस्तुलगायत स्थानहरूमा जनसेवा र विकासका पूर्वाधार निर्माण ग¥यो । आत्मनिर्भर अर्थतन्त्र निर्माण र सत्तालाई जनतासँग जोड्ने, प्रतिक्रान्तिको जरैदेखि उपचार गर्ने उद्देश्य लिइएको अर्थनीतिको भ्रुणको रूपमा जनकम्युन र देशैभरि उत्पादन कार्य शुरु गरियो । ‘बिहानीले दिनको छनक दिन्छ’ भनेझैं यी नेकपाकाका महत्वपूर्ण उपलव्धिहरू हुन् भनेको छ ।

नेकपाले आठौं महाधिवेशनले विकास गरेको विचार शृंखलामा आफ्नो आत्मविश्वास फराकिलो भएको र त्यसलाई अझ उच्चस्तरमा संश्लेषण गर्नुपर्ने ठहर गरेको छ । नेकपाले चुनाव प्रयोगको कार्यनीति, जनमतसंग्रहको कार्यनीतिले समाज र पार्टीभित्र तरङ्ग पैदासँगै, पार्टीमा गति पैदा गरेको र यसलाई अझ उचाइमा संश्लेषण गर्नुपर्ने उल्लेख गर्दै भनेको छ ‘एमसीसी पारित भएलगत्तै अमेरिकी नेतृत्वमा देशको सार्वभौमिक अखण्डता नै मिच्ने, छिमेकीसँग द्वन्द्व बढाएर युक्रेन–त्रासदी थोपरिएको छ । देश आर्थिक संकटतर्फ धकेलिएको छ । यस्तो सङ्गीन घडीमा हाम्रो पार्टीको नवौँ महाधिवेशन असोजमा काठमाडौँँमा सम्पन्न गर्न गइरहेका छौँ ।’

नेकपाले महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुने दृढ विश्वास व्यक्त गर्दै महान् कार्यमा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन र सहयोग गर्न सवैमा हार्दिक अपील गरेको छ ।

जुन यस प्रकार रहेको छ –

“ ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरुपले सफल पारांै !

एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!

हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको ५ वर्ष बितिसकेको छ । यसबीचमा देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर ऐतिहासिक महŒवका घटनाहरू भएका छन्् । यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पु¥याइएको छ । महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु¥याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पँुजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको छ । जनयुद्धमाथिको दमन देशभक्त धारामाथिको दमन थियो र हो । यी जनद्रोही र देशद्रोही कदमहरूले जनताको बाँच्न पाउने नैसर्गिक अधिकारमाथिको पनि आक्रमण थियो र हो । जसको विरुद्ध हाम्रो पार्टीले एकीकृत जनक्रान्ति, परिवर्तन, जनसुरक्षा र कठिन चुनौतिको सामना गर्ने कष्टसाध्य बाटो तथा चुनौतिको सामना ग¥यो । हामीले जनपरिषद् गठन ग¥यौँ र जनविरोधी संविधानको विकल्पमा जनसंविधान घोषणा ग¥यौँ । पार्टीले क्रान्तिका तीन जादुगरी हतियारलाई व्यवस्थित ग¥यो र परिचालित ग¥यो ।

आदरणीय जनसमुदाय !

दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्रघाती अरुण ३, माथिल्लो कर्णाली, विराटनगरमा राखिएको अवैध भारतीय वाणिज्य दूतावास, सञ्चारसेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलको करछली, भारत–चीनबीच भएको लिपुलेक सहमति, ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, वाइड बडी काण्ड, लिपुलेक–लिम्पियाधुरा अतिक्रमण, महिला तथा जातीय हिंसा, मानव तस्करविरुद्धको सङ्घर्ष, भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी, विचौलियालगायत राष्ट्रघात तथा जनघातका विरुद्ध एकल तथा संयुक्त पहलमा संघर्षको नेतृत्व ग¥यो । जनतामाथि भएका अनेकौं अन्यायका विरुद्ध जनताको न्यायालय गठन गरेर स्वच्छ– न्याय दिलाउने काम ग¥यो । विभिन्न क्षेत्रका व्यवसायी मित्रहरूले राजनैतिक, आर्थिक, नैतिक सहयोग उपलब्ध गराउनु भयो । हामीलाई प्राप्त जनसमर्थन र दलाल संसदीय व्यवस्था नाङ्गिँदै गएको कारण तत्कालीन केपी ओली नेतृत्वको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीमाथि आफ्नै संविधानको समेत धज्जी उडाउँदै प्रतिबन्ध लगायो । १२ जना होनहार युवाहरूको हत्या ग¥यो । नेता–कार्यकर्तामाथि झुठ्ठामुद्दा लगाइयो, सयौं गिरफ्तार भए । दर्जनांै कार्यकर्ता र जनता घाइते बनाइए तर सरकारको दमनको प्रयास असफल भयो । देशभक्त, वामपन्थी, वुद्धिजीवि र नेताहरूले सरकारको दमनकारी नीतिको विरुद्ध आवाज उठाए । सरकार उल्टै हाम्रो पार्टी र जनप्रतिरोधको घेरामा प¥यो । दमनको अस्त्र असफल भएपछि सरकारले वार्ताको प्रयास गर्न बाध्य भयो । यसक्रममा सरकारले सोमप्रसाद पाण्डे नेतृत्वको टोली खटायो र पहिलो पटक वार्ता प्रयास भयो, दोश्रो पटक पनि वार्ता सफल हुन सकेन र तेश्रो पटक तत्कालीन गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी टोलीसँग भएको वार्ता प्रयास सफल भयो । २०७७ फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र सरकारको बिच ३ बुँदे सहमति सम्पन्न भयो । हाम्रो पार्टीले सहमतिका बुँदाहरू पालना गरिरहेको छ, तर सरकारी पक्षले ३ बुँदे सहमतिप्रति इमान्दारिता देखाएको छैन । हालसम्म पनि बन्दीहरू रिहा गरेको छैन, उल्टै गिरफ्तार गर्ने, पक्राउ पुर्जी जारी गर्ने काम गरिरहेको छ । सरकारी हर्कत हेर्दा साम्राज्यवादको उक्साहट र देशका हतियार तस्कर तथा दलालहरूको षड्यन्त्रमा सुनियोजित रुपले हिंसात्मक बाटोमा देशलाई धकेल्ने हर्कतमा सरकार स्वयम् संलग्न भएको आशङ्का पैदा भएको छ । राज्यले यति गैरजिम्मेवार कार्य गर्दा पनि मानवधिकारवादी, बुद्धिजीविहरू र राजनैतिक पार्टीहरूको उचित ध्यान पुग्न सकेको देखिंदैन ।

