प्रथम ‘मातातीर्थ गोल्डकप’ असोज ३ गतेदेखि

२०७९ भाद्र २६ गते, आईतवार


काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं ६ मातातीर्थमा ‘मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिता–२०७९’ हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ३ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । उक्त प्रतियोगितामा देशभरका ३० भन्दा बढी क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

आगामी भदौ २८ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने उक्त प्रतियोगितामा प्रत्येक टिमबाट रु १० हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु दुई लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र, दोस्रो हुने टिमलाई रु एक लाख नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु ५० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र गोलकर्तालाई रु १० हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रियाहरु