जनसमुदाय,

हामीले यसबीचमा विश्वले झेल्नुपरेको पुँजीवादको सहउत्पादन कोभिड–१९ विरुद्ध जनसेवा अभियानहरू सञ्चालन ग¥यौँ । एमसीसीको नाममा देशलाई नवऔपनिवेशिक जञ्जालमा फसाउने षड्यन्त्रविरुद्धको सशक्त आन्दोलनको नेतृत्व ग¥यौँ । त्यसक्रममा सयांै नेता–कार्यकर्ता घाइते भए, झुठ्ठा मुद्दा लगाइयो, यसैबीचमा हाम्रो पार्टीले ताप्लेजुङ, सिन्धुली, धादिङ, कालिकोट, सर्लाही, चितवन, रोल्पा, कपिलवस्तुलगायत स्थानहरूमा जनसेवा र विकासका पूर्वाधार निर्माण ग¥यो । आत्मनिर्भर अर्थतन्त्र निर्माण र सत्तालाई जनतासँग जोड्ने, प्रतिक्रान्तिको जरैदेखि उपचार गर्ने उद्देश्य लिइएको अर्थनीतिको भ्रुणको रुपमा जनकम्युन र देशैभरी उत्पादन कार्य शुरु गरियो । ‘बिहानीले दिनको छनक दिन्छ’ भनेझंै यी हाम्रो पार्टीका महŒवपूर्ण उपलव्धिहरू हुन ।

कमरेड तथा मित्रहरू !

नयाँद्वारा पुरानो विचार र प्रवृत्तिको निषेध, सत्य र असत्यबीचको संघर्ष, मरणशीलपक्षको निषेध र विकासशील पक्षको विकास द्वन्द्ववादका अनिवार्य पक्ष हुन् । वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका यी नै नियमहरू झेल्दै, सामना गर्दै हाम्रो पार्टी अगाडि बढिरहेको छ । आठांै महाधिवेशनले विकास गरेको विचार शृङ्खलामा हाम्रो आत्मविश्वास फराकिलो भएको छ । त्यसलाई अझ उच्चस्तरमा संश्लेषण गर्नुपर्ने भएको छ । चुनाव प्रयोगको कार्यनीति, जनमतसङ्ग्रहको कार्यनीतिले समाज र पार्टीभित्र तरङ्ग पैदा भएको छ । पार्टीमा गति पैदा गरेको छ र यसलाई अझ उचाइमा संश्लेषण गर्नुपर्ने भएको छ । एमसीसी पारित भएलगत्तै अमेरिकी नेतृत्वमा देशको सार्वभौमिक अखण्डता नै मिच्ने, छिमेकीसँग द्वन्द्व बढाएर युक्रेन–त्रासदी थोपरिएको छ । देश आर्थिक संकटतर्फ धकेलिएको छ । यस्तो सङ्गीन घडीमा हाम्रो पार्टीको नवौँ महाधिवेशन (असोज १ – ८, २०७९ काठमाडौँ) मा सम्पन्न गर्न गइरहेका छौँ । महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ । यो महान् कार्यमा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन र सहयोग गर्न हार्दिक अपील गर्दछौं । आउनुहोस, नवांै महाधिवेशनलाई कम्युनिस्ट विचार, मूल्य, मान्यता र आदर्शको उत्सवको रुपमा सम्पन्न गरांै !

नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समिति”

प्रतिक्रियाहरु